ट्रेंडिंग:

>> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल

नदीजन्य बस्तु नियमन गरौँ (सम्पादकीय)

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

विकास निर्माणको एउटा चरणमा संरचना निर्माण गर्ने कार्यहरू सबैतिर हुने गर्छन् । यसरी निर्माण कार्य भइरहँदा नदीजन्य पदार्थको ब्यापक मात्रामा प्रयोग हुन्छ । खासगरी बालुवा, गिट्टी, मिस्कट आदि नदीबाटै ओसार्ने गरिन्छ । यो नौलो कुरा होइन । नगरपालिकाहरूले उपभोक्ताको मागअनुसार सडक निर्माण गर्ने गर्छन् । त्यसरी नै प्रदेशीय तथा राष्ट्रियस्तरका आयोजनाहरू पनि बनाउने गरिन्छ । सार्वजनिक महŒवका देखि निजी आबास बनाउनको लागि नदीजन्य पदार्थ नै प्रयोगमा आएको हुन्छ । तर, ढुंगा, बालुवा निकाल्ने क्रममा राज्यले नियन्त्रण गरेन भने जहाँ पनि उत्खनन् हुन्छ । यसको नियमन हुनु जरुरी छ । कुन नदीबाट कतिसम्मको सतहमा कुन ठाउँबाट निकाल्ने भन्ने कुराको विधि बन्नु जरुरी हुन्छ । यसको समय समयमा सम्बन्धित निकायबाट अनुगमन पनि त्यत्तिकै आवश्यक हुन्छ । तर, नेपालका नदीहरूमा नदीजन्य पदार्थ निकाल्ने विधि नभएकाकारण जहाँ पायो त्यहिँबाट जति पायो त्यति निकाल्दा कतै किनाराका जमीनमा पहिरो जाने, नदीमाथि बनाइएका पुलहरूको जग कमजोर हुने आदि समस्या हुने गरेका छन् । केही बर्षअघि तिनाउ नदीमा बाढी आउँदा इटाभट्टी पश्चिमको क्षेत्रमा ठूलो पहिरो गयो । त्यसले तिनाउको पक्की पुललाई पनि असर पार्ने अवस्था आयो । यसको मुख्य कारण अनियन्त्रित रूपमा नदीजन्य पदार्थ निकाल्नु रहेको थियो ।
तिनाउ, दानव, सालझण्डी, बाणगंगा, सुरही खोला, राप्ती आदि सबैजसो नदीबाट दैनिक लाखौँ होइन, करोडौँ टन गिट्टी बालुका निकालिएको छ । कतिपय सकारी संरचना निर्माण गर्न निकालिएको छ त कति निजी निबास बनाउन बिक्रीको लागि निकाल्ने गरिएको छ । त्यसैगरी सिमेण्ट उद्योगहरूले सिमेण्ट उत्पादन गर्न निकाल्ने गरेका छन् । के हिउँद, के बर्षा निरन्तर यसरी नदीजन्य पदार्थ निकाल्दा त्यहाँ पर्ने खाल्टाहरू पूर्ति गर्नको लागि पहाडबाट पहिरोको माटो आउनु पर्ने हुन्छ । अहिले बुटवलदेखि सुनौलीसम्म छ लेनको सडक निर्माण हुँदैछ । त्यसरी नै बुटवल बेथरी लुम्बिनी सडक निर्माण भइरहेको छ । ती सडक निर्माण कार्यमा बुटवल हुँदै बग्ने तिनाउ र दानो नदीबाट नदीजन्य पदार्थ लैजाने गरिएको छ । जिल्ला विकास समितिले निश्चित मात्रामा छुट पनि दिएको छ । तर, निर्माण कार्य गर्दै आएका ठेकेदार कम्पनीहरूले भने छुटमा लिएको नदीजन्य पदार्थ आफ्ना क्रेसर मिलमा लैजाने र प्रशोधन गरी अरूलाई बेच्ने र नाफा आर्जन गर्ने, उता नदीजन्य बस्तुमा अरू परिमाणमा छुट दिनुपर्ने माग राख्दै गरेको सुन्नमा आएको छ । ठेकेदार कम्पनीहरूले किन समयमा काम सम्पन्न नगरी समय लम्बाउँदै लैजान्छन् भन्ने रहस्य यहाँ खुल्न गएको छ । काम जति लम्बायो त्यति नै सुबिधाको नदीजन्य पदार्थ ओसार्न र त्यसबाट नाफा खान पाइन्छ । छुट निकासी दिने कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधिहरू पनि यसमा सामेल देखिन्छन् । जनप्रतिनिधिहरूले छुट दिन सिफारिस गर्छन् । किनभने उनीहरूको भागमा पनि केही रकम छुट्टाइन्छ ।
यतिमात्र हैन, नदीजन्य पदार्थलाई प्रशोधन गरेर भारतमा निकासी गर्ने गरेको कुरा पनि बेलाबेलामा सार्वजनिक नभएको हैन । भारत सरकारले सुनौलीदेखि दक्षिणतर्फको सडक बिस्तार गर्दा आवश्यक पर्ने नदीजन्य पदार्थ नेपालबाटै लगेको हो । नदीमामात्र नदीजन्य पदार्थ दोहन भएको छैन । ढुंगा निकाल्नको लागि पहाडका जंगलहरू किनेर ठूला ठेकेदारहरूले जमीन उधिनेर निकालिरहेका छन् । यसो गर्दा नदीका मुहानहरू पुरिएर पानीको सतह घट्दै जान थालेको छ । बर्षामा बाढी पहिरो जाने खतरा उत्तिकै बढेको छ । पानीका स्रोतहरू सुक्नाले स्थानीय बासिन्दालाई पानीको समस्या पर्दै गएको छ । पानी डोराएर खेतबारीमा सिचाइँ गर्नेहरूलाई समस्या परेको छ । मरुभूमिकरण हुने सम्भावना बढ्दो छ । त्यसकारण पनि नदीजन्य पदार्थ उत्खनन् गर्नको लागि सरकारले निश्चित नीति र मापदण्ड बनाउन नितान्त आवश्यक छ । संरचना निर्माण गर्दा नदीजन्य पदार्थ आवश्यक पर्छ यो निश्चित हो । तर, कहाँबाट निकाल्ने, कति निकाल्ने आदि कुरामा नियन्त्रण गरिएन भने यसले भविष्यमा जोखिम निम्ताउन सक्छ । यो कुरालाई सरकारले नजरअन्दाज गर्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?