ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

दुध किसानको समस्या सम्बोधन गर

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

दुधको भुक्तानी नपाएको तथा बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दुध पोखेका छन । चितवनकै किसानले गत बर्षमात्रै चितवनको मूख्य बजार क्षेत्र नारायणगढमा तरकारी पोखेर सांकेतिक विरोध गरेका थिए । चितवनका किसानले गरिरहेको विरोध र आन्दोलनको सुनुवाई सरकारले गरिरहेको छैन । केन्द्रीय बस टर्मिनल चोकमा दुध किसानले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरे । त्यसयता तीन दिन बितिसकेको छ । सरकारले दुध किसानले किन सडकमै दुध पोखे ? भन्ने सोध्ने काम समेत गरेको छैन । विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण सहज गर्नुपर्ने र किसानको दुधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ । चितवनको जस्तै समस्या देशका अन्य जिल्लामा पनि छ । अहिले दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्नै छोडेको छ । यो गंभीर समस्या हो । किसानले मेहनत गरि उत्पादन गरेको दुधको मूल्य नपाउनु, समयमै भुक्तानी नहुनु समस्या त छँदैछ, त्यसमाथि किसानको दुध खरिद नहुने अवस्था आउँदा पनि सरकार मूकदर्शक बनेको छ । चितवनका किसानले विगत एकसातादेखि जिल्लामा उत्पादित दुध बिक्री हुन नसकेको गुनासो गरेका छन । दुधको भुक्तानी नपाउँदा र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको छ ।

सरकारले किसानलाई विभिन्न शीर्षकमा यसअघि दिदै आएको अनुदानमा कटौती गरेर किसानलाई राहत दिनुको साटो उल्टै चोट दिने काम गरेको छ । छिमेकी देश भारत सरकारले किसानलाई पहिलो प्राथमिकता दिदै मल, सिंचाई, बीउ आदिमा ठूलो अनुदान दिने गर्दछ । तर, नेपाल सरकारले अरू निहुँ नपाएपछि किसानलाई उल्टै आहत दिने काम गरेको छ । सरकारले दुध खरिद गर्दै आएकोमा त्यो पनि बन्द गरेर आहत दिने काम गरिरहेको छ । नेपालको कूल गाहस्थ्र्य उत्पादनमा करिव २५ प्रतिशत योगदान कृषि क्षेत्रको छ । अर्थात नेपालको अर्थतन्त्रको एक चौथाई हिस्सा कृषि क्षेत्रले धानेको छ । तर, सरकार यो तथ्यमाथि खेलवाड गरेर किसानलाई डुवाउने प्रयासमा लागेको छ । किसानलाई राहतमात्र होईन विभिन्न आकर्षक कार्यक्रम र प्याकेज दिएर कृषिमा जोड्नुपर्नेमा उल्टो बिमुख बनाउने प्रयास गरेको छ । यो कदापि राम्रो होइन । सरकारको कदमको देशब्यापी विरोध भएको छ । सरकारको किसानमाथि थोरैपनि सहानुभूति छ भने दुध किसानको समस्या तत्काल समाधान गरोस् । अहिले देशैभरीका हजारौं दुग्ध किसान पीडामा बाँच्नुपरेको छ । दुध खरिद गर्ने वातावरण तत्काल मिलाउन र रोकिएको दुधको भुक्तानी तत्काल गर्नेतर्फ नेपाल सरकारको ध्यान जाओस् । सरकारको यही रवैया हुने हो भने कृषि क्षेत्रको विकास हुनै सक्दैन । कृषि क्षेत्रको विकास नभई देशको अर्थतन्त्र बलियो हुँदैन । तर, सरकार यो तथ्यमाथि पूरै बहिरो बनेको छ । नेपालमा अहिलेपनि करिव ६६ प्रतिशत भन्दा बढि जनसंख्या कृषि पेशामा आवद्ध रहेका छन । तसर्थ सरकार किसानका समस्याप्रति गंभीर बनोस् । पछिल्लोपटक देखिएको दुधको समस्या सम्वोधनमा अबिलम्ब ध्यान जाओस् । होइन भने कृषि क्षेत्रको ओरालो यात्राले देशको अर्थतन्त्र समेत कमजोर बनाउनेछ । तसर्थ सरकारले कृषि क्षेत्रको समस्या सम्बोधनमा ढिलाई नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?