ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

‘संक्रमितलाई घृणा होइन सम्मानको खाँचो’

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

‘समुदायले नेतृत्व गरौं’ भन्ने नाराका साथ आज विश्वभरी नै एड्स दिवस मनाईदैछ । त्यसो त सुरुवाती दिनमा जस्तो यसको भयावहता विस्तारै घटदै गएको छ । एड्सको जोखिम कम हुँदै गएको छ । चिकित्सक तथा बैज्ञानिकहरूले एड्स नियन्त्रणका लागि गरेको खोज र तयार पारेको भ्याक्सिन तथा औषधीकै कारण यो संभव भएको हो । पहिले एड्स लागेको ब्यक्तिलाई घृणाको रूपमा हेरिन्थ्यो । अहिले एड्सका विरामी दुर्लभ भैरहेका छन । त्यो भनिरहँदा यसको जोखिम भने अझै कम भएको छैन । यसको जोखिम भनेकै असुरक्षित यौन सम्पर्क नै हो । तसर्थ यौनजन्य क्रियाकलाप सुरक्षित रूपमा गर्नु जरुरी छ । केही बर्ष अघिसम्म नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्ने अवस्था थियो तर उपचारात्मक अनि परामर्शात्मक सुविधा प्राप्त हुन थालेपछि संक्रमितहरू खुल्ने अवस्था आएको छ । एड्स भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोणमा समेत अहिले परिवर्तन आएको छ । तर, अहिलेपनि एचआइभी सङ्क्रमितहरूले समाजमा दुव्र्यवहार सहनुपरेको सुन्नु परेको छ । नेपालमा एचआइभीको पहिलो संक्रमित सन् १९८८ मा देखिएको हो । दिवसकै अवसरमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनएड्सले असमानताहरूको सम्वोधन गर्दै एड्स रोक्न आग्रह गरेको छ । अवका दिनमा एड्सको महामारी नियन्त्रणका लागि समुदायको सचेतना जरुरी छ । एड्स भएकाहरूलाई दुव्र्यवहार होइन, उनीहरूलाई सम्मानको खाँचो छ ।

निश्चितरूपमा नेपालमा एक दशक अगाडीसम्म एचआइभी एउटा महामारीको रूपमा थियो । एड्स भन्नेवित्तिकै डराउनु पर्ने अवस्था थियो । एड्स भएका ब्यक्तिलाई छुन समेत हुँदैन, छोएमा एड्स सर्छ भन्ने गलत मानसिकता थियो । तर विस्तारै एचआइभीप्रतिको ज्ञान र जनचेतनामा बृद्धि हुँदै गयो । एड्स नियन्त्रणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले खेलेको भूमिकालाई कहिल्यै बिर्सन सकिदैन । नेपालमा अहिले यसको जोखिम कम हुँदै गएपनि एड्स संक्रमण हुने ठूलो समूह छ । अहिलेपनि बैदेशिक रोजगारीको क्रममा विदेश गएकाहरू बढी जोखिममा छन । पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू, सुईद्वारा नशा सेवन गर्ने व्यक्तिहरू, असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू जोखिममा रहेका छन । उनीहरूमा सचेतनाको खाँचो छ । हाम्रो समाजमा अझैपनि एड्स बोल्दैमा, नजिक जाँदैमा सर्छ भन्ने गलत मानसिकता छ । त्यो मानसिकता हटाउनु जरुरी छ । विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने औषधीको नियमित सेवन र स्वस्थ्य जीवनशैली अपनाएमा एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवन बाँच्न सक्छन भन्ने प्रमाणित भैसकेकोले अव धेरै डराउनु पर्ने अवस्था छैन । खासगरी यसको औषधी र सुईको सर्वसुलभताका कारण एड्स पहिले जस्तो भयानक छैन । यो कुरा आम जनसमुदायसम्म पु¥याउनु जरुरी छ । एचआइभी सङ्क्रमितसँग हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने भ्रममात्र हो । यो भ्रम हटाउन सकियो भने एड्स भएकाहरूलाई हुने दुव्र्यवहारमा धेरै कमी आउनसक्छ ।

तर, यसको जोखिम र संक्रमणबाट भने समयमै बच्नु जरुरी छ । सङ्क्रमितले गरेको रक्तदान, एउटै सुईको प्रयोग तथा सुईजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण सम्भावना रहने भएकोले सचेतना भने आवश्यक छ । जेहोस यो बर्षको एड्स दिवसको नाराले पनि धेरै कुरा सम्बोधन गरेको छ । समुदायले नेतृत्व गरेमा एड्सलाई विदाई गर्न सकिन्छ । अवका दिनमा एड्स नियन्त्रणमा सामूहिक प्रयास जरुरी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?