ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

क्याननमा  विज्ञान प्रदर्शनी, खाना महोत्सव र खेल सप्ताह

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

बुटवल,२६ माघ । क्यानन माध्यमिक विद्यालय बुटवल ८ सुख्खानगरमा विज्ञान प्रदर्शनी , खाना महोत्सव र खेल सप्ताहका कार्यक्रम भएका छन् । विद्यालयको २७ औ वार्षिक उत्सवको पूर्वसन्ध्यामा खेल सप्ताहको उद्घाटन तथा खाना महोत्सव र विज्ञान प्रदर्शनी भएको हो । विज्ञान प्रदर्शनी कक्षा ११ र १२ का विज्ञान संकायका विद्यार्थीले आयोजना गरेका हुन् । जसमा १० स्टल रहेका थिए ।

यस्तै होटेल म्यानेजमेन्टको कक्षा ११ र १२ का विद्यार्थीले राखेको खाना महोत्सवमा ६ स्टल रहेका छन् । खेलकुद सप्ताहमा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागितामा विविध खेलकुद हुनेछन् । जस अन्तर्गत पूर्व प्राथमिक तहदेखि कक्षा १२सम्मका बिद्यार्थीबीच तहअनुसारका खेल हुनेछन् । जसमा दौड, कबड्डी, फुटबल, कुर्ची दौड, क्रिकेट खोखो, ब्याड्मिन्टन, भलिबल लगायतका खेल हुने खेल संयोजक सुमन गिरी तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी गराए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यालयले पाठ्यक्रमको ज्ञानसंगै विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको बताए ।
संस्थाका प्राचार्य डा. शामूएल आर सम्पथले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँदै उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयका सहप्राचार्य सुर्य पाण्डेले विज्ञान प्रदर्शनी र खाना महोत्सवमा सहभागी विद्यार्थीले आफूले कक्षा कोठामा सिकेको ज्ञान व्यवहारमा उतार्न सफल भएको बताए । उनले फागुन ५ गते विद्यालयले २७ आंै वार्षिक उत्सव मनाउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?