ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

अझै सुरक्षित छैन नेपाली आकास

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

बुधवार विहान धनगढीबाट काठमाडौका लागि उडेको श्री एयरलाईन्सको जहाज अवतरण हुन नसकी आकासमै दुई घण्टा फन्को लगाएर भैरहवामा अवतरण भयो । जहाजमा यात्रा गरिरहेका ७७ यात्रुको रुवाबासी भयो । सोही दिन विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय जहाज काठमाण्डौंमा समयमा अवतरण हुन सकेनन् । कारण थियो मौसम । काठमाण्डौंको मौसममा पछिल्लोसमय आउँदै गरेको आकस्मिक परिवर्तनले हवाई उडान जोखिममा रहेको देखिएको छ । त्यसैगरी विहिवार राती कतारको दोहा उडेको नेपाल एयरलाईन्सको जहाज ४० मिनेटपछि पुनः काठमाण्डौंमा अवतरण ग¥यो । यसको कारण थियो – इन्जिनमा खराबी । यी पछिल्ला उदाहरण हुन । यी घटनाले एकातिर नेपाली आकास मौसमकै कारण असुरक्षित बन्दै गएको देखिएको छ भने अर्कोतिर पुराना जहाजका कारण नेपालको हवाई उडान भरपर्दो नरहेको संकेत देखिएको छ । काठमाण्डौं बाहेक खासगरी पहाडी विमानस्थल मौसमका कारणले धेरै दुर्घटनामा पर्ने गरेको देखिएको छ । कमजोर भिजिविलिटी र हावाको चापका कारण रनवेबाट बाहिरिएको विमान दुर्घटना भएको घटना धेरै सुन्नमा आउने गरेको छ । मौसमका कारणले पहाडी भू–भागमा हवाई दुर्घटना धेरैपटक भएको छ । यसअघि लुक्ला, जोमसोम, विमानस्थल र अन्यत्र पनि दर्जनौ पटक साना–ठूला दुर्घटना भएका उदाहरण छन् । लुक्ला आन्तरिक हवाई उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको व्यस्त विमानस्थल हो । यससँगै मुलुकका अति जोखिम र जटिल भू–बनोट भएको विमानस्थलको सूचीमा लुक्ला रहेको छ ।

हवाई दुर्घटना बढ्नुमा मौसमी सूचनामा फेरबदल प्रमुख कारण मानिन्छ । बुधबार धनगढीबाट विहान उड्दा काठमाण्डौंको मौसम ठिक थियो तर बाटो जाँदै गर्दा एकाएक खराबी आयो जसका कारण विमान आकासमै फन्को लगाउँदै भैरहवा अवतरण हुन बाध्य भयो । यद्यपि नेपालको जल तथा मौसम महाशाखाले आम सर्वसाधारणसहित हवाई उडान हुने राष्ट्रिय अन्तर्राष्ट्रिय मार्ग र गन्तव्यमा हुन सक्ने सम्भावित मौसम गडबडीको सूचना अग्रिमरूपमा सम्प्रेषण गर्दै आएको छ । हवाई भिजिविलिटी, हावाको बेगमा आउन सक्ने उतारचढाव, वर्षाजस्ता कुराको पूर्वानुमान, पूर्वसूचना र तथ्यांक सार्वजनिक गरिदै आएपनि अचानक आउने मौसमको फेरबदलले जोखिम बढाउँदै गएको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि अत्यावश्यक मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ नेपालमा सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएको थियो । त्यसअघि भारतीय मौसम विभागले भारतको कोलकाता हुँदै नेपाल आउने विमानका लागि मौसमको पूर्वानुमान बताउने गथ्र्यो । १९६६ मा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि भने स्वदेशबाटै हवाई उडानको मौसमी सूचना सम्प्रेषणको अभ्यास शुरु भएको थियो । विदेशबाट झिकाइएका प्राविधिकहरूको सहयोगमा सन् १९७० देखि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालले विधिवतरूपमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक मौसमी सूचना सम्प्रेषण गर्न थालेको भएपनि मौसममा आउने परिवर्तनले समस्या उत्पनन गर्दै आएको छ । त्यो बेलादेखि नै अन्तर्राष्ट्रिय उडानका लागि तयार गरिने सूचना आन्तरिक हवाई कम्पनीका लागि पनि उपयोगी मानिएपनि आन्तरिक कम्पनीका चालक र प्राविधिकहरू महाशाखाको नियमित सम्पर्कमा नआउने मौसमविद्हरूको दाबी छ ।

त्यसो त, हवाई दुर्घटना विमानको प्राविधिक गडबढी र विमानस्थलको जटिल भू–बनोटले पनि हुने गरेकोले सवै दुर्घटना मौसमकै कारण भएको भन्नु गलत हुनेछ । तर, हवाई उडानका लागि महाशाखाले हरेक घण्टा अद्यावधिक गर्ने ‘मेटार’ सूचनालाई गम्भीरतापूर्वक अनुशरण गर्ने हो भने धेरै हदसम्म हवाई दुर्घटना घटाउन सकिन्छ । दुर्घटना भएपछि छानविन समिति गठन गर्ने, छानविन समितिले चालकलाई दोष दिने र समितिले गरेका सिफारिसको कार्यान्वयन नहुने अवस्थाले समस्या झनै बढाउने हुँदा हवाई उडान सुरक्षित गर्न अव भने सरकारले आवश्यक कदम चाल्नैपर्ने छ । त्यसमा ढिलाई नगरौं । नेपालको आकास सुरक्षित गर्नेतर्फ सरकार र नीजि बायु सेवा कम्पनीले प्रयास गर्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?