ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

प्रजातन्त्र दिवसमा शहिदको सम्झना

७ फाल्गुन २०८०, सोमबार
७ फाल्गुन २०८०, सोमबार

प्रत्येक वर्ष फागुन ७ गते मनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र दिवस यो बर्षपनि आज देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाईदैछ । निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय राणा शासन अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते आजकै दिन प्रजातन्त्र स्थापना भएको स्मरणमा यो दिवस मनाउने गरिएको छ । नेपालमा पहिलोपटक निरंकुश राणाशासन अन्त्य गर्न चार बीर सपुतको शहादत र बलिदान स्वरूप प्रजातन्त्र प्राप्ति भएको दिन हो । तसर्थ ती चार शहिद नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन । चार शहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए देशले अझैपनि राणा र पञ्चायती शासन व्यवस्थाको आबरणबाट मुक्ति पाउन गाह्रो हुन्थ्यो । २००७ सालयताको करिव ७३ वर्षको अवधीमा प्रजातन्त्रका खातिर धेरै शहिदले बलिदान दिएको स्मरण गर्न सकिन्छ । त्यसमा पनि २००७ सालको प्रजातन्त्र दिवसको विशेष भूमिका छ । २००७ सालकै जगमा उभिएर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेका छौं । र, यसवीचमा देशका खातिर धेरै नेपालीले योगदान दिए, आफ्नो ज्यान समर्पण गरे । प्रजातन्त्रका खातिर शहिद हुने थोरै मात्रामा त्यो पनि औंलामा गन्न सकिनेमात्र छन । आजको दिन अर्थात २००७ साल फागुन ७ गते प्रजातन्त्रका लागि चारजना वीर सपुतहरूले आफ्नो बलिदानी दिए । ती महान शहिद हुन र तिनको सम्झनामा फागुन ७ को प्रजातन्त्र दिवस मनाउने गरिएको छ । निश्चित रूपमा नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो ।

शहिदहरूले गरेको त्याग र बलिदानको अहिले स्मरणभन्दा पनि विस्मय हुने अवस्था देखिएको छ । जुन उद्देश्य र त्यागले प्रजातन्त्रको सुन्दरता यहाँसम्म आईपुगेको छ त्यो अहिले विर्सने प्रयास भएको छ । शहिदहरूले जुन सपनाको साथ बलिदानी दिए त्यो अहिले सरासर विर्सिने प्रयास गरिदै आएको छ । केवल दिवस मनाउने औपचारिकतामात्र जीवित छ । तर, कसैलाई दोष दिएरमात्र अव उम्किने समय छैन । प्रजातन्त्र र त्यसका खातिर बलिदानी गर्ने शहिदको स्मरण अव संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रूपमा स्थापित गर्नु आवश्यक छ । आजभन्दा ७५–८० बर्ष अगाडि राणा शासनको चरम जगजगीको बेला प्रजातन्त्रका लागि आन्दोलन सानो चुनौति थिएन । त्यतिबेला राणा शासनको विरोध गर्नुभनेको आफैलाई सिध्याउनु थियो । राणा शासनको विरोधमा कसैले चुँसम्म पनि गर्ने अवस्था थिएन । स्वयं राजापनि राणा शासनको दवदवाबाट आतंकित थिए । राजाले पनि खुलेर राणाहरूको विरोध गर्न नसकिरहेको त्यो कठोर दिनमा आन्दोलनका माध्यमबाट प्रजातन्त्र प्राप्तिको संखघोष गर्नु ठूलो चुनौति थियो । तर, त्यो चुनौतिको सामना गर्दै चार शहिदले ज्यानको परवाह नगरि प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । आज ती शहिदप्रति देश नतमस्तक छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रूपमा स्थापित हुन्छ, त्यसबेला मात्र आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन् । प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्राका क्रममा थुप्रै शहिदले देशको लागि रगत बगाएका छन । तर, आजको दिवस भनेको २००७ सालको प्रजातन्त्रका लागि जीवन आहुति गर्ने ती चार शहिदप्रति समर्पित छ । आजको दिन दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको त्याग र योगदान कहिल्यै बिर्सन सकिदैन् । प्रजातन्त्र दिवसको दिन ती चार शहिदप्रति हार्दिक श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?