ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

खर्च नहुने नयाँ बजेटको तयारी !

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

अर्थमन्त्री बर्षमान पुनले बजेट निर्माणका लागि समिति गठन गरेसंगै आगामी आर्थिक बर्षको बजेट निर्माणको काम औपचारिक रूपमै सुरु भएको छ । संघीय सरकारले पुँजीगत खर्च बढाउन नसकेको अवस्थामा सरकारले अर्को आर्थिक बर्षको बजेटको तयारी गरेको छ । पुँजीगत बजेट खर्च हुन नसक्दा यो बर्षपनि विकासको लहर देख्न जनतालाई असार महिना नै कुर्नुपर्ने भएको छ । सरकारले हरेक वर्ष विकास–निर्माणको कामलाई प्राथमिकता दिएर बजेट ल्याउने गरेको छ तर विकासको काम भने जनतालाई निरास बनाउने खालको छ । सरकारले संवैधानिक व्यवस्था अनुसार संघीय बजेट हरेक वर्ष जेठ १५ गते र प्रदेश बजेट असार १ गने सार्वजनिक गर्ने नियम छ । गत बर्षको बजेटमा नयाँ कार्यक्रमको साथै राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता दिइएको थियो । सरकारले बजेटको प्राथमिकता निर्धारण गर्न राष्ट्रिय योजना आयोगको गठन गरेको छ तर व्यावहारिक रूपमा आयोगको सुझाव बजेटमा कमै मात्र समावेश हुनेगरेको छ । बजेटमा देशको मूल समस्या समाधान गर्न केन्द्रित हुनुपर्नेमा सरकारमा सहभागी मन्त्रीमुखी बजेटले प्राथमिकता पाउँदै आएको छ । असारमा बजेट ल्याउँदा बजेट कार्यान्वयनमा समस्या सृजना भएको भन्दै जेठमै बजेट ल्याउने व्यवस्था लागू भएपनि अपेक्षा पूरा हुनसकेको छैन । सरकारसँग बजेट नहुनु एउटा कुरा हो तर बजेट भएर पनि कार्यान्वयन गर्न नसक्नु चाहिँ विडम्बना नै हो । जेठमा बजेट ल्याएपनि कार्यान्वयन गर्नको लागि पाँच महिनापछि अर्थात मंसिरबाट मात्र बल्ल सुरसार हुनेगर्छ । अहिले पनि विगतका वर्षहरूजस्तै असारको अन्तिममा टालटुले विकास गरेर बजेट सक्ने तयारी भैरहेको छ । त्यसको नमूना अवको दुई महिनापछि राम्रैसंग देख्न पाईने भएको छ । नेपालमा बजेट खर्च नहुने बेथिती अव परम्परा बनिसकेको छ । यो परम्परा भत्काउने आँट सरकारले गर्नु जरुरी छ ।

चालू आर्थिक बर्ष सकिने अझै सय दिन बाँकी छ । काम गर्ने हो भने एकसय दिन धेरै हो तर संघीय सरकारको ताल र चाल असारे विकास नै हो । अर्थात असारको एक महिनामा सम्पूर्ण बजेटको ७५ प्रतिशत बजेट सक्ने योजना बन्दै गरेको छ । यसका सरकारका मन्त्रीदेखि कर्मचारी सवैको होस्टेमा हैसे देखिन्छ । अर्कोतर्फ राजनैतिक अस्थीरताका कारण पनि विकासले प्राथमिकता पाउन सकेको छैन । एक बर्ष नहुँदै सरकार बन्ने र भत्काउने खेल भैरहेको छ । त्यसको सवैभन्दा ठूलो असर विकासमा परेको छ । यतिखेर धमाधम योजना सम्झौता भएर काम हुनुपर्ने अवस्थामा उपभोक्ता समिति नै बनेका छैनन् । केन्द्र र प्रदेशकै अवस्थाले स्थानीय तहलाई पनि प्रभावित गर्दछ । २०७४ मा शत प्रतिशत खर्च गर्न सफल सरकार त्यसयताको ६ वर्षमा लगातार ओरालो लागिरहेको छ । राजनीतिक अस्थिरताको नाममा विकासका काम गर्नै नचाहने प्रवृत्ति रहेसम्म देशमा विकास हुने अवस्था छैन । चालू आर्थिक बर्षको ९ महिनामा संघीय सरकारको बजेट खर्च २५ प्रतिशत छ । यो अत्यन्त गंभीर र चिन्ताजनक अवस्था हो । नेपालको बिकासको यही गति र थितिले देश कहिले बन्छ ? स्वयं सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री र मन्त्रीहरू समेत यसको जवाफ दिन सकिरहेका छैनन् । जेहोस अर्को आर्थिक बर्षको लागि बजेटको तयारी सुरु भैरहँदा चालू आर्थिक बर्षको बजेट असारमै सक्ने योजना बुनिएको छ । यथार्थ त्यही हो । फेरीपनि मुलुक बजेट बनाउने, खर्च नगर्ने र असारको एक महिनामा भएभरको बजेट खर्च गर्नेतर्फ अग्रसर छ । जबसम्म यही अवस्था कायम रहन्छ, मुलुक यथास्थितिबाट माथि जान सक्दैन । यसमा सुधार कसले गर्ने ? चिन्ताको बिषय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?