ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

‘स्वास्थ्य क्षेत्रमा दिगो बिकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सयुक्त प्रयास’ भन्ने नाराका साथ २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस नेपालमा पनि मनाईएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि लक्षित यो दिवस मनाउँदै गर्दा उनीहरूले समेत यो दिवस मनाएको औपचारिकतामै सुने होलान । किनकी यो दिवसमा न त सरकार न त कुनै सम्वद्ध निकायले दिवसको बिषयमा प्रचार प्रसार र औपचारिक कार्यक्रम समेत गरेनन् । गुमनाम रूपमा दिवस मनाईरहँदा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अहिलेको सन्दर्भमा झनै बढेर गएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरू पहिलो चिकित्सक हुन । उनीहरूले नै घरमै गएर पहिलो जाँच गर्छन । खोप लगाउँछन, विरामीलाई सिटामोलको औषधी भएपनि दिन्छन । विरामीलाई स्वास्थ्य कार्यालयसम्म पुग्न ढाड्स दिन्छन । समाजमा यति धेरै योगदान दिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको दिवस सरकारले समेत आनाकानी गर्दै मनाएको छ । वास्तवमा भन्ने हो भने यो दिवसलाई ओझेलमा पार्न खोजिएको छ । कुनै कुनै पालिकाहरूले महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा उनीहरूको भूमिकाको उच्च सम्मान गरेको समाचार सार्वजनिक भएका छन । यो निकै प्रशंसनिय काम हो । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका नभएको भए दूर दराजमा बस्ने महिलाहरूको अवस्था कस्तो हुन्थ्यो ? हामी सवैले जानेको बिषय हो । निश्चितरूपमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूकै निस्वार्थ र निरन्तर सेवा भावका कारण आज पोलियो रोग, हात्तीपाइले, क्षयरोग, लगायत बिषम रोगहरूबाट देशलाई सुरक्षित बनाउन सम्भव भएको छ ।

ग्रामिण भेगका महिला पुरुष सवैका लागि उनीहरू पहिलो स्वास्थ्यकर्मी हुन । उनीहरले घरको कामदेखि लिएर परको काम समेतको जिम्मेवारीलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने भएकै कारण आज देशको स्वास्थ्य स्थिति राम्रो बनाउन सम्भव भएको भन्दा अत्युक्ति नहोला । स्वास्थ्य स्वयंसेविकाहरूले सञ्चालन गर्ने घर दैलो अभियान र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको हाम्रो देशमा महत्वपूर्ण भूमिका रहेको कुरा बिर्सन सकिदैन । समुदायलाई स्वस्थ राख्न, गर्भवती तथा सुत्केरी आमा र शिशुलाई स्वस्थ बनाउन उनीहरूले दिनरात नभनी काम गरेका छन । बिडम्बना उनीहरूको मेहनत र जिम्मेवारीपूर्वक खटिए अनुसारको राज्यले सेवा सुविधा दिन सकेको छैन । न त उनीहरूले राज्यले खासै सम्मान समेत दिन सकेको छ । स्वास्थ्य सेवामा समर्पित भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामलाई राज्यले देख्न नसकेपनि पालिकाहरूले सम्मानको परम्परा बसाउन सुरु गरेका छन । यो महत्वपूर्ण कुरा हो । बर्षौसम्म सेवा गरेपनि उनीहरू अवकास पाउने बेलामा खाली हात निस्कनुपर्ने बाध्यता छ । जसका कारण उनीहरू घर परिवारबाट समेत अपहेलित बन्नुपर्ने अवस्था छ । निश्चितरूपमा स्वयंसेविकाहरूले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पु¥याएका छन । बदलामा उनीहरू ६० बर्षपछि रित्तो हात घर फर्कनुपर्ने अवस्था छ । यस बिषयमा सरकारले गंभीर ढंगले सोच्नु आवश्यक छ । केही पालिकाहरूले उनीहरूको सेवाभावलाई सम्मान गर्दै नगदसहित विदाई गर्ने परिपार्टी सुरु गरेका छन । यो अत्यन्तै राम्रो र स्वागतयोग्य काम हो । रूपन्देहीकै कञ्चन गाउँपालिकाले अवकास हुन लागेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई ५० हजारका दरले सम्मान गर्ने परम्परा सुरु गरेको छ । यो निकै राम्रो काम हो । कञ्चनले जस्तै अरू पालिकाहरूले पनि सम्मान र पुरस्कृत गर्ने परम्पराको थालनी गर्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?