ट्रेंडिंग:

>> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु
सम्पादकीय

संसदको हिउँदे अधिवेशन र अपेक्षा

२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

विधेयक अधिवेशनको रूपमा रहेको संघीय संसदको हिउँदे अधिवेशनबाट यसपटक देशले धेरै आशा र अपेक्षा राखेको छ । संसदपनि धेरैभन्दा धेरै विधेयकहरू पारित गर्नुपर्ने दबाबमा छ । संविधान कार्यान्वयनसँग जोडिएका कैयौँ विधेयकहरू पारित हुन नसक्दा आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । खासगरि टिआरसी विधेयकप्रति सिंगो देशको ध्यान गएको छ । यो अधिवेशनबाट यो बिधेयक पास गर्नुपर्ने सरकारसंगै सत्ताधारी दलहरूको दलहरूको कसरत छ । त्यसमाथि अहिले देशमा विकास निर्माणका काम अस्तव्यस्त छ । प्रतिनिधि सभाका बैठक सञ्चालनमा कमजोरी देखिएका छन् । तिनलाई व्यवस्थित गर्नुपर्ने दायित्व छ । अर्कोतर्फ संसदले छुट्टै क्लयालेण्डर बनाउनु पनि जरुरी छ । अहिले हरेक निकायले क्यालेण्डरमार्फत कामकारवाही अघि बढाउँदै आएका छन । संसदीय क्यालेन्डरमार्फत संसदीय अधिवेशन र बैठकका सत्रहरू पहिल्यै निर्णय गरेर प्रकाशन गर्ने गरेको अवस्थामा त्यो बैज्ञानिक हुनसक्छ । क्यालेण्डर नहुँदा बैठकहरू अनिश्चयमा रूपान्तरित हुने अवस्था बढेर गएको छ । संसदमा तयारी बिनाको उपस्थितिले खासै प्रभाव देखाउन सकिरहेको छैन । एजेन्डासहितको क्यालेन्डर निर्माण गरेपछि सांसदले आम नागरिकसँग अन्तरक्रिया गर्ने र सल्लाह सुझाव लिने अवसर समेत पाउँछन् । यस्तो अभ्यासले संसदमा नागरिकको प्रतिनिधित्व अझ प्रभावकारी बनाउँछ र लोकतन्त्रलाई सुदृढ गर्छ । यसका साथै सांसदहरूले तोकिएका दिनमा बैठकमा उपस्थित हुने र अन्य दिनमा नीति निर्माणसम्बन्धी अन्य कार्यक्रममा सहभागी हुने लगायतका योजना बनाउन पाउनेछन् । जुन प्रतिनिधि सभालाई थप उत्पादक बनाउन मद्दत गर्दछ । समग्रमा संसदीय क्यालेण्डरले सांसदको अर्थपूर्ण र क्रियाशील सहभागिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्नुका साथै संसदभित्रको लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ ।

यस पटकदेखि संसदमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा नियमावलीमा विद्युतीय उपकरणको विकल्प भए पनि व्यवहारमा भने कलमले कागजमा नै हस्ताक्षर गरेर हाजिरी जनाउने गरिएको थियो । यसलाई पूर्णरूपमा बायोमेट्रिक विद्युतीय हाजिरीले विस्थापन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । विद्युतीय हाजिरी बैठकमा आसन ग्रहण गर्नुअघि र बैठकबाट निस्किसकेपछि दुईपटक गर्ने नियम बनाएको अवस्थामा बैठक अवधीभर सांसदहरू संसदीय कृयाकलापमा सहभागी हुन सक्छन । त्यसले अग्रगामी भूमिका बढाउन मद्दत गर्दछ । सांसदहरूले नै हो संघीय संसदलाई बढीभन्दा बढी चलायमान बनाउने । तसर्थ यो अधिवेशनलाई केवल औपचारिकतामात्रै होइन, चलायमान र धेरै भन्दा धेरै विधेयकमार्फत कानुन निर्माणको काममा उपयोग गरियोस् । अहिले टिआरसीमात्र होइन धेरै कानुन आवश्यक छ । ती कानुन बनाउन विधेयक जरुरी छ । विधेयक पास गर्न संसदीय समितिहरूको भूमिका हुन्छ । तसर्थ धेरैभन्दा धेरै कानुनहरू बनाउनका निम्ति सरकारलाई दबाब दिने गरि संसदीय समितिहरू समेत चलायमान बन्नु आवश्यक छ । संसदले आम नेपाली जनताको चासोमा पनि ध्यान पु¥याउनु पर्ने जिम्मेवारी र दायित्व छ । अहिले जनजीविकाको सवाल जर्जर छ । मह.गी बढेको छ । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिएको छ । जनताको सरोकारका मुद्दाहरू एकपछि अर्को गर्दै ओझेलमा परेका छन् । विकास निर्माणका कामहरू ठप्प छन् । तसर्थ यो हिउँदे अधिवेशनमा जनताका मुद्दाहरूलाई प्रभावकारी ढंगले उठाउनेतर्फ सवै सांसदहरूको ध्यान पुग्नु आवश्यक छ ।

कानुन बनाउनको निम्ति सरकारलाई दबाब दिने र जनतालाई डेलिभरी दिने कुरामा सरकारको भूमिकालाई प्रभावकारी वनाउन सहयोगीको भूमिका पनि सांसदहरूले खेल्ने कुरा बिर्सन मिल्दैन । यसपटक सरकारले पनि यो अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिएको छ । धेरै भन्दा धेरै बिधेयक पास गरेर मुलुकलाई आवश्यक कानुन निर्माणमा सांसदहरूले सशक्त भुमिका खेल्नु जरुरी छ । अतः यो अधिवेशनलाई दूरगामी सन्देश दिने अधिवेशनका रूपमा उपयोग गर्नेकुरामा कहिँकतैबाट चुक्ने काम नहोस् । खासगरी जनताको जनजीविकामा परेका समस्या उठानमा संसदलाई उपयोग गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?