ट्रेंडिंग:

>> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी

नेकपा एस छाडेको भोलिपल्ट दीपक मनाङे मन्त्री नियुक्त

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

काठमाडौं, ५ चैत । नेकपा एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन्।
समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिएको भोलिपल्टे राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्री भएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका छन्। मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका हुन्।
यसअघि यो मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली थिए। तर मुख्यमन्त्री पाण्डेले उनलाई बर्खास्त गरिसकेका छन्।

उनी २०७९ को प्रदेश सभा निर्वाचन मनाङ ख बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिए।

उनले आइतबारदेखि नै लागु हुने गरी समाजवादीसँगको दलीय आबद्धता त्यागेको बताएका थिए।

केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए।

फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज छैन।  यदि सरकार बनेन भने गण्डकी प्रदेशसभा विघटन भएर मद्यावधिमा हुने जोखिम छ। मनाङेले आफू मध्यावधिको पक्षमा नरहेको बताउँदै सरकार फेरबदलको खेलमा नलाग्ने उल्लेख गरेका थिए।

मनाङे स्वतन्त्र चुनाव जितेको तीन सातापछि एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर राजनीतिक समीकरण फेरिएसँगै मनाङेले पार्टी छोडेका हुन्।

नयाँ गठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। सत्ता जोगाउने कोसिसमा रहेका पाण्डेले मनाङेलाई तानेसँगै राहतको श्वास फेरेका छन्।

नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद भएका फडिन्द्र देवकोटाले पनि छुट्टै दलको हैसियत खोजेका छन्। उनलाई पनि पाण्डे आफ्नो पक्षमा तान्न लागेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा ल्याउने वा समर्थन पाउने प्रयास गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?