ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

जनताको असन्तुष्टी सम्बोधन गर

८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

काठमाण्डौं केन्द्रित दुर्गा प्रसाईको आन्दोलनमा भएको जनसहभागिता उनको बिचारको समर्थनमा भएको होइन । त्यो त मुलुकमा उत्पन्न बेथितीविरुद्धको संकेतमात्र हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछि जनताले जुन आशा र विश्वास राखेका थिए, आज जनताका ती आशा र विश्वासमाथि घात भैरहेको छ । जनताको उपस्थिति त्यसको संकेत हो । तसर्थ नेताहरूले अव गंभीर भएर सोच्नुपर्ने बेला आएको छ । अर्कोतर्फ मुलुकमा बैंक तथा बित्तिय संस्थाहरूले ब्याज, साँवा र हर्जानाका नाममा जुन उपद्रो मच्चाएका छन, त्यसकाविरुद्ध दुर्गा प्रसाईको समर्थन हो । दुर्गा प्रसाईको बिचारलाई समर्थन होइन । यो त फगत उनको तत्कालीन एजेन्डाकेन्द्रित समर्थन मात्र हो । तर अव नेताहरूले बिचार पु¥याएनन् भने दुर्गा प्रसाईको अर्को पात्र जन्मिन सक्छ जसले जनताको असन्तुष्टीलाई क्यास गर्न सक्छ । तसर्थ अव जनताले अपेक्षा गरेको शासन व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था नआओस् भन्नेतर्फ दलका नेताहरू गंभीर हुनुपर्ने बेला आएको छ । अहिले भ्रष्टाचार बढेको छ । बढ्दो बेरूजुले नेपाललाई नै गिज्याईरहेको छ ।

भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलताको नीति लिने गरेका हरेक सरकारले भ्रष्टाचार नियन्त्रण त गर्न सकेनन्, साथसाथै भ्रष्टाचार मौलाउने बाताबरण झनै सिर्जना भैरहेको छ । महालेखा परिक्षकको प्रतिवेदन हेर्दा सन्तोष मान्ने आधार कहीँ देखिदैन । केन्द्रदेखि स्थानीय पालिकाहरूसम्मै बेरूजुको चाङ छ । बेरूजुले देशलाई बर्बाद गरिरहेको छ । अहिले स्थानीय तहमा पनि कम्युनिष्ट पार्टीवाटै निर्वाचित जनप्रतिनिधिको बाहुल्यता छ र उनीहरूले नै भ्रष्टाचार गरिरहेको रिपोर्ट सार्वजनिक भैरहेको छ । शुन्य सहनशीलताको नीति लिएको भनिएको सरकारकै शासन व्यवस्थामा नसुनिनु पर्ने समाचार जनताले बाध्य भएर सुन्नु परिरहेको छ । यसले पनि दुर्गा प्रसाई नै ठिक हुन कि भन्ने जनतामा लागिरहेको छ । तसर्थ अव संघीय शासन व्यवस्थाका पक्षधरहरू गंभीर हुनुपर्ने बेला आएको छ ।

जनताले पञ्चायती व्यवस्थामा भन्दा पनि धेरै भ्रष्टाचार र अनियमितता अहिले मौलाएको भन्दै व्यवस्थाप्रति नै बितृष्णा बढिरहेको गुनासो गरिरहेका छन । समाजका विभिन्न तहमा भैरहेको अनियमितताको यो शृंखला देखिने गरी यसरी बढिरहेको छ । बढ्दो भ्रष्टाचार नियन्त्रण र बेरूजु घटाउनेतर्फ अव पहल नहुने हो भने जनताको आशाको दियो निभ्ने अवस्था आउने छ । फेरीपनि नेताहरूले यो विषयमा गंभीर ढंगले सोच्ने बेला आएको छ । तसर्थ बिहिवारको दुर्गा प्रसाईको काठमाण्डौं केन्द्रित आन्दोलनमा उपस्थिति ब्यवस्थाको बिरुद्धमा होइन, तर आन्दोलनको उभार त्यसतर्फ अघि बढ्न सक्छ भन्ने चिन्ता हो । संघीय शासन ब्यवस्थालाई बद्नाम गर्ने काम एकथरीले गर्दै आएका छन । डर के छ भने कतै दुर्गा प्रसाईको आन्दोलनको बहावलाई क्यास गरेर ब्यवस्थाविरोधी अर्को आन्दोलनको सुरुवात हुने त होइन ? तसर्थ अव दलहरू गंभीर बन्ने बेला आएको छ । जनताको असन्तुष्टी सम्बोधन गर्नेतर्फ दलहरू अझैपनि सचेत र जिम्मेवार भएनन् भने मुलुकले अर्को मोड लिन सक्ने अवस्था छ । अहिले दुर्गा प्रसाईले दलहरूलाई बेलैमा सचेत बनाएका छन । दलहरूले यो आन्दोलनबाट सचेतमात्र होइन, शिक्षापनि लिउन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?