ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हरेक दिनजसो भ्रष्टाचारको आरोपमा कर्मचारी र संलग्नमाथि मुद्दा दायर गरेको ग¥यै छ । भ्रष्टाचार मुद्दाको चाङ हेर्दा लाग्छ– देशमा मौका र अवसर पाएको खण्डमा भ्रष्टाचार नगर्ने युधिष्ठिर पाउन निकै गाह्रो छ । देश भ्रष्टाचारबाट आक्रान्त छ । कर्मचारीलाई भ्रष्टाचारमा प्रश्रय दिने नेताहरू नै हुन । देशमा यस्तो भैसक्यो– नेता र कर्मचारी मिलेर जे गरेपनि हुन्छ भन्ने मानसिकता बढ्दै गएको छ । अख्तियारले ठूला भ्रष्टाचारका फाईल नै खोल्न सक्दैन । साना साना भ्रष्टाचारको चाङले के देखिन्छ भने ठूला भ्रष्टाचारमा अझै कति अनियमितता भएको होला ? भ्रष्टाचार नियन्त्रणको संयन्त्र प्रभावकारी नहुने हो भने भविष्यमा यसको आकार र प्रभाव अझै बढ्ने देखिन्छ । भ्रष्टाचार रोकथामका लागि अर्थपूर्ण प्रयासको अभाव छ । राजनीतिक स्तरबाट हुने प्रतिवद्धताका विषय अभिव्यक्तिमा नै सीमित छन् । दण्डहीनतालाई संस्थागत स्वरूप दिने काम नेपालमा राजनीतिबाटै भएको छ । देशमा कतिसम्म बेथिती जन्मिएको छ भने २०४६ सालको जनआन्दोलनका दमनकारीहरूलाई मल्लिक आयोगले अपराधी सावित गरी कारबाहीको सिफारिस गरेकोमा प्रतिवेदनले ठहर गरेका सबैलाई पुरस्कृत गरियो । २०४६ सालयता तीन हजारभन्दा बढी मुद्दा फिर्ता लिने काम भयो । आजसम्मै यस प्रकृयाले निरन्तरता प्राप्त गरिराखेको छ । मल्लिक, लम्साल र रायमाझी आयोगका प्रतिवेदनहरू प्रतिवेदनमा मात्र सीमित बने । राहदानी अवैधरूपमा प्रयोग भएको बिषय अहिले नौलो नै हुन छाड्यो । यी केही उदाहरणमात्र हुन ।

शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका क्षेत्रमा ब्यापार भ्रष्टाचार बढेको पछिल्लो प्रतिवेदनले देखाएको छ । त्यसमाथि स्थानीय तहमा बढेको भ्रष्टाचारको सिमा नै छैन । राजनीतिक स्तरबाट हुने भ्रष्टाचारमा नीति निर्माण र निर्णय लिने स्तरमा रहेकाहरू अथवा राजनीति र उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने गरेको अवस्थाले नेपाललाई बिकराल बनाईदैछ भन्दा अन्यथा नहोला । प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ निजामती, जंगी एवं सुरक्षा निकायका प्रमुखहरू, सांसदहरू, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका नेताहरू कुनै न कुनै भ्रष्टाचारको आरोपमा मुद्दाको सामना गर्नुपरेको परिस्थितिले के देखाउँछ भने मुलुक भ्रष्टाचारमय बनेको छ । राष्ट्रको सबै संयन्त्र भ्रष्टाचारको मूल प्रवाहमा प्रवाहित बन्ने भयानक स्थिति बन्दैछ । अहिलेपनि ठूला भ्रष्टाचारीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रबाहिर छन् । उदाहरणको रूपमा प्रस्तुत गर्दा मन्त्रिपरिषद्को निर्णय, संवैधानिक आयोगहरूका काम कारबाही, न्यायपालिका र सैनिकसम्बन्धी कार्यहरू, निजी क्षेत्रबाट भएका भ्रष्टाचारजन्य क्रियाकलाप अझैपनि आयोगको कार्यक्षेत्रबाहिर रहेका छन् । ठूला भ्रष्टाचार यही क्षेत्रमा हुँदै आएको छ । यस्ता भ्रष्टाचारीलाई राज्यका तर्फबाट अभयदान मिलेको छ । अर्को बिडम्वना के छ भने नेपालमा ठूला भ्रष्टाचार हुने क्षेत्रहरूकै पहिचान गर्दा यस्ता निकायहरूबाट सम्पन्न हुने आयोजनाहरूमा ३० प्रतिशत ठेकेदारले नाफा गर्ने, ४० प्रतिशत विभिन्न सरकारी उच्च पदाधिकारीहरूको भागमा जाने र मात्र ३० प्रतिशत विकास निर्माणमा खर्च हुने गरेको अवस्थाले विकासको कुरा अव मुद्दामात्र बन्ने स्थिति देखिदैछ । भ्रष्टाचार नियन्त्रणका लागि सर्वप्रथम सबै राजनीतिक दलहरू र सत्तारुढ दलबीच उच्च स्तरको प्रतिवद्धता हुनु अत्यावश्यक छ । अव युद्धस्तरमा काम सहित सरकार, संसद्, राजनीतिक दललगायत नागरिक समाजको सक्रियता र इमान्दार प्रयास हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?