ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

लुम्बिनी स्वच्छतामा बढ्दो लापरवाही

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न क्षेत्रमा जथाभावीरूपमा फालिएका फोहरको थुप्रो हप्तौँसम्म नउठाउँदा पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने अवस्था देखिएको छ । खासगरी लुम्बिनीको मूख्य क्षेत्र अर्थात प्रवेशद्वारा वरिपरी बाहिर सडेगलेका वस्तुमात्र नभई काम नलाग्ने अन्य वस्तुहरू अव्यवस्थित रूपमा फालिएको छ । यसले लुम्बिनी आउने पर्यटकलाई गिज्याईरहेको भान हुन्छ । लुम्बिनीप्रति जुन धारणा बनाएर पर्यटक आउँछन, लुम्बिनीको प्रवेशद्वारमै फोहरको थुप्रो देख्दा पर्यटकहरूमा नकारात्मक असर पर्ने अवस्था देखिन्छ । पर्यटकहरूलाई लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्धले बिकर्षण गर्ने अवस्था उत्पन्न भएको छ । त्यसो त लुम्बिनीको सम्पदा र पवित्रताको संरक्षणका लागि स्थानीय पालिकाको रूपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मूख्य जिम्मेवारी छ । लुम्बिनी विकास कोषको भूमिका त्यो भन्दा पनि बढी छ तर ती दुवै संस्था मूकदर्शक देखिएका छन । महिनादेखि लुम्बिनीमा फोहरको थुप्रो अव्यवस्थित रूपमा फालिँदापनि न त पालिका र न त कोषको नै आँखा पुगेको छ । लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहर फ्याँकिएको देख्दा निकै दुःख मान्ने गरेकाछन् । फोहरको व्यवस्थापन नगर्दा वरिपरीको क्षेत्रमा दुर्गन्ध फैलिएको छ । पर्यटकहरू नाक छोपेरै प्रवेशद्वार भित्र छिर्नुपर्ने अवस्था छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले समेत स्थानीय घर परिवारलाई घरको फोहर घरमै व्यवस्थापन गर्न वा जम्मा गरिएको फोहर उठाएर बाहिर लैजान नसक्नु भनेको पालिकाको गैर जिम्मेवारी हो । स्थानीय पालिकाको रूपमा लुम्बिनीको फोहर व्यवस्थापन उसको पनि कर्तब्य हो तर फोहर व्यवस्थापनमा लुम्बिनी विकास कोष र नगरपालिका एक अर्कोको जिम्मेवारी भन्दै पञ्छिनु कदापि राम्रो होइन । एकातर्फ फोहर थुप्रिएर समस्या छ, अर्कोतर्फ लुम्बिनीका वरिपरीका क्षेत्रबाट उत्सर्जित फोहर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको भन्दै स्थानीयले गुनासो गरेको छन । नदी र जङ्गलको बीचमा फोहर फालेर समस्याको दिगो समाधान हुँदैन भन्नेतर्फ सम्वन्धित निकायले सोच्नु जरुरी छ ।

समस्या के पनि देखिएको छ भने फोहर संकलनमात्रै ठूलो कुरा होइन, त्यसको सही व्यवस्थापन महत्वपूर्ण हो । सामान्यतया घरेलु फोहरमैला, व्यावसायिक फोहरमैला, कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैलाको समग्र व्यवस्थापन जरुरी छ । लुम्बिनीमा फोहर व्यवस्थापनमा सम्वन्धित निकायको ध्यानाकर्षण नहुनु चिन्ताको बिषय हो । त्यसैपनि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सहर हो । लुम्बिनीको सुरक्षा, सफाई, विकास लगायतको क्षेत्रमा अन्तर्राष्ट्रिय चासो र चिन्ता छ । त्यसकारण लुम्बिनीको फोहर व्यवस्थापनमा लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको गंभीर ध्यान जाओस् । लुम्बिनीमा ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबार ‘ग्रीन डे, क्लीन डे’ को नाराका साथ नियमित सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । तर, त्यो अभियानले मात्रै पुग्दैन । लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहर उत्पादन हुने गरेको छ । लुम्बिनी क्षेत्रमा ८० बढी होटेल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र दैनिक सयौं स्वदेशी तथा विदेशी पर्यटकले उत्सर्जन गर्ने फोहर उही दिनमै व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । लुम्बिनीको स्वच्छता कायम गर्ने सवालमा स्थानीय पालिका र कोषले मिलेर काम गर्नु जरुरी छ । लुम्बिनीको नाम र सान जोगाउन फोहर बाधक नबनोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?