ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

कोरोना बढ्दैः साबधानी अपनाऔं

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

पछिल्लो केही साता यता नेपालका विभिन्न स्थानमा कोरोनाका संक्रमित बढ्दै गएका छन । सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको छ । कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् । घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसले नेपालमा कोरोनाको जोखिम बढाएको छ । सुदूर पश्चिममा चैतको १८ गतेसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसअघि माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखापरेको थियो । चैतमा कोरोना सङ्क्रमण अझै उकालो लागेको छ । अर्को कुरा कोरोना देखिएका सबै भारतबाट फर्किएका भएकोले भारतबाट फर्किनेहरूसंग स्वास्थ्य सावधानी अपनाउनु जरुरी देखिएको छ । कोरोना संक्रमण बढ्दै गर्दा प्रदेश सरकारले भने खासै चासो दिएको छैन । अब नागरिक आफैले कोरोना जोखिम बढ्दै गएकोले सतर्कता अपनाउनु जरुरी छ । भारतको जोखिम क्षेत्रबाट आएकाहरूमा रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण देखिएकोले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने आवश्यक छ । जोखिम बढ्दै गएकोले कोरोना रोकथाम गर्न सरकारले तयारी गर्नुपर्ने देखिएको छ । होइन भने अवस्था भयावह नहोला भन्न सकिदैन । अर्कोतर्फ देशको राजधानी काठमाण्डौंमा समेत मौसम परिवर्तनसँगै कोरोना फ्लु लगायतका श्वासप्रश्वास सम्बन्धी बिरामी बढ्दै गएका छन् । चिकित्सकहरूले पछिल्लो केही सातादेखि अस्पतालमा खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, स्वाद हराउनेजस्ता स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेकोले अव सावधानी अपनाउन ढिलाई गर्न हुँदैन । हरेक नागरिकले मास्क अनिवार्य प्रयोग गर्ने, भीडमा नजाने र स्वास्थ्य मापदण्ड पालनामा लापरवाही गर्नु हुँदैन । चिकित्सकहरूले सामान्य रुघाखोकी त होनी भनेर धेरैले हेलचेक्र्याइँ गर्दा कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । समाजमा फ्लु र कोरोनाको सङ्क्रमण एकैपटक फैलिएको र यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकोले हेलचेक्र्याइँ नगर्न चिकित्सकहरूले गरेको अनुरोध सवैले मनन गर्नेमात्र होइन दैनिक जीवनमा लागूसमेत गर्नु जरुरी छ । विभिन्न अध्ययनहरूले पनि दुवै सङ्क्रमण एकैपटक फैलिँदा जटिल स्वास्थ्य समस्या निम्त्याउने देखाएको छ । युवाले रुघाखोकीलाई हेलचेक्र्याइँ गर्दा दीर्घरोगी, ज्येष्ठ नागरिक बालबालिका धेरै प्रभावित बन्दै गएका छन । रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, स्वाद हराउँदै जानेजस्ता लक्षण देखिएमा सकेसम्म छुट्टै बस्ने र जनस्वास्थ्यका मापदण्ड पालन गर्न चिकित्सकको सुझाव छ । फ्लु र कोरोनाको लक्षण उस्तै हुने हुँदा पहिचान गर्न प्रयोगशालामा जाँच गरेर नै हेर्न ढिलाई नगरौं । उता काठमाण्डौंमा यही महिनामा अस्पतालमा १० जना कोरोनाका बिरामी आइसियुमा भर्ना भएका थिए । यसले कोरोना जोखिम बढ्दै गएको र समयमै स्वास्थ्य सावधानी अपनाउन ढिलाई गर्न नहुने अवस्थाप्रति लापरवाही नगरौं । यद्यपि अहिलेको कोरोना कुन भेरियन्ट हो भन्ने कुरा अहिले पुष्टी भैसकेको छैन । चिकित्सकहरूले कोरोना बढेको कुरामा आम सर्वसाधारणलाई सूचित गर्न ढिलाई गर्नु हुँदैन । कोरोना पुष्टि भएकाहरू अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी छन् । उनीहरूमा कोेरोनाको पुरानै भेरिएन्ट पुष्टि भएको हो कि नयाँ भन्ने पत्ता लागेको छैन । कोरोना भेरिएन्ट पुष्टी गरि जोखिम कत्तिको छ भन्नेकुरा छिनोफानो गर्न अव ढिलाई नगरियोस् । अव आम नागरिकले समेत स्वास्थ्य सावधानी अपनाउनेतर्फ आफैपनि प्रयास गर्नु जरुरी छ । बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खानेकुरा खानुपर्दछ । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव आत्मसाथ गरौं । रोग फैलन नदिन बेलाबेलामा साबुनपानीले हात धुने, हातले आँखा, नाक वा मुख नछुने, भिडभाडमा जाँदा माक्स लगाउने गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?