ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

समाधानको अन्तिम किनार खोज

१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८०, सोमबार

लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले बेवास्ता गर्दा लामो समयदेखि यो समस्याले चुनौति सिर्जना गरिरहेको छ । लघुबित्त, सहकारी र मिटरब्याज पीडितहरूले विगत एक बर्ष बढी समयदेखि सरकारसंग समस्या समाधानको लागि दवावमूलक कार्यक्रम गर्दै आएका छन । तर, सरकारले सुनेपनि उनीहरूको समस्या नसुनेको जस्तै गरिरहेको छ । पछिल्लोसमय पीडितहरू काठमाण्डौं केन्द्रित हुन थालेपछि र आन्दोलनको राप बालुवाटार र सिंहदरवार क्षेत्रमा केन्द्रित गर्न थालेपछि बाध्य भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो समस्या समाधानमा आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै प्रधानमन्त्रीले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाएका छन । विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्याका रूपमा बढ्दै गएको छ । लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भएपनि पछिल्लोसमय यो क्षेत्र संकटग्रस्त हुँदै गएको छ । प्रधानमन्त्रीसंगको छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलमा ढिलाई भएको गुनासो गरेका छन । मिटरव्याज र लघुवित्त पीडितहरू हिँडेर काठमाण्डौं प्रवेश गरेका छन । यो उनीहरूको रहरभन्दा पनि बाध्यता हो । सरकारले समस्या समाधानका लागि भन्दै विगतमा छानविन समिति गठन ग¥यो तर त्यो समितिले पीडितहरूको माग सम्बोधन गर्न सकेन । अन्ततः काठमाडौं आइपुगेका पीडितहरू माग पूरा नभएसम्म घर नफर्किने अडानमा छन् ।

नेपालका लघुबित्तहरूले सोझा महिलालाई अनेक प्रलोभन र प्रभावमा पारेर ऋण लगानी गर्ने अनि त्यही ऋणलाई माध्यम बनाउँदै ऋणीहरूको जीवन नै समाप्त गरिदिने गरेको घटना पछिल्लोसमय बढ्दै गएको छ । बर्षौदेखि लघुबित्त क्षेत्रमा रहेको बिकृति र बिसंगति अहिले अति भएपछि सतहमा आएको हो । लघुवित्तको ऋणकै कारण कति ऋणीले आत्महत्या गर्नुपरेको रोदन सुनिएको छ । कतिपयको घर खेत नै लिलाम भएको छ । जति ऋण लिएको हो, त्यसको ब्याज, किस्ता र सावाँ तिर्दा समेत लघुवित्तले उन्मुक्ति नदिएको उदाहरण महिलाका पीडा र बेदनाबाट थाहा भएकै छन । कतै लघुवित्तले महिलाबाट उठाएको पैसा नै बेपत्ता वनाएको घटना सार्वजनिक भएका छन । लघुवित्तले महिलामाथि अन्याय गरेका छन । यद्यपि सवै लघुवित्त त्यही प्रकृतिका छन भन्ने होइन । लघुबित्तबाट ऋण लिएका अधिकांश महिलाहरू नै किन लिलामीमा परिरहेका छन ? काठमाण्डौं आएका लघुबित्त पीडितमध्ये अधिकांश महिला छन । उनीहरूको कुरा सुन्दा लघुबित्तहरूले तराईमा ठूलो शोषण गरेको छरपष्ट हुन्छ । उनीहरूमध्ये अधिकांशको घरखेत भएको छ । लघुवित्तको ऋणकै कारण कपिलवस्तुमा आत्महत्या गर्न बाध्य भएको घटना गत बर्ष नै बाहिर आएको थियो । यो क्रम अहिलेपनि जारी रहेको र महिलाहरू घरबारविहीनको अवस्थामा पुगेको उनीहरूको गुनासो छ । अन्ततः प्रधानमन्त्रीले यो समस्या सम्बोधन गर्ने आश्वासन दिएका छन । अव आश्वासनले मात्रै पुग्ने अवस्था छैन । यो समस्यालाई अन्तिम किनारा लगाउनेतर्फ सरकारको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?