ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

नयाँ बर्षको शुभारम्भसंगै बैशाख २ गतेदेखि देभभरका सामुदयिक विद्यालयमा भर्ना अभियान सुरु हुँदैछ । अहिले सामुदायिक तथा संस्थागत विद्यालयहरू धमाधम नतिजा प्रकाशनमा जुटिरहेका छन । धेरै विद्यालयको नतिजा सार्वजनिक भैसकेको छ । बार्षिक नतिजा प्रकाशन विद्यार्थीहरूको लागि माथिल्लो कक्षा चढ्ने महत्वपूर्ण खुडकिलो हो । यसर्थ यो महत्वपूर्ण छ । त्योसंगै विद्यालयहरूमा भर्ना अभियान पनि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा विद्यार्थीहरूका लागि उत्साह पनि हुने गर्दछ । तर, हरेक बर्ष सुरु हुने नयाँ शैक्षिक सत्र उत्कृष्ट हुन भने नसकेको गुनासो छ । शैक्षिक गुणस्तर बृद्धि हुनुपर्नेमा सामुदायिक विद्यालयहरू खस्कँदै गइरहेका छन् भने संस्थागत बोर्डिङ स्कुलहरूको संख्यामा वृद्धि हुँदै गएको छ । त्यसो त केही सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा दिन थालेका छन । तर केही सामुदायिक विद्यालयलाई आधार मानेर सबै सामुदायिक विद्यालयको तुलना गर्न मिल्दैन । कमजोर सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउनेतर्फ सरकारी योजना नदेखिनु चिन्ताको बिषय हो । त्यसै त जीविकोपार्जनमुखी आर्थिक प्रणाली रहेको देशमा बालबालिकाको भविष्यलाई लिएर अभिभावक बोर्डिङ स्कूलमा महँगो शुल्क तिर्न बाध्य भइरहेका छन् । उता घर नजिकैका सामुदायिक विद्यालय बन्द गरिनुपर्ने अवस्था छ । गाउँगाउँमा सिंहदरबारको अवधारणा अनुसार स्थानीय सरकार निर्माण भए पनि शिक्षामा भने त्यसको कुनै असर देखापरिरहेको छैन । योभन्दा अघि जस्तो थियो, शिक्षाको हालत उही छ । सामुदायिक विद्यालयमा आवश्यक शिक्षकहरूको दरबन्दी पनि कायम हुन सकिरहेको छैन । विषयगत शिक्षकको अभाव निकै रहेको छ । विद्यालय राजनीतिक प्रशिक्षण केन्द्रका रूपमा प्रयोग गरिन छाडिएका छैनन् । कुन विद्यालयमा कुन पक्षका शिक्षक राख्ने भन्ने होड नै चल्ने गरेको छ । स्थानीय सरकार बनेपछिको अवस्थामा विद्यालयमा राजनीति झनै बढेको सुन्दा सवैलाई चिन्ता लाग्नु स्वाभाविक छ ।

केही सहरका सामुदायिक विद्यालयले निकै राम्रो नतिजा दिन थालेका छन । यो खुसीको कुरा हो तर अरू सामुदायिक विद्यालयलाई पनि स्तरीय बनाउनेतर्फ प्रयास नहुनु राम्रो होइन । त्यसो त सामुदायिक विद्यालय राम्रो बनाउन त्यहाँको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसहित शिक्षकहरूको परिश्रम र योगदान महत्वपूर्ण हुन्छ । सबैले होस्टेमा हैसे गर्ने हो भने सामुदायिक विद्यालय सुधार हुनसक्छ । सवै कुरामा सरकारको भरमात्रै पर्नु गलत हो । अतः नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउनेमात्र नभै उत्कृष्ट शिक्षाको ग्यारेन्टी विद्यालयका तर्फबाट आयो भने सुनमा सुगन्ध हुनेछ । देश विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने एक महत्वपूर्ण क्षेत्र शिक्षा हो भन्ने कुरामा विवाद छैन । तर, यति महत्वपूर्ण शिक्षा क्षेत्रमा अति राजनीतिकरण भैरहेको सुन्दा आम नेपालीको मन टुटेको छ । सरकारले सबैभन्दा बढी बजेट यही शिक्षामै खर्च गरिरहेको छ । अवको चिन्ता हाम्रो शिक्षा क्षेत्र फेरीपनि अध्याँरोमा नपरोस् भन्ने हो । अव सरकारले शिक्षाको विकासमा राष्ट्रिय नीति, योजना र कार्यक्रम नै बनाएर सार्वजनिक गर्नुपर्दछ । नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा सरकारले भर्ना अभियान सञ्चालन गर्न ढिलाई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?