ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

रङहरूको पर्व होलीको शुभकामना

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

रङ र सद्भावको पर्व होली हाम्रो घर आँगनमा आईपुगेको छ । होली प्राकृतिक सौन्दर्य र रस रङ्गको मनमोहक चाड हो । होलीलाई भोजपुरी, मैथिली तथा थारु समुदायमा फगुवा अथवा होरी पनि भनिन्छ । नेपाली भाषामा भने होली अर्थात फागु पनि भन्ने गरिएको छ । फागुन महिनाको पूर्णिमा तिथिमा होलीका दहन गरिन्छ, त्यसको भोलिपल्ट बिहानै उठेर होलिकात्सव मनाइन्छ । होली वसन्त आरम्भको महत्वपूर्ण सन्देश दिने पर्व हो । यो पर्व अत्यन्त लोकप्रिय र प्राचीनकालदेखि नै मनाइँदै आएको इतिहास र किम्बदन्ती छ । होलीलाई त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादसंग जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएकी थिईन् । सोही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ । होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरूपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरिन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घटनाको स्मृतिमा उल्लास मनाउन ‘सत्य डग्दैन असत्य टिक्दैन’ भन्ने मान्यताका साथ यो पर्व सुरुवात भएको मानिन्छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने फागु पूर्णिमामा रङसँग खेलेर मनाइने पर्वको मौलिकता जोगाईराख्नुपर्ने आवश्यकता छ । फागु पूर्णिमामा रङसँग खेलेर मनाइने यो पर्व बिग्रिएको सम्बन्ध सुधार्ने अवसर पनि हो । होली सबैका लागि विशेष पर्व हो । यसलाई सुरक्षाको साथमा मनायौँ भने पर्वको रौनक आउनेछ । तसर्थ होली खेल्नुअघि विशेष ध्यान दिनु जरुरी छ । युवाहरूले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । पहिले–पहिले पानीमा विविध सुगन्धित वस्तुहरू मिसाइने गरिएपनि अचेल भने पानीको लोला हान्ने प्रबृत्तिले होलीको रौनकता गुमेको महसुस हुने गरेको छ । होली रङको पर्व भएका कारण रङ छ्यापेर यो पर्व मनाउने गरिन्छ । फागु पर्व चीरसंग पनि सम्वन्धित रहेको छ । होलीलाई भगवान् श्रीकृष्णको गोपिनीसँगको सानिध्यताको प्रसङ्गसंग जोड्ने समेत गरिएको छ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फाल्गुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ । तसर्थ रंगहरूको पर्व होलीलाई प्रेम र सद्भावको पर्वका रूपमा मनाउनेतर्फ ध्यान दिनु जरुरी छ । होली मनाउँदै गर्दा पछिल्लोसमय यो पर्वको रौनक हराउँदै गएको महसुस सवैले गर्दै आएका छन् । तराईमा होलीमा गाईने फागु गीत लोप हुने अवस्थामा पुगेको छ । थारु समुदायले फागुको अवसरमा गाउने ‘जोगिरा सररर’ गीत लोप हुँदै गएको छ ।

पछिल्लोसमय तराईका थारु समुदायले होली पर्वको मौलिक गीत लोप हुँदै गएपछि होली संरक्षण अभियान पनि थालेका छन । यो खुसीको कुरा हो । फागु गीत संरक्षण अभियानबाट तराईमा लोप हुँदै गएको ‘जोगिरा सररर’ लगायतका अरू धेरै फागु गीत संरक्षणमा सहयोग पुग्ने छ । होलीमा गाउने फागु गीत धेरै रहेपनि धेरै लोप भैसकेका छन । त्यसकारण खासगरी थारु समुदायले होलीको मौलिक र ऐतिहासिक गीत संरक्षणमा ध्यान दिनु जरुरी छ । होली स्नेह र मिलनको पर्व भएकोले यो दिनमा रङ खेलेर सवैले आपसी भाईचारा साटासाट गर्नु, पुरानो सम्बन्धलाई नयाँ बनाउनु होलीको विशेषता हो । तर, पछिल्लोसमय होलीकै बेला देशका विभिन्न स्थानमा झडपका घटना समेत हुने गरेका छन । तसर्थ प्रहरी प्रशासनले रङको नाममा लोला हान्ने, घरको छतबाट पानी फाल्ने र होली मनाउने नाममा मदिरा तथा गाँजा भाङ नसा खाएर समाजमा बिश्रृंखलता मच्चाउने प्रवृत्तिका घटना नियन्त्रणमा पहल गर्नुपर्दछ । पर्वका नाममा हुने गलत कामले पर्वको गरिमामाथि आघात पुग्ने भएकोले होलीको मौलिकता जोगाउनेतर्फ ध्यान दिनु जरुरी छ । होलीको शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?