ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

खर्चिलो निर्वाचन प्रणालीमा सुधार गरौं

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस सोमबार मनाईएको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले विगत आठ बर्षदेखि यो दिवस मनाउँदै आएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते भएको आम निर्वाचनको स्मृतिमा हरेक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाईदै आएको छ । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । विशेषतः मतदाता शिक्षा र निष्पक्ष मतदानको पैरवी गर्दै देशैभर विभिन्न अभियान र कार्यक्रमहरू गरिन्छ । निर्वाचन दिवस मनाउँदै गर्दा नेपालमा फेरीपनि निर्वाचन प्रणालीको बिषयलाई लिएर बहस आरम्भ भएको छ । त्यसो त निर्वाचन आयोगमाथि पनि बेलाबेलामा थुप्रै आरोपहरू लाग्ने गरेका छन । निर्वाचनको स्वच्छतालाई लिएर आयोगमाथि प्रश्न उठेका उदाहरण छन । पछिल्लो समय निर्वाचनमा हुने अत्यधिक खर्चलाई लिएर धेरै प्रश्न उठेका छन । निर्वाचनलाई कम खर्चिलो बनाउन आवश्यक नीतिमै संशोधन गर्नुपरे पनि आयोग तयार हुने गरी त्यस विषयमा बहस र परामर्श दिवसकै अवसरमा गर्नु जरुरी छ ।

अर्कोतर्फ समानुपातिक निर्वाचन प्रणालीलाई लिएर पनि बहस आरम्भ गर्नु जरुरी देखिएको छ । धेरै निर्वाचन विज्ञहरूले पनि निर्वाचन प्रणालीका बिषयमा एकपटक कुरा उठाउनु पर्ने आवाज अभिब्यक्त गर्न थालेका छन । वि.सं. २०१५ को पहिलो प्रजातान्त्रिक आम निर्वाचन पहिलो बालिग मताधिकारका आधारमा भएको आम निर्वाचन थियो । यस सन्दर्भमा आयोगले अहिलेसम्म गरेको काम र आगामी दिनमा गर्नुपर्ने दायित्वका विषयमा गंभीर छलफल गरोस् । नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अङ्गका रूपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । दिवसकै अवसरमा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६÷०७७–२०८०÷०८१) को समीक्षा भएको छ । जस अनुसार निर्वाचन आयोग आगामी रणनीतिक योजना तर्जुमा गर्न सफल हुने विश्वास गरिएको छ । आम नागरिकलाई निर्वाचनको महत्व, उपादेयता, यसको प्रभावकारीता आदि विषयमा सचेत वनाउनुपर्ने भएकोले आयोगको ध्यान त्यसतर्फ पनि जानु जरुरी छ । अहिले खर्चिलो निर्वाचन भयो भन्दै जनगुनासो बढिरहेको समयमा आयोगले आफ्नो स्थापना दिवसको अवसरमा बहस गरोस् । जेहोस निर्वाचन आयोगले पनि पहिलो निर्वाचनको स्मृतिमा दिवस मनाउने औपचारिकता सुरु गरेको छ । यसलाई केवल औपचारिकतामै सीमित नगरियोस् । दिवसकै माध्यमबाट यसको प्रभावकारीता, विश्वसनीयता र स्वतन्त्र निर्वाचन प्रणाली लगायतका विषयमा योजनाबद्ध बहस होस् । जसले आगामी दिनमा निर्वाचनको विश्वसनीयता थप प्रगाढ बनोस् । अर्कोतर्फ नेपालमा प्रजातन्त्र स्थापना भएको दिनकै दिन निर्वाचन दिवस पनि मनाउने संयोग छ । यो अत्यन्तै महत्वपूर्ण छ । प्रजातन्त्र प्राप्तिको दिनले नै निर्वाचनको आधार सिर्जना गरेको मान्न सकिन्छ । तसर्थ फागुन ७ त्यसैपनि नेपाली जनताका लागि महत्वपूर्ण दिन हो । निर्वाचन आयोगले सुरु गरेको दिवसको परम्परा कायमै राख्दै उन्नत निर्वाचन प्रणालीमार्फत लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा आयोगको ध्यान अझै सारगर्भित र सार्थक बनोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?