ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

पुराना भौतिक संरचना संरक्षण गर

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

उचित संरक्षणको अभावमा राज्य तथा विदेशी राष्ट्रबाट करोडौं लगानी भएका पुराना भौतिक संरचना जीर्ण बन्दै गएका छन । जीर्ण संरचना संरक्षणमा राज्यको ढिलासुस्ती र लापरवाही बढ्दै गएको छ । बिदेशीले बनाईदिएका संरचनाको पनि सही सदुपयोग हुन सकेको छैन । सन्दर्भ पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाभित्र चीन सरकारले बनाईदिएका करोडौं मूल्यका भवनको हो । यी भवनपनि प्रयोग नहुँदा बेबारिसे बनेका छन । सुनवल नगरपालिकाले करोडौ रुपैयाँ खर्च गरेर त्यही नजिकै सामुदायिक भवन बनाउँदै गरेको छ तर ती पुराना भवन संरक्षण गरेर तिनको सदुपयोगतर्फ भने ध्यान छैन । सवैलाई नयाँ चाहिएको छ । कतिसम्म भने कुनै कुनै पालिकाका प्रमुखले त पहिलेका प्रमुखले प्रयोग गरेको कुर्सीमा नबस्ने, नयाँ गाडी चढ्ने, नयाँ भवनमा बस्ने आदिसम्मका कुरा सुनिएका छन । भएका पुराना संरचनाको संरक्षणमा कसैको ध्यान नै गएको छैन । सुनवल नगरपालिकाले चाहेको भए ती सवै पुराना भवनलाई प्रयोगमा ल्याउन सक्छ । तर, त्यसतर्फ इच्छाशक्तिको अभाव छ । नेपाल सरकारलाई चिनिया सरकारले अनुदानमा २०४२ सालमै चिनी उद्योग स्थापना गर्ने क्रममा कारखानामा काम गर्ने मजदुरहरुको आवासका लागि डेढ दर्जन भवन बनाईदिएको थियो । २०६२ सालमा तत्कालिन शाही सरकारले लुम्विनी चिनी कारखाना नीजिकरण गरेको थियो । त्यसयता ती भवन अलपत्र अवस्थामा छन । सुनवल नगरपालिकाले अरु नयाँ स्थानमा भवन बनाउनुभन्दा ती पुराना भवनलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याउन सक्छ, जसबाट राज्यको करोडौं रुपैयाँ बचत हुन्छ ।

कारखाना नीजिकरण भएपछि त्यहाँ रहेका भवनहरुको समेत नियन्त्रण, सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी निजी कम्पनीको जिम्मा गएको थियो । साढे ८ सय मजदुरले काम गर्ने उक्त चिनी कारखाना पछि निजी कम्पनीले डेढ दुई सय मजदुर राखेर सञ्चालन गर्न थाले पछि ती आवास भवनहरु अलपत्र पर्दै गएको स्थानियबासीको गुनासो छ । भवनको जिम्मेवारी निजी कम्पनीको जिम्मामा गएपनि ति भवन र जग्गा भने विक्री भई पूर्ण स्वामित्वमा नगएको हुँदा ती भवनको उचित प्रयोगका लागि सुनवल नगरपालिकाले योजना बनाई सरकारसँग पहल गरेमा अहिले सदुपयोगमा ल्याउन सकिन्छ तर त्यति गर्ने सोँच नगरपालिकाले राख्न सकेन । एकातिर करोडौं लगानीका भौतिक पूर्वाधार प्रयोगविहीन भई जीर्ण हुँदै जानु र अर्कोतिर नगरपालिकाले विभिन्न सामुदायिक भवनको नाममा करोडौं रुपैया लगानी गर्नु न्यायोचित होइन । स्थानीय सुनवलका जनताले समेत नयाँ नयाँ सामुदायिक भवनमा बजेट खर्चनु भन्दा सामुदायिक संघ सस्थाहरु वा नगरपालिकाकै विभिन्न शाखा, कार्यदल बनाई ती भवनलाई पुनः प्रयोगमा ल्याउन सकिने बताएको हुँदा यसतर्फ सम्वन्धित निकायको ध्यानाकर्षण होस् । यो मात्रै होइन यस प्रकारका राज्यका सम्पत्ति खण्डहरमा परिणत भएका छन । निश्चितरुपमा देशमा धेरैथरी समस्या छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ भएको अवस्था छ । देशको यो समस्या समाधान गर्ने र यो बोझ हटाउने अवसर नयाँ सरकारले पाएको छ । त्यसैगरी पालिकाहरुमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुसंग पनि काम गर्ने हो भने अथाह साधन श्रोत छ तर ती साधन श्रोतको सदुपयोग नगरिकनै नयाँ प्रयोग गर्ने, राज्यको सम्पत्तिमा दोहन गर्ने प्रवृत्ति कायमै छ । निर्वाचनमार्फत आएको नयाँ नेतृत्वले सुझबुझपूर्ण काम गर्छ भन्ने जनअपेक्षा थियो तर यसपटक पनि त्यही प्रवृत्ति दोहोरिने चिन्ता छ । यद्यपि सुरुवाती समय छ । कम्तीमा पनि स्थानीय सरकारले चालू खर्चमा कटौती गरि पुँजीगत खर्चमा बढी योगदान गरोस् भन्ने आम सुनवलका जनताको अपेक्षा छ । सुनवल नगरपालिकाले अलपत्र भवनहरु नयाँ रणनीति बनाएर सदुपयोग गर्ने जनाएको छ । तर, सुनवल नगरपालिकाको यो भनाई पूर्णतः कार्यान्वयनमा नआईकन विश्वास गरिहाल्ने अवस्था छैन । त्यसका लागि ठोस प्रतिवद्धता आवश्यक छ । नयाँ भौतिक संरचना निर्माणमा मात्र होइन पुरानालाई पनि संरक्षण गर्नु र प्रयोगमा ल्याउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?