ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

रामग्राम सम्पदामाथि धावा बोल्ने प्रयास

२२ माघ २०८०, सोमबार
२२ माघ २०८०, सोमबार

भगवान गौतमबुद्धको अस्तीधातु रहेको नवलपरासीको ऐतिहासिक सम्पदा ‘रामग्राम स्तूप क्षेत्र’ ९९ बर्षका लागि निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको कुरा सार्वजनिक भएसंगै अहिले सर्वत्र चासो र चिन्ता उत्पन्न भएको छ । बुद्धका अनुयायीमात्र होइन बौद्ध सम्पदा संरक्षणमा चासो दिदै आएकाहरूले समेत त्यस्तो सहमति भएको हो भने तत्काल सहमति खारेज गर्न माग गरेका छन । पश्चिम नवलपरासी जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको गत असोज २१ गतेको बैठकबाट स्तूप क्षेत्रको उत्थान, संरक्षण र सम्वद्र्धनका लागि ‘प्रमिस्ड ल्याण्ड’ नामक एक निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको समाचार बाहिरिएसंगै त्यसलाई बदर गर्न राजनीतिक दलसहित सरोकारवालाले दवाव बढाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था, संविधान सभा सदस्य, पूर्वराष्ट्रिय सभा सदस्य लगायतको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै सहमति बदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामग्राम क्षेत्र पुरातात्विक दृष्टिले अति महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकास गर्ने जिम्मेवारी नेपाल सरकारकै हो । यस्तो महत्वपूर्ण सम्पदा क्षेत्रको जिम्मा नीजि क्षेत्रलाई दिनु गलत हो । रामग्राम स्तूपमा शान्तिका अग्रदुत गौतम बुद्धको अस्तुधातु रहेको छ । विश्वको एक मात्र सिंगो अस्तुधातु रहेको स्तूप क्षेत्रलाई निजी कम्पनीलाई लिजमा दिनु भनेको लुम्बिनी विकास कोषको गंभीर त्रुटी हो । सरकार यो गंभीर विषयमा बहिरो वनेको नाटक गर्नु लज्जास्पद हो । लुम्बिनी विकास कोषले यस्तो गल्ती नगरोस् ।

रामग्राम विश्व सम्पदा सूचीमा पहिले नै सूचिकृत हुनुपर्ने हो तर सरकारको बेवास्ताकै कारण रामग्राम ओझेलमा परेको छ । रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नेतर्फ पहल गर्नुपर्नेमा उल्टो नीजि कम्पनीलाई सम्पदा क्षेत्रको जिम्मा लगाउने प्रयास हुनु नेपालीका लागि किमार्थ स्वीकार्य हुँदैन । यद्यपि भगवान गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम स्तुप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषको दावी छ । सम्पदा क्षेत्रमा १२० बिघा जग्गा छ । रामग्राम स्तुप अहिलेपनि लुम्बिनी विकास कोषको मातहतमा रहेको छ । बुद्धको पवित्र अस्तु धातु रहेको स्थानको विकासमा पहल गर्नुको साटो उल्टो नीजि कम्पनीलाई सुम्पिने काममा अनियमितताको गन्ध आएको छ । रामग्राम स्तूपको उत्खनन् तथा बौद्धस्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग पहल गर्नुपर्ने आवश्यकता छ । होइन भने रामग्राम क्षेत्र अझै ओझेलमा पर्ने निश्चित छ । सम्पदा क्षेत्र बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको कुरामात्र होइन, नीजि कम्पनीलाई प्रतिष्पर्धाबाट पनि दिनु हुँदैन भन्ने मान्यता स्थापित गर्नु जरुरी छ । यो क्षेत्रको विकास लुम्बिनी विकास कोष र पुरातत्व विभागमार्फत गर्नु जरुरी छ । युनेस्कोले बृहत्तर क्षेत्रको बिशेष अनुगमनमा ध्यान पु¥याउन अव ढिलाई गर्नुहुँदैन । अस्तीधातु समाधि गरिएको स्थान विश्वभरका बौद्ध समुदायका लागि अत्यन्त पवित्र क्षेत्र हो तर यही क्षेत्रको बिषयमा अनेकथरी कुरा बाहिर आउनु निश्चितरूपमा दुःखद कुरा हो । नीजि क्षेत्रलाई त्यसको जिम्मा दिने काम भएको अवस्थामा अवको सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकासमा बिलम्ब हुनेछ । तसर्थ सरकारले रामग्राम नीजि क्षेत्रलाई दिने तयारी भएको हो भने तत्काल रोक्ने काम गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?