ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

बुटवल, १४ चैत ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजीकरण गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिडियाको क्षेत्रबाट बुटवलको विकासका लागि आवश्यक सुझाव सल्लाहको अपेक्षा गरे । “के कुराले बुटवल राम्रो हुन सक्छ ती विषयमा छलफल र निश्कर्षसहित आउनुभयो भने हामीलाई पनि अघि बढ्न सहज हुन्छ”–प्रमुख पाण्डेयले भने, अब बुटवलको विकासमा हामी सबै जुट्न आवश्यक छ । सबै मिलेर बुटवल बनाउनु पर्ने भन्दै उनले यहाँ शैक्षिक क्षेत्रको बिकास तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भैरहेको उनले बताए ।

यसैगरी बुटवल बजारको सडक मर्मत तथा व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन तथा बुटवल बसपार्कमा विभिन्न भौतिक संरचना निर्माण लगायतका योजना सुनाए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडियाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडिया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा विकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई विकसित र परिमार्जित गर्नु पर्ने बताए । सोही उद्देश्य अनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको उनले बताए ।

तालिममा डिजिटल मिडियामा अवसर र चुनौती, संघीयतामा मिडिया, फेक समाचार, डिजिटल मिडीयाका आयाम, सोसल मिडियाको प्रयोग, समाचार स्रोत र ईस्यु बारे छलफल गरिने प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष विपी गौतमले जानकारी गराए । बुटवल उपमहानगरको आर्थिक सहयोगमा आयोजित तालिममा २ दर्जन बढी सञ्चारकर्मी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?