ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

इजरायल र हमासबीच युद्धविराम लागू भएपछि हमासले बन्धक मुक्तीको प्रकृया अघि बढाएको छ । जस अनुसार केही इजरायली र विदेशी बन्धकलाई पहिलो चरणमा रिहाई गरेको छ । इजरायलले समेत सहमति अनुसार जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गरेको छ । रिहाई हुनेमा थाईल्याण्ड सहित केही विदेशी नागरिक पनि छन । हमासले बन्धक बनाएका नेपालका बिपिन जोशीको रिहाईको स्थिति भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । नेपाल सरकारले कुटनीति नियोगमार्फत बिपीन जोशीको रिहाईका लागि पहल गर्दै आएको छ तर अरू देशका नागरिक मुक्त हुँदा बिपीनको बिषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको बिषय हो । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ । उनीहरू रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका छन ।

कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बिपीन जोशीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । तर, अहिलेसम्म रिहाईका बिषयमा कुनै जानकारी नहुनुले चिन्ता थपिएको छ । इजरायल र प्यालेस्टाईनबीच केही दिनको युद्धविराम गर्ने सम्झौता भएको छ । तर यो युद्धविरामलाई स्थायी युद्धविराममा परिणत गर्नेतर्फ जोडदार आवाज उठाउनु पर्नेछ । दुई देशबीचको भिषण मानवीय क्षतिमा सभ्य भनिने संसार किनाराको साक्षी हुन पुगेको छ । अस्पतालमा समेत बम वर्षा प्रहार गरेर सुत्केरी आमा र नवजात शिशुको हत्या गरिएको समाचार मानवताको इतिहासको कलंक हो ।सैनिक आक्रमणमा हमासतर्फ बढी क्षति भएको छ । अस्पताल लगायत नागरिक क्षेत्रमा समेत बम वर्षाइएको छ ।

युद्धमा २० हजार नागरिकको मृत्यु भएको सार्वजनिक भएको छ । नेपालका विद्यार्थीहरू समेत मारिएका छन । एक्काईसौं शताब्दीमा पनि शक्ति हुनेले निर्धोमाथि थिचोमिचो गर्दा सिंगो विश्व तमासा हेरेर बसेको देखिने यथार्थमा मानव समुदायकै लागि लज्जाको विषय हो । नेपालले समेत इजरायल हमास युद्धको निन्दा गरेको छ । नेपाल आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्याय र स्वतन्त्रता एवं विश्व शान्तिका पक्षमा दृढतापूर्वक उभिने अपेक्षा छ । कुनैपनि मुलुकको भूमिमा अर्को मुलुकले सैनिक आक्रमण गर्नु संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन हो । यसैले नेपालले इजरायली र हमास युद्धको विरोध गरेको हो । युद्धको विकल्प शान्ति नै हो । तसर्थ शान्तिका लागि अझैपनि पहल गर्नु जरूरी छ । युद्धका मामिलामा नेपालले अहिले देखाएको अडान यथार्थमा साना मुलुकहरूको प्रतिनिधित्व पनि हो । सैनिक शक्तिका आडमा अर्को मुलुकमाथि आक्रमण र थिचोमिचो गर्दा पनि मौन रहँदा साना राष्ट्रहरूको सार्वभौम सत्ता सधैँ संकटमा पर्छ । यसर्थ युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्नेतर्फ पहल होस् । नेपालका बिपीन जोशीको तत्काल रिहाई गर्नेतर्फ पहल होस् । नेपाल सरकारले रिहाईका लागि दबाब बढाउने काममा ढिलाई नगरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?