ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बचतकर्ताको निक्षेप फिर्ताको पहल गर

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

आज राष्ट्रिय सहकारी दिवस । सहकारी दिवस मनाउँदै गर्दा सहकारी सर्वसाधारण बचतकर्ताको रकम ठगी गर्ने माध्यम बन्दै गएकोमा चिन्ता लाग्नु स्वाभाविक छ । निश्चितरूपमा सहकारीमा सर्वसाधारणले आफ्नो अथक मेहनत र परिश्रमबाट आर्जन गरेको पैसा जम्मा गर्ने गर्दछन । भोली कुनैपनि अवस्थामा काम लाग्छ भन्ने मान्यता र विश्वासका साथ सहकारीमा पैसा जम्मा गर्ने अभियान नै सुरु भएको छ तर पछिल्लोसमय यही सहकारीमार्फत सर्वसाधारणको बचत रकम ठगेर कुलेलम हुने प्रवृत्ति पनि बढ्दैछ । यद्यपि सहकारी संस्थालाई दिगो बनाउने अर्को महत्वपूर्ण आधार भनेको यसका संचालकहरू हुन् । तर संचालकहरू नै मतिभ्रष्ट भएपछि केही लाग्दो रहेनछ । अहिले सहकारीबाट पीडित भएकाहरूको उठिबास भएको छ । जीवनभर सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरू सहकारी संचालकहरू नै फरार हुन थालेपछि बिचल्लीको अवस्था उत्पन्न भएको छ । आज सहकारी दिवस पनि हो । आजकै दिन अव सहकारीलाई कसरी सञ्चालन गर्ने, सहकारीलाई नियमन कसरी गर्ने, कसरी बचतकर्ताको रकम सुरक्षित गर्ने भन्ने बिषयमा गहन बिमर्श जरुरी छ । सहकारी सदस्यहरूको हित र दिगो सहकारी निर्माणका लागि भिजन तयार गर्ने, योजना तथा नीतिहरू निर्माण गर्ने र यसको कार्यान्वयनका लागि कर्मचारी परिचालन मार्फत सहकारीको प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी बोध जरुरी छ । सदस्यहरू सहकारीका मेरुदण्ड हुन् । यो विषय सहकारीका सदस्य र यसका नेतृत्व कर्ताले बुझ्न र बुझाउन जरुरी छ । ऋण लिन सदस्य बन्ने, नाफाको लागि सदस्यता लिने वा बढी ब्याज पाउने लोभमा सदस्य बन्ने प्रवृत्तिले सहकारीहरूमा समस्या देखिएको छ । सदस्यलाई ग्राहकको रूपमा व्यवहार गर्ने, वार्षिक साधारण सभामा सहभागी नगराउने जस्ता रोग कतिपय संस्थामा देखिन्छ । तसर्थ सदस्यहरूलाई विभिन्न तालिम मार्फत क्रियाशिल गराउने, नियमित बचतमा सहभागी गराउने, सदस्य सहभागितामा नीति निर्माण गर्ने, ऋण सदुपयोगिता र यसको जोखिमको बारेमा परामर्श सेवा दिने र सदस्यको हरेक सुख दुःखमा सहकारीले साथ दिने, सदस्य ग्राहक होईन मालिक हो भन्ने वातावरण सिर्जन गर्ने र सदस्यले पनि आफ्नो भूमिका र कर्तव्य पालना गर्ने हो सहकारी कहिल्यै पनि समस्यामा पर्दैन । सक्रिय सदस्य नै दिगो सहकारीको आधारस्तभ्म हो । यसतर्फ अवका दिनमा हरेक सहकारीका सञ्चालकको ध्यान जानैपर्दछ ।

सहकारी संस्थाको उद्देश्य हासिल गर्न आवश्यक कर्मचारीहरूको व्यवस्थापन र परिचालन यसको अर्को महत्वपूर्ण पक्ष हो । आवश्यकता भन्दा बढी कर्मचारी, आम्दानी भन्दा बढी खर्च गर्ने, क्षमता भन्दा बढी अधिकार प्रत्यायोजन र कर्मचारीको बोझ मिलाउन सकिएन भने संस्था अधोगति तर्फ जाने खतरा हुन्छ । तसर्थ अवको दिनमा सहकारी चलाउन सवैभन्दा ठूलो भूमिका कर्मचारीहरूको हुने भएकोले उनीहरूलाई पनि समय समयमा तालिम लगायतका कार्यक्रममा सहभागी बनाएर जिम्मेवार बनाउनु आवश्यक छ । अर्कोतर्फ सुशासन सहकारी सञ्चालनको एउटा अपरिहार्य शर्त हो । सञ्चालक समितिले प्रचलित ऐन कानूनको अधिनमा रहेर संस्थाको दैनिक प्रशासन सञ्चालनको लागि न्यूनतम नीति तथा कार्यविधि निर्माण गरिएको हुन्छ । त्यही कार्यविधिलाई आधार मानेर सहकारी सञ्चालन गर्नुपर्दछ । जिम्मेवारीपन, पारदर्शिता, जवाफदेहिता, कर्तव्यपालनको विषयमा चुकेकै कारण धेरै संस्थाहरू धरापमा परेका छन् । नीति भन्दा नेता प्रधान गतिविधीले वित्तीय अपराध मौलाउनुका साथै वित्तीय अनुशासन उल्लंघन भएको थुप्रै घटनाहरू नेपाली सहकारी अभियानमा व्याप्त छन् । तसर्थ यस्ता गतिविधिले सहकारीलाई दिगोपन होईन, क्षणभरमै खरानीको बाटोमा पु¥याउँछ । तसर्थ सहकारी एउटा निर्दिष्ट नीतिमा कायम हुनुपर्दछ । सहकारी दिवस मनाउँदै गर्दा यी सवै नीति, जिम्मेवारी, दायित्व निर्वाह गर्न सकियो भने सहकारीलाई आर्थिक बिकासको खम्बा बनाउन सकिन्छ । अतः अव सहकारीमा नियमन जरुरी छ । संघीय र प्रदेश सरकारले अव सहकारीलाई एउटा निश्चित सिमाभित्र बाँध्ने काम गर्नु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?