ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

बन्द गर जनताको आँखामा छारो हाल्ने काम

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले पेट्रोलियमको मूल्य पछिल्लो दुईपटक घटाएर पठाएको छ । स्चालितल मूल्य प्रणाली लागू गरेको दावी गर्ने नेपाल आयल निगमले दुईपटक मूल्य घटेर आउँदापनि मूल्य घटाउनेतर्फ कुनै चासो दिएको छैन । नोभेम्बर १ र नोभेक्बर १६ मा पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताइएको छ । तर नेपालमा आयल निगमले मूल्य घटाउनेतर्फ कुनै चासो नदिने उपभोक्तामाथि ठूलो घात हो । इजरायल हमास युद्ध र रुस युक्रेन युद्धका कारण पछिल्लोसमय विश्वमा लगातार तेलको मूल्यमा गिरावट आईरहेको छ । जस अनुसार पहिले मूल्य बढाएका देशहरूले समेत अहिले इन्धनको मूल्यमा भारी कमी गरेका छन । विश्वमै इन्धनको मूल्य घटिरहँदा नेपालमा भने नेपाल आयल निगमले मूल्य घटाउने तर्फ कुनै प्रयास नै गरेको छैन । उता निगम मानौं अहिले नाफा ओकलिरहेको छ र आम उपभोक्तालाई राहत दिने सवालमा अनेक बहानाबाजी गरेर बरु बढाउने तर घटाउनेतर्फ प्रयास नै गर्दैन । अहिले निगमलाई मूल्य घटेर आएकाले पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५ रूपैया नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा ३० रुपियाँ र मट्टीतेल प्रतिलिटरमा २० रुपियाँ नाफा गरेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । अहिले निगमले दैनिक १० करोड रुपियाँ नाफा कमाउने अवस्थामा पुगेको छ । स्वचालित मूल्य प्रणाली लागू गरेको दावी गर्ने आयल निगमले नेपाली जनताको आँखामा छारो हाल्न उद्यत छ । त्यसो त नेपाल आयल निगम जहिलेपनि आम उपभोक्ताप्रति अनुदार देखिदै आएको छ । यो अवस्था अहिलेमात्र होइन निगमको नेतृत्वमा पुगेकाहरू आफूलाई सर्वेसर्वा ठान्छन । उनीहरूलाई आम उपभोक्ताप्रति परिरहेको मूल्यबृद्धिको भारप्रति कुनै चासो र चिन्ता हुँदैन । निगमलाई दुहुनो गाई बनाएको कुरा आजमात्र होइन इतिहासका पुराना दिनहरूले बताईरहेका छन । निगमले विज्ञप्ती नै जारी गरेर भन्छ– इन्धनको मूल्य घटेर आएपनि तत्काल बजारमा मूल्य घटाउँदैनौं ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसारै मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । सरकार पनि नेपाली जनतामथि परिरहेको मूल्यबृद्धिको भारप्रति मानौं बेखबर छ । बिभागीय बाणिज्य मन्त्रीका लागि जनताको मुद्दा प्राथमिकतामा परेको छैन । पेट्रोलियम पदार्थको भाउ निर्धारण सम्वन्धि उच्चस्तरीय आयोगले पेट्रोलियम पदार्थको भाउ अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढाउने र घट्दा घटाउने गरी सरकारलाई पेस गरेको प्रतिवेदन मन्त्रालयको कुन कुनामा छ । त्यो पढ्ने फुर्सद पनि छैन । यसवीचमा निगमको सदाबहार एउटै भनाई छ– सधैं घाटा । खास घाटामा त उपभोक्ता छन् किनभने पेट्रोलियम पदार्थमा सरकारले अचाक्ली कर थोपरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए अनुसार मूल्य समायोजन गर्ने भनिएपनि निगमले त्यसो गर्दैन, उल्टै घाटामात्रै छ भनिरहन्छ । अव सरकारले भारतबाट घटेर आएको मूल्य अनुसार नेपालमा भाउ घटाएर जनताको सहानभूति पाउने यो महत्वपूर्ण अवसर नगुमाओस् । नेपाली उपभोक्तालाई सधै गुमराहमा राख्ने सरकारको काम अव सच्चियोस् । तेलमाथि अनेक नाममा कर थोपरेर निगमलाई मूल्य बढाउन प्रेरित गर्ने सरकारले तत्काल मूल्य घटाउन पहल गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?