ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

साना हतियारको ठूलो सुरक्षा चुनौति

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको घटनाले मुलुकको सुरक्षा अवस्था कति कमजोर छ भन्ने कुरा स्पष्ट गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक समेत छन् । यसले के देखाउँछ भने अपराधकर्ममा महिला पुरुष दुवैको सहभागिता छ भने विदेशी समेत पक्राउ पर्नु भनेको नेपालका लागि गंभीर सुरक्षा चुनौति हो । अहिले मुलुकका लागि ठूलो भन्दा पनि साना साना हतियार सुरक्षा चुनौतिका रूपमा देखापर्दैछन । प्रहरीले अवैध हातहतियार नियन्त्रणमा सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न सफल भएको दावी गरेको छ । त्यसैपनि नेपाल भारत खुला सिमाका कारण नेपालमा हतियारको अवैध ओसारपसार हुने गरेको छ । भारतसंग सिमा जोडिएका तराईका जिल्ला त्यसै त आपराधिक गतिविधिमा चर्चित नै छन । छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार आपराधिक मनोबृत्ति भएकाहरूले राख्ने र पैसाकै लागि अपराधका घटनासम्म गर्न पछि नपर्ने देखिएको छ । निश्चितरूपमा खुला सिमाका कारण अहिले यस्ता हतियार प्रमुख सुरक्षा चुनौतिको रूपमा देखापरेको छ । सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने नेपाल आफ्नै नागरिकवाट सुरक्षित नरहने स्पष्ट भएको छ । शान्ति सुरक्षाको प्रत्याभूति गर्नु सरकारको पहिलो र प्रमुख दायित्व हो । पछिल्लो समय सरकारले शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबी गरे पनि मुलुकभित्र हुने आपराधिक घटना र पक्राउ परेका हात–हतियारका आधारमा तराई मधेश मात्र होइन समग्र मुलुककै शान्ति सुरक्षा कमजोर देखिएको छ ।

नेपाल र भारतबीच करिव एक हजार आठ किलोमिटर खुला सिमा रहेको छ । सिमानामा चुस्त र दुरुस्त सुरक्षा प्रबन्धको पनि अभाव छ । तराईमा मात्र होइन, राजधानीलगायत मुलुकका प्रायः भागमा हतियार पक्राउ पर्नुले मुलुक हतियारको भकारी हुँदै गएको हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक छ । नेपालका तराई क्षेत्र बारा, पर्सा, रौतहट, सर्लाही, रूपन्देही, कपिलवस्तु, बाँके लगायतका जिल्ला हतियार चुनौतिका रूपमा देखिएको प्रहरी र अनुसन्धानको रिपोर्ट छ । भर्खरै पक्राउ परेका हतियार र अभियुक्तको अनुपात मुलुकको सुरक्षा व्यवस्थामा चुनौती थपिँदै आएको पुष्टि हुन्छ । हतियारको पहुँच मुलुकभरि नै बढ्दै आएको छ । हतियारको यो पहुँचले नागरिकमा त्रास बढ्नुका साथै अस्थिरता पनि बढाउन सक्छ । अर्कोतर्फ भित्रिइसकेका हतियारलाई प्रकृयासंगत बैध वनाउनु जरुरी छ । होइन भने मुलुकका लागि अवैध साना हतियार जहिले र जतिवेला पनि सुरक्षा चुनौति हुनेछन । नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सकिएको दावी गरेको छ । अवका दिनमा सरोकारवाला निकायबीचको सहकार्यले मात्र हतियार नियन्त्रणमा थप सफलता हासिल हुन्छ । नेपाल प्रहरीले हतियारको जोखिमबारे सर्वसाधारणलाई चेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । बरामद भएकामध्ये भरुवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी रहेको प्रहरीको भनाईले आम नाागरिक असुरक्षित छन भन्ने कुरा पुष्टी गरेको छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको सिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिएकोले प्रहरीको भूमिका अझै प्रभावकारी हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?