ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

वन डढेलोले निम्त्याएको जोखिम

३ बैशाख २०८०, आईतवार
३ बैशाख २०८०, आईतवार

वनमा लागेको डढेलोका कारण अहिले देशका विभिन्न स्थानको मौसम धुम्म हुनुका साथै श्वास प्रश्वासमा समेत जोखिम निम्त्याउने खतरा देखिएको छ । देशका विभिन्न ९२ स्थानमा लागेको डढेलोले स्वास्थ्य जोखिम निम्त्याएको मात्रै छैन, वन जंगल सखाप हुने चिन्ता थपिएको छ । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित बुटवल लगायतका देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा आउँदा देशैभरीको मौसम खुल्न सकेको छैन । बायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन तथा निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौँको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको मौसमविद्हरूले जनाएका छन् । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमको तह नाघेको छ । शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ तर बुटवलमा दुई सय ९२, पाटनमा दुई सय ३२, भक्तपुरमा दुई सय २२, कीर्तिपुरमा एक सय ९१, मध्यपुर थिमिमा एक सय ८७, रत्नपार्कमा एक सय ८६ र हेटौँडामा एक सय ७४ छ । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरा लगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । यो बिडम्बना हो । डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पहल नभएकै कारण अहिले डढेलो नियन्त्रणमा कठिनाई भैरहेको छ ।

अर्को बिडम्वना के छ भने संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् । एक दशकअघि नै बनाइएको वन डढेलो नियन्त्रण रणनीति अहिलेसम्म अलपत्र छ । २०६७ मा बनेको रणनीति कार्यान्वयनका लागि अहिले पनि कार्ययोजना नै बनेको छैन । सरकारले डढेलो नियन्त्रणमा औपचारिकता मात्रै पूरा गर्दै आएको छ । अर्कोतर्फ फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र वायु प्रदूषण मौसममा पनि भरपर्ने तथा डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदुषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउन सरकारको अनुरोध छ । सरकारले आग्रह भन्दा पनि आफै सकृय भएर डढेलो नियन्त्रण गर्नुपर्नेमा अरुको सहारा खोज्ने गरेको छ । यो सरकारको औपचारिकता निर्वाह गर्ने आडम्बर मात्र हो ।
नेपालका ठूला शहर काठमाण्डौं र बुटवलको बायु प्रदुषणको अवस्था विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा छ । वन डढेलोको साथै प्रदुषण बढाउनमा सवारी साधन पनि मूख्य जिम्मेवार छन । सरकारले सवारी साधनको बायु प्रदुषण कम गर्न २० बर्षभन्दा पुराना गाडी बिस्थापन गर्ने नीति बनाएपनि त्यो कार्यान्वयन तहमा आउन नसक्दा समस्या भएको छ । सवारी साधनको प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनु पर्ने नियम छ तर मापदण्ड जाँच गर्ने जिम्मेवार निकायको ढिलासुस्तीले समस्या बढाउन मद्दत गरिरहेको छ । अहिले डढेलो, धुवाँ र खुलारूपमा फोहोर जलाउने कार्यले उत्पन्न गरेको समस्याबाट नै चुनौति सिर्जना भएकोले यसको नियन्त्रणमा जोड दिनु जरुरी छ । बायु प्रदुषणको बढ्दो जोखिमले मानवकै लागि स्वास्थ्यमा हानी गर्ने भएकोले नियन्त्रणको तदारुकता पनि मानवीय हातेमालो र अभियानबाटै गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?