ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

जीवजन्तु मानव स्वास्थ्यमा खतरा !

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

प्राकृतिक रूपमा उत्पन्न वस्तुको उचित र प्रभावकारी व्यवस्थापन नगर्ने हो भने त्यसले मानव जीवनमा जोखिम निम्त्याउने कुरा हालै वातावरणविज्ञहरूले गरेको अनुसन्धानले पुष्टी गरेको छ । मानवद्वारा सिर्जित अवैध क्रियाकलापका कारण पारिस्थितिक प्रणालीमा असन्तुलन आएको विज्ञहरूको ठहर छ । खासगरी प्राकृतिक अवस्थामा रहेका जैविक तथा अजैविक वस्तुहरूको लापरवाहीपूर्वक प्रयोगका कारण वातावरणमा खलल पुगेको छ । जसको असावधानीका कारण चीनको उहानबाट कोरोना भाइरस जस्तो अनेक खालका रोगहरूको उत्पत्ति र संक्रमण फैलिएको वैज्ञानिकहरूले अहिले दावी गरेका छन । प्राकृतिक न्यायको सिद्धान्तले पनि प्रकृतिमा सृष्टि भएका हरेक प्राणीको अस्तित्व समान रहेकोले जीवजन्तुको हिंसा गर्नुहुँदैन । वन्य जीवजन्तुको अनधिकृत उपयोगले पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउँछ र यसको प्रभावकारी उपाय भनेको नै प्राकृतिक वस्तुको व्यवस्थित र दिगो उपयोग हो भन्ने ठहर बैज्ञानिकहरूको छ । नेपालले पनि यो बिषयमा अव गंभीरढंगले बेलैमा ध्यान दिनु जरुरी छ ।

विश्वमा फैलिएको कोरोना लगायतका रोगको निदान र नियन्त्रणका लागि जीवजन्तुको अंगप्रत्यंग उपयोगमा भारी कमी गर्नुपर्ने अनुसन्धानले देखाएको छ । मानिसको बाँच्ने आधार भनेको वरिपरिको वातावरण हो, मानिसले सोही वातावरणबाट खाद्यान्न, पानी, इन्धन, अक्सिजन जस्ता तत्वहरू निरन्तर उपभोग गरिरहेको हुन्छ । मानव जातिको असीम चाहनालाई पृथ्वीको सीमित साधनस्रोतले थेग्न सक्दैन, यो कुरा साँचा हो । तसर्थ, प्राकृतिक वस्तुको दिगो उपयोग गर्नु जरुरी छ । वैज्ञानिकले पनि कोरोना भाइरस चमेरो प्रजातिको जीवमा रहेको र उक्त चमेरोबाट सालक हुँदै मानवमा सरेको दाबी गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाट फैलिएको बताईसकेको छ । तसर्थ अव मानवले जीवजन्तुको प्रयोग, अबैध कारोबार, शिकार लगायतका कामबाट टाढै बस्नु जरुरी छ । त्यो नै मानव जीवनको सुरक्षाको भरपर्दो माध्यम हो । कोरोना भाइरस पनि वन्यजन्तुको मासुबाट फैलिएकोले अवका दिनमा मासु प्रयोगमा पनि कटौती गर्नु जरुरी छ । यसका लागि विश्व स्वास्थ्य संगठनले समेत आग्रह गरेको छ । चीनले कोरोनाको प्रकोपपछि २०२० देखि नै वन्यजन्तुको ओसारप्रसार र व्यापारका साथै मासु सेवनमा पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरस अझैपनि देखापरेकोले यसबाट बच्न नेपालले पनि पूर्व सावधानी अपनाउनु जरुरी छ । नेपालमै पनि उच्च घरानाका व्यक्ति, शासकवर्ग, उच्च पदस्थ कर्मचारीहरूले थाहै नपाउने गरि वन्यजन्तुको मासु उपभोग गरिरहेका छन भन्ने कुरा बेलाबखत सार्वजनिक भएको बिषय हो । यसरी वन्यजन्तुको अवैध रूपमा तस्करी गर्ने र उपभोगको प्रक्रिया निरन्तर भयो भने कुनै दिन नेपालले पनि चीन र इटलीको नियती भोग्नुपर्दैन भन्ने कुनै ग्यारेन्टी छैन । तसर्थ वन्यजन्तुबाट टाढै बस्नुपर्ने बेला भएको छ । नेपालमा अझैपनि एकसिंगे गैंडा, पाटेबाघ, जंगली हात्ती, बँदेल, मृग, हरिण लगायत दुर्लभ वन्यजन्तुको अवैधरूपमा चोरी सिकार र व्यापार हुने गरेको बेला बेलामा प्रहरीले सार्वजनिक गर्ने घटनाहरूबाट थाहा पाउन सकिन्छ । नेपालबाट सालकको खपटा, विभिन्न प्रजातिका जीवित चरा, मृगको छाला, भालुको पित्त, बाघको छाला, बँदेलको मासु, गैंडाको खाग, चौरीगाईको सिंग, कस्तुरी मृगको बीना आदि वन्यजन्तुका अवैध ओसारपसार तथा व्यापार गर्ने आपराधिक गिरोह अझै पनि सक्रिय छ । यस्ता अवैध क्रियाकलाप नियन्त्रण नगर्ने हो र उनीहरूले भित्रभित्रै यसको उपयोग बढाउँदै जाने हो भने नेपालले कोरोना लगायतका अन्य रोगको महामारीको चुनौतिको सामना गर्नुपर्नेछ । मानिसबाट मानिसमा संक्रमित भइरहेको सांघातिक खालको कोरोना भाइरसको जीवाणु वन्यजन्तुमा हुँदो रहेछ भन्ने कुरा पत्ता लगाउनुअघि मुसा जातिमा प्लेग, चरा प्रजातिमा बर्डफ्लु, बँदेल प्रजातिमा स्वाइनफ्लु जस्ता सूक्ष्म जीवाणुहरू रहेको प्रमाणित भइसकेको छ । अतः अब नेपालले वन्यजन्तुबाट समयमै सावधानी अपनाउनु जरुरी छ ।

नेपालको आर्थिक बिकासको प्रमुख मध्येको एक आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको योगदान नेपालको गार्हस्थ्य उत्पादनमा करिब १८ प्रतिशत छ । तसर्थ यो प्रतिशतलाई अझै बढाउन सकिन्छ । नेपाललाई पर्यटन क्षेत्रबाटै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सकिन्छ । त्यसका लागि लुम्बिनी जस्तै नेपालका पर्यटकीय क्षेत्रको विकास गर्नु जरुरी छ । मूख्य पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने र एक बर्षमा एक पर्यटकीय स्थललाई आधार गन्तब्य स्थलका रूपमा घोषणा गरेर अघि बढ्ने हो भने निश्चितरूपमा पर्यटन क्षेत्रले नेपालमा आशाको सञ्चार गर्ने छ । जसरी नेपालमा घुमघामको संस्कृति विकास हुँदैछ, त्यसले धेरै आशा सिर्जना गरेको छ । नेपालमा अझैपनि बार्षिक एक करोड पर्यटक भित्राउन सकिन्छ तर त्यसका लागि ठोस योजना र प्रतिबद्धता जरुरी छ । विश्वका बौद्धमार्गीलाई लुम्बिनी ल्याउने हो भने पनि करोडौं बुद्धिष्ठहरूको नेपाल गन्तब्य बन्न सक्छ । तसर्थ अब नेपालको पर्यटन क्षेत्रको विकासका लागि सवै लाग्नु जरुरी छ । नेपाललाई पर्यटन क्षेत्रको गन्तब्य बनाउने सयौं ऐतिहासिक स्थलहरू छन । ती ऐतिहासिक स्थलको प्रचार प्रसार, संरक्षण र प्रवद्र्धन गर्नेतर्फ सरकारमात्र होइन स्वयं पर्यटन व्यवसायीको पनि ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?