ट्रेंडिंग:

>> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित

शान्तिको विकल्प छैन, युद्धविराम गर

१० फाल्गुन २०८०, बिहीबार
१० फाल्गुन २०८०, बिहीबार

विश्व अहिले मानव नरसंहारको घटनाबाट विक्षिप्त छ । विगत दुई बर्षदेखि जारी रस युक्रेन युद्धले विश्वलाई पीडा दिईरहेको बेला इजरायल र प्यालेस्टाइनबीचको अर्को युद्धले थप पीडा दिएको छ । शान्तिप्रेमी विश्व समुदायले युद्धको अन्त्य गर्न माग गर्दै शान्तिको आह्वान गरेका छन । रुस युक्रेन युद्धमा एक दर्जन बढी नेपालीहरूको ज्यान गएको छ । यो अत्यन्त दुःखद कुरा हो । नेपाली युवालाई अनेक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने काम भएको छ । जसको परिणाम नेपाली युवाहरू मृत्युको मुखमा पुग्न बाध्य भएका छन । उता इजरायल प्यालेस्टाइन युद्धमा बेपत्ता भएका नेपाली युवा विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । नेपाल सरकार उनलाई छुटाउन कुटनीतिक रूपमा असफल भएको छ । प्यालेस्टाइनको गाजा क्षेत्रमा अक्टोबर ७ देखि सुरु भएको नरसंहार रोकिने लक्षणसम्म पनि देखिएको छैन । प्यालेस्टाइनी लडाकु समूह इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का लडाकुले इजरायलभित्र घुसेर १४ सयको हत्या र सयौंलाई अपहरण गरेपछि भिडन्तको पछिल्लो शृङ्खला सुरु भएको थियो । सांगीतिक कार्यक्रममा रमाइरहेका इजरायलीमाथि हमास लडाकुले आक्रमण गरी नृशंस नरसंहार गरेलगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेपछि गाजा क्षेत्र अहिलेपनि तनावमा छ । इजरायली सेनाले गैरसैनिक क्षेत्रमा आक्रमण गर्दा हजारौंको ज्यान गएको छ । मानव नरसंहार भएको छ । युद्धमा दुवै पक्ष दोषी छन । विश्वले अव युद्धविराम गर्नेतर्फ दुवै पक्षलाई दवाव दिनुपर्दछ ।

युद्धग्रस्त क्षेत्रमा पानीदेखि अन्न र इन्धनसम्म बन्द भएको र लगातार बमवर्षा गरिएकाले गाजा क्षेत्रमा अहिले ठूलो मानवीय संकट उत्पन्न भएको छ । कतारले दुवै पक्षलाई युद्धविरामका लागि आह्वान गरि वार्ता जारी राखेको छ तर पछिल्लोसमय इजरायलले नरसंहारलाई मलजल गरिरहेको छ । फलस्वरूप इजरायलको प्रमुख समर्थक मानिने अमेरिकाले समेत तत्काल युद्धविराम गर्न इजरायललाई सार्वजनिक आग्रह गरेको छ । संयुक्त राष्ट्र महासभाले पनि तत्काल युद्ध विरामको आह्वान गरेको छ । पछिल्लोपटक भिडन्त सुरु भएयता अहिलेसम्म २० हजारभन्दा बढी मानिस मारिएका छन् । गाजा क्षेत्रबाट लाखौं विस्थापित भएका छन् । सुत्केरीहरू मानव नरसंहारको शिकार भएका छन । बालबालिकाहरूको बिचल्ली भएको छ । गाजा क्षेत्रमा मानव नरसंहार चलिरहँदा विश्व समुदाय केवल विज्ञप्ती जारी गरेर युद्ध रोक्न आग्रह गरिरहेको छ । युद्ध रोक्न दुवै पक्षलाई कठोर चेतावनी नदिएसम्म अवस्था शान्तिपूर्ण हुने देखिदैन । युद्धकै क्रममा १० जना नेपालीको समेत ज्यान छ । हमासलाई ध्वस्त नपारी सैनिक कारबाही नरोक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको हठले मानवीय संकट गम्भीर हुँदै गएको छ ।
यस्तो नरसंहार एक्काइसौं शताब्दीको सभ्य मानव समुदायका लागि कुनैपनि अवस्थामा स्वीकार्य हुन सक्दैन । त्यसैले इजरायलले अहिले जारी राखेको गैरसैनिक क्षेत्रमा बम बर्साउने र निरपराध नागरिक मार्ने काम तत्काल रोकोस् । अकोतर्फ हमासले पनि बन्धक बनाइएकाहरूलाई तत्काल मुक्त गरेर वातावरण सामान्य बनाउन प्रयास गरोस् । मानव अधिकार तथा शान्ति समाजले पनि रुस युक्रेन र इजरायल प्यालेस्टाईन दुवै युद्ध तत्काल रोक्न आह्वान गरेको छ । शान्ति समाजले नेपालमा युद्ध रोक्न दवाव दिने उद्देश्यले प्रदर्शन गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको आह्वानको समेत युद्धरत पक्षले कुनै सुनुवाई गरेका छैनन् । आजको २१ औं शताब्दीमा युद्ध कसैका लागि पनि स्वीकार छैन । युद्धरत पक्षले बुझ्नुपर्दछ– शान्तिको विकल्प छैन । अब ढिलाई नगरि मध्यपूर्वमा शान्तिको कामना गर्दै युद्ध रोक्न दवाव दिनेतर्फ विश्व समुदायले गंभीर चासो देओस् । खासगरी शक्ति राष्ट्रहरू अमेरिका, बेलायत, जर्मन लगायतका देशले युद्ध रोक्नेतर्फ एकसाथ पहल र नेतृत्व गर्न अव ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?