ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

प्रि मनसुनको जोखिम र सावधानी

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

मौसमबीदहरूका अनुसार यो बर्षको प्रि मनसुन सुरु भैसकेको छ । प्रि मनसुनको समयमा हावाहुरी चल्ने, आकास धुम्म हुने, चट्याङ पर्ने लगायतका धेरै प्राकृतिक बिपदका समस्या हुन्छन । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । नवलपरासी र चितवन जिल्लामा प्रि मनसुनको प्रभाव देखिएको छ । त्यहाँ हावाहुरीसहित असिना पानीले बालीनालीमा ठूलो असर पुगेको छ । अझैपनि मौसम सफा हुन नसक्दा हावाहुरीको जोखिमसंगै असिना पानीले खाद्यान्न बालीमा क्षति पु¥याउने अवस्था देखिएको छ । अहिले देशका विभिन्न स्थानमा बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण मानवीय क्षतिका अतिरिक्त भौतिक क्षति बढ्दै गएको छ । पश्चिम क्षेत्रमा हावाहुरीकै कारण बिजुलीको पोल ढल्दा बिजुली आपूर्तिमा अवरोध सिर्जना भइरहेको छ । मौसमविद्का अनुसार मनसुन भित्राउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र भएकाले वेगयुक्त हावाहुरी तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना बढिरहेको छ । नेपालका विभिन्न भूभागमा आउँदा केही दिनसम्म हावाहुरी तथा पूर्व मनसुनी वर्षाको सम्भावना अधिक रहने अनुमान गरिएको छ । यस्तो बेला सही मौसमी सूचनाको आवश्यकता पर्दछ । यसतर्फ सम्बन्धित निकायले ध्यान पुयाउनुपर्छ । यसका अतिरिक्त सर्वसाधारणले हावाहुरी चल्ने समयमा आफू तथा परिवारको रक्षाका लागि पूर्व सावधानी अपनाउनु र त्यत्तिकै सजग हुनु जरुरी छ ।

प्रि मनसुनको समयमा चल्ने हावाहुरीका कारण बिद्युतीय जोखिम बढिरहेको छ । हावाहुरीका कारण विद्युत पोल ढल्ने समस्यामात्र होइन, ठूला ठूला रुखहरूले समेत जोखिम निम्त्याएका छन । हुरीका कारण ती ठूला रुख ढल्दा एकातिर त्यसले मानवीय क्षति बढिरहेको छ । सहर सौन्दर्यको नाममा हुने बुढा र ठूला रुख कटान, छटान र व्यवस्थित गर्नु जरुरी छ । हरेक बर्ष रुखको हाँगा नछिमोलिएकै कारण हाँगा भाँचिएर मानवीय दुर्घटना भएको समाचार सुन्न परिरहेको छ । तसर्थ बर्षा अघिको प्रि मनसुनको अवस्थामा उत्पन्न हुने प्राकृतिक जोखिम अन्त्यको लागि पहल गर्नु जरुरी छ । अर्कोतर्फ संरक्षण तथा व्यवस्थापन हुन नसकेका रुखहरू हटाउनु पर्दछ । यस्ता अरू धेरै कारण पनि छन, जसले मानव जीवनलाई जोखिममा पारेका छन् । चट्याङ त्यस्तै जोखिमको अर्को रूप हो । यसबाट बच्नुपनि चुनौतिको बिषय छ । आगामी दिनमा प्रि मनसुनको समय मात्रै होइन बर्षासमेत नजिक आएकोले प्राकृतिक प्रकोपबाट जोगिनु हामी सवैको जिम्मेवारी हो । यो बर्ष चट्याङका कारण तीनजनाको मृत्यु भैसकेको छ । पछिल्लोसमय चट्याङ मानवका लागि चुनौतिको रूपमा देखापर्दैछ । चट्याङबाट बच्ने तथा सावधानी अपनाउनेतर्फ अव ध्यान दिनैपर्दछ । मौसमबीदहरूले समेत प्रि मनसुनको बेला सवैभन्दा बढी चट्याङको जोखिम औंल्याएकोले सम्वन्धित निकायले आम नागरिकलाई सूचित गर्नु जरुरी छ । त्यसैगरी प्रि मनसुनकै बेला नवलपरासी र चितवनमा बालीनालीमा लाखौंको क्षति भएको छ । सरकारले प्रभावित कृषकहरूलाई राहत दिनुपर्दछ । उक्त क्षेत्रमा असिनाले बाली सोत्तर बनाएकोले किसान चिन्तित हुनुपर्ने अवस्था उत्पन्न भएको छ । अतः प्रि मनसुनमा अपनाउनुपर्ने साबधानीसंगै बालीनालीमा हुने क्षतिमा राहतको पनि जरुरी छ । चट्याङ, भेल तथा पहिरोजस्ता मानवीय क्षति रोक्नेतर्फ सरकारले पहल गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?