ट्रेंडिंग:

>> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी
सम्पादकीय

छाडा चौपाया व्यवस्थापनको चुनौति

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

रूपन्देही जिल्लाका लागि छाडा चौपाया व्यवस्थापन प्रमुख चुनौति बन्दै गएको छ । रूपन्देहीमा हरेक महिना हुने पालिकाहरूको घुम्ती बैठकमा पालि काका प्रमुख तथा जनप्रतिनिधिहरूले छाडा चौपायाको व्यवस्थापनको कुरा चुनौतिकै रूपमा रहेको भन्दै हरेकपटक यही समस्या उठाउँदै आएका छन । रूपन्देहीका लागि अहिले छाडा गाईवस्तुको व्यवस्थापन चुनौति बन्दै आएको छ । छाडा चौपायाकै कारण दुर्घटना बढेको छ । हरेक बर्ष छाडा चौपायाकै कारण दुर्घटनामा ज्यान गुमाउनेको संख्या दर्जन बढी पुग्ने गरेको छ । पालिकाहरूको घुम्ती बैठकमा छाडा चौपायाकै बिषयमा कुरा उठेपनि व्यवस्थापनको बिषयमा भने बेवास्ता गर्ने गरिएको छ । छाडा चौपायामा पनि गाईलाई दुध दिउन्जेल घरमा राखेर स्याहार गरि पाल्ने तर दुध दिन छाडेपछि छाडीदिने गरिँदा समस्या उत्पन्न भएको छ । गाई मात्र हैन, बाच्छाबाच्छीसमेत सडकमै ल्याएर छोडने गरिएको छ । यो समस्या शहरबजार र यसको छेउछाउमा बढ्दो छ । तर, पछिल्लोसमय गाउँघरमा समेत छाडा चौपायाले बालीनाली नोक्सानी गरिदिने हुँदा यो समस्या बिकराल रूपमै देखिएको छ । पहिला–पहिला ग्रामीण भेगमा खेतबारी जोत्न गोरुको प्रयोग हुने भए पनि अहिले बिस्तारै यसको विकल्पमा ट्याक्टर प्रयोग हुँदा गोरुको उपयोग हट्दै गएको छ । बीउको लागि एउटा गाउँमा एक–दुईवटा गोरु पालिनु स्वाभाविक नै हो । तर अधिकांशले गोरु पाल्न छोडिसके । दुध उत्पादनका लागि पालिएका गाईहरूबाट बर्सेनि जन्मने बाछाको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । उत्पादनमूलक काममा प्रयोग नहुने वस्तुलाई पालेर के काम भन्दै किसानहरू छिटोभन्दा छिटो पन्छाउन चाहन्छन् । किसानको चाहना बुझेर केही मानिसले गाउँभरिका बाछा संकलन गरी सडक, शहर तथा सार्वजनिक स्थानमा छोडिदिने गरेका छन् । सडकमा छोडिएको गाईवस्तुले यातायात सञ्चालनमा समेत असर पुगेको देखिन्छ । कतिपय ठाउँमा त छाडा चौपाया मरेर अलपत्र पर्नाले जनस्वास्थ्यमा समेत गम्भीर असर पुगिरहेको छ ।

एक बर्षअघि छाडा चौपाया व्यवस्थापनका लागि रूपन्देहीका केही पालिकाहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकामा काञ्जी हाउस निर्माण गर्ने निर्णय गरेका थिए तर निर्माण क्षेत्रमा वनको जग्गा पर्ने भएपछि त्यो काम अहिले अधुरै भएको छ । त्यसपछि हरेक घुम्ती बैठकमा कुरा उठेपनि समस्या सम्बोधनको बिषयमा भने तदारुकता भएको छैन । खासगरि गाईको सवालमा गाई बुढो भएपछि र दुध दिन छोडेपछि सडकमा ल्याएर छोड्ने गरिँदा समस्या उत्पन्न भैरहेको छ । किसानले गाई घरमै मरेमा समस्या हुन्छ भनी जोखिम मोल्न चाहँदैनन् । दुधालु गाईको बिमा हुने भए पनि बूढो र दुध थाकेको गाईको बिमा हुँदैन । मलकै लागि भनेर किसानले बूढो र थाकेको गाई पाल्ने गरेका छैनन् । बाच्छाजस्तै गाईलाई पनि बुढो भएपछि केही रकम दिएर घरबाट पठाइदिन्छन् । रकम लिनेले अलि टाढा सडक तथा सार्वजनिक स्थानमा ल्याई छोडेर जान्छन् । बिरामी, कमजोर र बुढा गाई मरेपछि यसको व्यवस्थापनमा समस्या आइरहेको छ । पछिल्लोसमय ठूलो समस्या बन्दै गएको छाडा गाईवस्तु र यसको व्यवस्थापनका बिषयमा राज्य लगायत सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । त्यसैले यसको व्यवस्थापनका लागि सम्बन्धित निकायले ध्यान दिनुका साथै समाधानको दिर्घकालीन उपाय खोज्नुु जरुरी छ । अझै स्थानीय तहले यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । रूपन्देहीका पालिकाहरूले हरेक महिना कुरा उठाउने तर समाधानको बिषयमा दृढता नदेखाउने हो भने यो समस्या बढ्दै जानेछ । तसर्थ पालिकाहरूले यो समस्या समाधानमा अभियानका साथ समाधानको पहल गरुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?