ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
सम्पादकीय

हात नफैलाऊ, पौरख देखाउ

११ आश्विन २०८०, बिहीबार ०६:००
११ आश्विन २०८०, बिहीबार ०६:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले विदेश भ्रमणमा हुनुहुन्छ । विदेश भ्रमणका क्रममा दुवैजनाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्वोधन गर्नुभएको छ । सम्वोधनका क्रममा नेपालको उही पुरानै ‘भीख माग्ने’ प्रवृत्ति उहाँहरूले पनि दोहो¥याउनु भएको छ । प्रधानमन्त्री होस वा मन्त्री विदेश भ्रमणमा गएपछि सुरु हुन्छ– विदेशीका अगाडि हात फैलाउने प्रवृत्ति । बर्षौदेखि चलिआएको हात फैलाउने प्रवृत्ति अहिले झनै बढेको छ ।

प्रधानमन्त्रीले त नेपाल आर्थिकरूपमा कमजोर रहेकोले सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायको ध्यानाकर्षण गर्नुभयो । उहाँले नेपालमा लगानीको आह्वान पनि गर्नुभयो । उता अर्थमन्त्रीले पनि उही पारा देखाउनु भयो– जसरी हुन्छ नेपाललाई भिखारीतुल्य देखाएर सहयोग ल्याउने । के अव नेपालले केही गर्नु नपर्ने हो ? सत्तामा बसिरहेकाहरूले विदेशीसंग मागेर ल्याएको सहयोगले मात्रै मुलुक चल्छ ? के नेपाललाई आत्मनिर्भर बनाउनु पर्दैन ? पर्छ भने अव भीख माग्ने होइन, आफ्नै पौरख देखाएर नेपाललाई आत्मनिर्भर बनाउने हो । त्यसको लागि सत्तामा रहेकाहरूले नेतृत्व गर्ने र जनतालाई उत्साहित बनाउने हो । अव गर्ने यही हो । नेपाल र नेपालीलाई सधैको मगन्ते बनाउने प्रवत्ति हटाउ ।

बैदेशिक सहयोग नआएपनि मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं भन्ने दह्रो इच्छाशक्ति अव देखाउने बेला आएको छ । त्यसतर्फ नेपालका राजनेताहरूको ध्यान जान्छ कि ? होइन भने नेपाललाई भिख मागेर चलाउने यही प्रवृत्ति रहिरह्यो भने मुलुक कहिल्यै अघि बढ्नेछैन । जब संकट पर्छ तव एउटा निकास पनि निस्कन्छ । हो अव नेपालले संकटबाट पार पाउन केही न केही गर्नुपर्नेछ । त्यसको लागि सवैभन्दा पहिला मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ प्रयास होस् । त्यसको नेतृत्व नेताहरूले गरुन । जनताले पौरख गरेर आफै बाँच्न सक्षम हुनेछन् । बैदेशिक सहायताकै कुरा गर्दा चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । त्यसैपनि पछिल्ला वर्षहरूमा नेपालमा व्यावसायिक लगानीको अवस्था गत वर्षहरूभन्दा थप खराब बन्दै गएको देखिएको छ । विश्व बैंकको रिपोर्टमा नेपालमा लगानीयोग्य व्यावसायिक वातावरणको अभाव उल्लेख गरिएको छ ।

विश्ववैंकको यो प्रतिवेदनले खस्कँदो नेपालको अवस्थाले आन्तरिक र बाह्य दुबैथरी लगानीकर्ताहरूलाई निराश र हतोत्साही बनाएको छ । एकातिर प्रधानमन्त्री विदेश सयरमा लगानीको आग्रह गरिरहने अर्कोतीर लगानीको वातावरण नै नभएको रिपोर्ट आईरहनुले नेपालको कुटनीति कति अपरिपक्व छ भन्ने स्पष्ट हुन्छ । नेपालमा व्यवसाय शुरु गर्ने वातावरण, निर्माण अनुमति सम्झौता, विद्युत् उपलब्धता, सम्पत्ति दर्ता प्रक्रिया, साना लगानीकर्ताहरूको सुरक्षा, कर भुक्तानी, सीमापार व्यवसाय गर्ने अवस्था, व्यवसाय सम्बद्ध कानुन र ऐननियम मिलाउनै वर्षौं लाग्छ । यो हिसावले नेपालमा लगानीको वातावरण बिगार्ने काम भैरहेको छ । मुलुकले खुला बजार अर्थतन्त्रको नारा दिईरहेको छ । जबकी एउटा उद्योग वा कम्पनी दर्ता गर्न नेपालमा महिनौ के बर्ष दिन लाग्छ । अनि विदेशमा गएर दाता गुहार्नुको औचित्य के ? पहिला देशमै थिती बसाल अनि विदेशमा गएर गुहार गर्नुको औचित्य होला । अहिलेसम्म देश विदेशको सहयोगबाट चल्छ भन्ने भ्रम पालेर बसियो । त्यो क्रम अहिलेपनि यथावत छ । अव नेपाललाई आत्मनिर्भर बनाउने हो भने विदेशको धन होइन, श्रम गर्ने बानी बसालौं । आफ्नै पाखुरीको पौरख देखाउने बेला आएको छ । देशको आर्थिक अवस्था कमजोर भयो भन्दै दाता गुहार्ने प्रवृत्ति अन्त्य होस् । यसमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरोस् । अव भीख माग्ने होइन, पौरख देखाउने बेला आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?