ट्रेंडिंग:

>> बुटवलको डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी (भिडियोसहित) >> लुम्बिनी प्रदेश सरकारविरुद्ध सञ्चारसंस्थाहरु एक मतः पहुँचका आधारमा कानुन मिचेर बजेट छुट्टयाइएको आरोप >> एक्साभेटरले च्यापिंंदा युवकको मृत्यु >> बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं–गिरी >> ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो : रोहित पौडेल >> छैठौं स्थापना दिवसमा सरसफाई र बृक्षरोपण >> लुम्बिनीको सञ्चार वजेट मनपरी बांडिएकोमा आपत्ति >> गिरीबन्धुको जग्गा छानबिन समिति बनाउन कांग्रेसको माग >> लुम्बिनी प्रदेशमा भित्रियो मनसुन >> निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री >> विषाक्त मदिरा सेवनबाट भारतको तामिलनाडुमा २९ जनाको मृत्यु >> लुम्बिनी भारतीय दुतावासको योग दिवस >> जीबी राईको मलेसिया लोकेसन पत्ता लाग्यो : गृहमन्त्री >> आज संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर >> सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु >> स्कलर्समा क्षमता अभिवृद्धि कार्यक्रम >> टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै >> सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालयबाट सुरु गर्नुपर्ने >> पूर्व राजपरिवारका ज्वाइँ प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेषले दियो सबैलाई सफाइ >> आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना >> ‘सुपर एट’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका पराजित >> गैंडहवामा महिलाहरुको स्वास्थ्य परीक्षण >> ‘बिरामीले पाउने सास्ती अन्त्य होस्’ >> अब जनवादी गणतन्त्र ल्याउन उठौं >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खोल्सा व्यवस्थापनमा नमुना अभ्यास >> ‘साँगुरिदै अक्सिजन क्षेत्र’ >> तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता (पुर्णपाठ) >> बुटवलको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई मुख्य प्राथमिकता >> पर्साका तत्कालीन मालपोत अधिकृतसहित तीन जनालाई ८ वर्ष कैदको फैसला >> झलनाथको रिट निवेदन सर्वोच्च अदालतद्वारा अस्वीकार >> बैंक तथा वित्तीय संंस्थाका ऋणिहरुद्वारा बुटवलमा प्रदर्शन >> जेसिस सप्ताहको तयारी पुरा >> मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै पुनर्लेखन गर्न कांग्रेसको माग >> अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन >> थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने >> कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो –प्रभु शाह >> २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन >> सुनको मूल्य स्थित, चादीको बढ्यो >> केन विलियम्सनले छोडे कप्तानी >> संसद भवनको शौचालयमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या >> नेतन्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप >> ‘हेरी रहुँ तिमीलाई’बोलको म्यूजिक भिडियोे सार्वजनिक >> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा

डिजिटल मार्केटिङ्ग अभिमुखिकरण

१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बुटवल, ११ जेठ। नयां र प्रविधिमैत्री डिजिटल मार्केटिङबाट मात्र आजको विजनेश प्रमोशन गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । युएनभि , प्लाजा सेल् र ग्लोवल क्वालिटी काउन्सिलको प्रायोजनमा कम्प्युटर एशोसियन नेपाल महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा शनिबार एक दिने डिजिटल मार्केटिङ्गमार्फत विजेशन प्रमोशन दोस्रो सेसनमा बोल्ने बक्ताहरुले बजारीकरणको प्रक्रिया फेरिएको बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै नगरबासी र नगर डिजिटल प्रविधिमैत्री बनाउने गरि योजना बनाएको बताए ।

कार्यक्रममा क्यान महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष नवराज कुँवरले यो समय उद्यमशीलताको भएको भन्दै अर्को ५ वर्षमा लिइने कम्पनी, उद्दोग, ब्यावसायको डिजिटल बजारीकरणको रणनैतिक योजना बारेमा सोच्नुपर्ने बताए । उनले इन्टरनेटको विकास संगै डिजिटल मार्केटिंङ्गको विकासलाई आत्मसात गर्न नसक्ने हो भने अप्रचलित र अलोकप्रिय हुने बताए । वर्तमान संसारमा तथ्याङ्क नयाँ सुन मानिने भन्दै जति बढि तथ्याक संकलन गर्न सक्यो त्यति नै धेरै धनी मानिने उनले बताए । संसारका सर्वाधिक धनी मानिसहरूको सूचीमा सबैभन्दा अग्रपङ्क्तिमा प्रविधि जगतकै हस्तीहरूको नाम आउने उनले बताए ।

कार्यक्रममा क्यानका जिल्ला अध्यक्ष माधव अर्यालले व्यवसायीहरुलाई समयसापेक्ष नया प्रविधिबारे ज्ञान दिने गरि कार्यक्रमलाई वार्षिक कार्ययोजना अनुरुप आयोजना गरिएको बताए ।

कार्यक्रममा क्यान महासंघका केन्द्रिय उपाध्यक्ष तथा त्रिवीका विभागीय प्रमुख रोमाकान्त पाण्डेले सहभागीहरुलाई डिजिटल मार्केटिङ्गमार्फत विजेशन प्रमोशनका बारेमा अभिमुखिकरण दिएका थिए ।अभिमुखिकरण कार्यक्रममा रुपन्देहीका करिब एक सय बढी सूचना प्रविधी ब्यवसायीहरु को सहभागिता रहेको थियो ।

कार्यक्रममा युएनभिका नेपाल प्रतिनिधि सरदक अधिकारी कुनै समयमा ढिलो र निरन्तरता, छिटो र भरपर्दो हुदा सफलता हासिल हुनेमा आजको आवश्यकता परिवर्तन भएको भन्दै अवस्था र परिस्थिति अनुसार सहकार्य अनुसार टिममा रहेर काम गर्न सक्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा ग्लोबल क्वालिटि काउन्सिलका क्रन्ट्री म्यानेजर धुवराज शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले प्रविधि सबै क्षेत्रलाई आवश्यक हुने बताए । कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष जिवन अधिकारी, सचिव सुरेसचन्द्र भट्टराईले डिजिटल मार्केटिङ्गबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?