ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

झाडापखाला नियन्त्रणमा ढिलाई किन ?

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

पाल्पाको तिनाउ गाउँपालिका र कपिलबस्तुको सिवकोटवा गाउँमा झाडापखालाको प्रकोप फैलिँदापनि सम्वन्धित निकायको उदासिनताले नियन्त्रणमा समस्या देखिएको छ । झाडापखालाका कारण तिनाउ गाउँपालिकामा एकजनाको मृत्यु भैसकेको छ भने कपिलवस्तुको सिपकोटवामा थुप्रै विरामी परेका छन । हरेक गर्मीयाम सुरु हुँदैगर्दा झाडापखालाको पनि प्रकोप सुरु हुन्छ । खासगरि कपिलवस्तुमा हरेक बर्ष झाडापखालाको प्रकोप फैलिने गरेको छ । दुवै जिल्लामा फैलिएको झाडापखाला नियन्त्रणमा भने अहिलेसम्म सरकारी निकायको खासै ध्यान गएको देखिएको छैन । सरकारले समयमा नै रोग नियन्त्रण र उपचार गर्नका लागि ध्यान नदिँदा नागरिकहरूले ज्यान गुमाउनुपरेको छ । झण्डै दुईसाता अघिदेखि कपिलवस्तुको सिवकोटवामा फैलिएको झाडापखालाकै कारण एकको मृत्यु भैसकेको छ । झाडापखाला अझै नियन्त्रणमा आउन नसक्दा प्रभावित क्षेत्रका बासिन्दा थप चिन्तित भएका छन् । दुबै स्थानमा गरि गाउँ नै प्रभावित हुने अवस्था आएको छ । झाडापखालाका बिरामी नागरिकहरूको उपचारमा सरकारले हेलचेक्राई गरिरहेको छ । झाडापखाला फैलिएको लामो समय बितिसक्दा समेत आवश्यक चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाउन सरकारले किन सकेन ? प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी नै जान हिचकिचाउने गरेका छन् भने सरकारले यस्तो बेला कसरी स्वास्थ्यकर्मीलाई सम्बन्धित क्षेत्रमा पठाउने भन्ने नै सोचेको छैन । सरकारी काममा यसै पनि ढिलासुस्ती हुने गर्छ । यस्तो बेलामा पनि स्वास्थ्य मन्त्रालयले नागरिकहरूको जीवनमाथि हेलचेक्राईं र खेलाची गरिरहेको छ । आखिर किन ? सरकारको यसमा दायित्व र जिम्मेवारी नै हुनुपर्ने हैन र ? कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएकोले झाडापखालाको प्रकोप फैलिएको पुष्टी भैसकेको छ । स्थानीयको एन्टिजेन परीक्षण गर्दा एकजनामा हैजाको पोजेटिभ केस देखिएको छ । त्यसको केही दिनपछि सो गाउँको ७४ घर धुरीको एक सय ३३ नलको खानेपानीको नमुना परीक्षण गर्दा २९ नलको खानेपानीमा इकोली भेटिएको छ । सरकारले नलको पानी प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था देखिएको छ । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । यो समस्या कपिवस्तुमा धेरै नै देखिएको छ । दुई बर्ष अघि पनि कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएर नरोकिँदा यस्तै समस्या देखापरेको थियो । यस बिषयमा सम्वन्धित निकायको ध्यान जाओस् ।

शिवकोटवामा जाँच गरिएको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ । साढे दुई वर्षअघि जिल्लाको कृष्णनगर महराजगन्ज, मायादेवीलगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिँदा पाँचजनाको मृत्यु भएको थियो । त्यत्रो मानबीय हताहती हुँदापनि सरकारले झाडापखाला नियन्त्रणका लागि पहल गरेन । जसका कारण अहिले इकोलीले समस्या उत्पन्न गरिदिएको छ । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धीकरणसम्बन्धी सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । सिवकोटवामा संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनुका साथै पानी शुद्धीकरण गरी पिउनुपर्नेतर्फ अव स्थानीयले समेत ढिलाई गर्नुहुँदैन ।
कपिलवस्तुजस्तो ऐतिहासिक पुरानो नगरभित्रकै खानेपानीमा इकोली भेटिनु दुःखद कुरा हो । यसतर्फ नगरवासी सचेत हुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने खाँचो छ । अवको दिनमा सिवकोटवासहित नगरभित्र सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता देखिएको छ । झाडापखालाको संक्रमणले स्थानीय नागरिक प्रभावित भएकोले अवका दिनमा नगरवासीसमेत आफंै सचेत हुनुपर्ने खाँचो छ । समयमा नै झाडापखालाको रोकथाम र नियन्त्रणतर्फ ध्यान नदिने हो भने अवस्था अझै जटिल हुने भएकोले समयमै सम्वन्धित निकायको ध्यान जाओस् । दक्षिण क्षेत्रका गाउँमा जनचेतनाको अभावले गर्दा पनि धेरै रोगको संक्रमण बढ्ने गरेको अवस्था छ । समयमा स्वास्थ्यकर्मी नपुग्दा पनि समस्या बढेको देखिएकोले सरकारले पाल्पा र कपिलबस्तुको झाडापखाला नियन्त्रणमा ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?