ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
सम्पादकीय

वनको बढ्दो दोहन नियन्त्रण गर

२६ भाद्र २०८०, मंगलवार ०६:००
२६ भाद्र २०८०, मंगलवार ०६:००

‘हरियो वन नेपालको धन’ यो नारा अहिलेपनि उत्तिकै लोकप्रिय छ । तर, यो नारा अनुसारको वनको भूगोल छ भनेर हामी नेपालीले गर्व गर्ने दिन गएको जस्तो आभाष भैरहेको छ । २०४६ सालमा प्रजातन्त्र नआएको भए नेपालको वन अहिलेसम्म सखाप भैसक्थ्यो । २०४६ सालको परिवर्तनपछि सामुदायिक वनको अवधारणा आयो र वन केही हदसम्म जोगिएको छ । बीचमा सामुदायिक वनका पदाधिकारीहरू स्वयं वन तस्करीमा संलग्न भएको कुरा पनि आएकै हो तर पछि यसमा सुधार आएको छ ।

हरियो वन नेपालको धन भन्ने नारा अहिले हराउँदै गएको हो कि भन्ने अनुभूति सवैले गरेको बिषय हो । किनभने सामुदायिक वन, राष्ट्रिय वन, साझेदारी वन, नीजि वन गरि जति पनि वन संरक्षणका प्रयास भएका छन, त्यसले वन जोगिएको सुखद सन्देश दिन सकेका छैनन् । नहुनुभन्दा कानो मामा..भनेजस्तै नेपालको वन क्षेत्र भएको छ । थोरै संरक्षणमा सहयोग पुगेको हो कि भन्ने छ तर वन जोगिएको छैन । पछिल्लोसमय नेपालको वन क्षेत्रको व्यापक दोहन भएको छ । यही रूपन्देहीको कन्चन गाउँपालिका काठ तस्करीको केन्द्र नै बनेको छ । त्यहाँ हरेक महिनाजसो काठ तस्करीका घटना सार्वजनिक भैरहेकै हुन्छ । रूपन्देहीका अरू बन क्षेत्रमा पनि काठ तस्करले वन विनासको क्रमलाई रफ्तारमा अघि बढाएका छन् । नेपालको बन तस्करको धन भैरहेको छ । बन जंगलको चोरी तस्करीे नियन्त्रणमा सरकारको ध्यान गएकै छैन ।

दुई बर्षअघि बुटवलकै सेरोफेरोमा लाखौं मूल्यका काठ चोरी तथा तस्करी हुने गरेको घटना सार्वजनिक भएका थिए । यस प्रकारका घटनाले वास्तवमै नेपालको वन जंगल कति सुरक्षित छ भन्ने स्पष्ट हुन्छ । रूपन्देहीमात्र होइन नवलपरासी र कपिलवस्तुमा समेत वनविनास भैरहेको सरकारी तथ्यांक नै सार्वजनिक भएको छ । खासगरि चुरे क्षेत्रमा वन विनासको क्रम बढेको देखिएको छ । वन विनास नियन्त्रण गर्ने सरकारी निकायको लापरवाहीका कारण अहिले वनविनास बढिरहेको देखिएको छ । यो तथ्यलाई स्वयं सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन ।

सामुदायिक वनमा समेत पछिल्लोसमय काठ चोरी निकासी र तस्करी भैरहेको समाचार सुन्नमा आईरहेका छन । सामुदायिक वन जोगिएको छ तर यहीक्रममा दोहन बढ्दै जाने हो भने निश्चितरूमा सामुदायिक वनको अवस्थापनि राष्ट्रिय वनकै जस्तै हुनेछ । चुरे क्षेत्रको वन मासिँदै गएकोले भूक्षय, पहिरो, कटानका घटना बढ्दै गएको अध्ययनले देखिएको छ । निश्चितरूपमा वन जङ्गलको विनासपछि उत्पन्न हुने समस्यालाई जलवायु परिवर्तनसँग जोडेर हेरिने गरेको छ । यो सान्दर्भिक पनि छ । चुरे क्षेत्रमा भइरहेको वनजङ्गलको विनाश, वनजङ्गल विनाशले हुने चुरे कटान र त्यसबाट हुने मरुभूमिकरणलाई एकसाथ जोडेर हेरिएन भने आगामी दिन नेपालका लागि खतरा हुनेछ । तसर्थ पनि चुरेको वन विनास नियन्त्रण आजको आवश्यकता हो । चुरे क्षेत्रको भूमि हेर्ने हो भने चुरेले निम्त्याउँदै गएको समस्या यति गम्भीर बन्दै गएको छ कि यसलाई बेलैमा रोक्ने पहल नगर्ने हो भने भोलिको पुस्ताले तराईको खेतीयोग्य जमिन बगर र मरुभूमिको रूपमा मात्रै देख्नेछन् ।

पछिल्लोपटक रूपन्देहीको कन्चन र कपिलवस्तुका केही स्थानमा भएको काठ चोरी तस्करीका घटनाले काठ कटान, चोरी र तस्करी कति हुनेरहेछ भन्ने प्रमाणित भएको छ । काठ कटानकै कारण चुरेको समस्या पूर्वदेखि पश्चिमसम्म फैलिएको छ तर अहिलेसम्म पनि चुरे क्षेत्रको वनजङ्गल विनाश रोक्ने र चुरे कटानबाट तराईको भूभागलाई मरुभूमिकरण हुनबाट बचाउने बृहत् योजना सरकारको देखिँदैन् । अव काठ कटान र तस्करीमा संलग्नमाथि कडा कारवाही होस् । यो अभियानमा सरकारमात्र होइन, सामुदायिक वनका पदाधिकारहरूको समेत ध्यान जानु अति जरुरी छ । पछिल्लोसमय सरकारले सामुदायिक वनलाई नियन्त्रण गर्ने योजना बनाउँदै गरेको गुनासो बढेको छ । सामुदायिक वनलाई नियन्त्रण भन्दा जिम्मेवार र जवाफदेही बनाउनेतर्फ सरकारको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?