ट्रेंडिंग:

>> तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल >> अर्थतन्त्र ओरालो लाग्दै : अर्थमन्त्री भन्छन्– सुधारोन्मुख छ, ढुक्क भएर लगानी गर्नुस् >> अर्थमन्त्रीले गरे महेशपुर भन्सारको निरीक्षण, राजश्व संकलन वृद्धि गर्न निर्देशन >> गणपतिको सातौ शाखा योगीकुटीमा >> शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा >> सिगलतर्फ अन्तिम आठको टुगो >> त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित >> ‘जग्गा हडप्ने खेलले बुटवलको रानीगन्ज ललिता निवास र बालुवाटर जस्तै,छानवीन होस्’ >> पर्यटन व्यवसाय फस्टाउन सरकारी पक्षले तत्काल गर्नुपर्ने २५ काम >> नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य >> १० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको असहमति >> दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु >> माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने >> युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य >> इलाम २ र बझाङ–१ क मा हुने उपचुनावको मतदाता अद्यावधिक हुंदै >> क्यानडामा दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाइदै >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै >> लगानी सम्मेलनमा किन ढिलाई ? >> एमाले सल्यानमा अहिले के पाकिरहेको छ ? >> बौद्ध शिक्षाभित्रको कल्याणकारी अर्थशास्त्र >> कपिलवस्तु साझेदारी वनमा चुनावी रौनक >> देवदहमा अमानवीय क्रियाकलापप्रति पेशागत महासंघको विरोध >> जलविद्युतको शिरै अँध्यारो >> लुम्बिनी अस्पतालमा प्रदेश सरकारको झेल ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् :आजको राशीफल >> दाङ क्रिकेट लिगः तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी >> साई ग्लोबल कपः लीलाराम र प्यारामाउण्टको लगातार जित >> सुरक्षित महिनावारी अक्षयकोष स्थापना >> दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रौनक >> लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पताल बनाउँछौं : मन्त्री खनाल >> खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको दाबी >> संसद्‍मा छिरेका ४९ जना ‘लघुवित्त पीडित’ विरुद्ध मुद्दा चलाइँदै >> लुम्बिनी प्रदेश फेसिंङ संघ गठन >> सिंहदरबार, बालुवाटार र बानेश्वरका पेटीमा हिँड्न निषेध >> नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने >> सातै प्रदेशमा माओवादी इन्चार्ज फेरिए >> नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित >> राष्ट्रिय एचआईभी एड्स महासंघमा खड्का निर्वाचित >> निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश >> प्रभु बैंकका डेपुटी सीईओ सहित ९ जना पक्राउ >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला: पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै >> चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> मगर एकता दिवसको सान्दर्भिकता >> आकाश देखिने कक्षाकोठा ! >> पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी >> सिद्धबाबा र गोरखनाथ मन्दिर बीचको सम्बन्ध >> ‘गाउँमै बस्छु—केही गर्छु’ >> कछुवा गतिमा प्रदेश सरकार ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दुर्घटना न्यूनीकरणका लागि अव अनिवार्य यान्त्रिक परीक्षण
सम्पादकीय

जनतामाथि निरासाको तुषारापात

१९ चैत्र २०७९, आईतवार
१९ चैत्र २०७९, आईतवार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रवार सातौपटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सातौंपटकको पुनर्गठनमा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रति आम जनताको विश्वास ढुलमुल हुने अवस्था आएको छ । सरकार आफै पूर्ण छैन, सरकारले दिने ‘डेलीभरी’ कसरी प्रभावकारी होला ? प्रश्न उठनु स्वाभाविक छ । अझै कति समयपछि सरकारले पूर्णता पाउला ? प्रधानमन्त्रीसंग पनि यसको जवाफ छैन । त्यसकारण नागरिकले जुन आशा र अपेक्षा सरकारमाथि गरेका थिए, त्यो अपेक्षा विस्तारै कमजोर हुने अवस्था नआउला भन्न सकिन्न । प्रचण्ड सरकारले पनि ‘जुन जोगी आएपनि कानै चिरेको’ उखान चरितार्थ गर्दै जुन सरकार आएपनि उस्तै भन्ने भनाईलाई पुष्टी गर्ने हो कि भन्ने चिन्ता छ । निश्चितरुपमा गठबन्धन सरकार चलाउनु त्यति सहज छैन तर प्रधानमन्त्रीको रवैयाले गठबन्धन सरकारले गति लिन सक्दैन कि भन्ने आम नागरिकको चासो छ । हाम्रो समाज सानो सफलतामा पनि रमाउने चरित्रको छ । तर जनताको त्यो विश्वासमाथि भरोसा दिलाउने आधार तयार नहुँदा नागरिकको चरित्र नै आलोचनामयी भएको हो । यो हरेकले बुझ्ने बिषय हो । राज्य वा हरेक व्यक्तिको आलोचना वा प्रसंशाको आधार उसको काम हो, योगदान हो । तर, जनताले विकासको अनुभव गर्न पाएका छैनन् । सुरु भएका विकास निर्माणका कामपनि निर्माण कम्पनीहरुको बेवास्ता र लापरवाहीका कारण सुस्त छन । मुलुकका लागि आशा र भरोसा बनेका ठूला आयोजनाको निर्माण प्रगति शून्यकै अवस्थामा छ । विकासको मूल फुटाउने कुरा त पञ्चायतकालमा पनि हुने गरेको थियो । अहिले पनि विकासका ठूलाठूला कुरा हुने गरेका छन् ।

अहिले देशलाई अमूक दल वा व्यक्तिभन्दा पनि विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेतृत्वको आवश्यकता छ । जनताले अव प्रश्न गर्न थालेका छन– मुलुकमा विधिको शासन, आर्थिक समृद्धि एवं सामाजिक न्यायको अवस्था किन फेरिन सकेन ? राज्यको कार्यशैलीप्रति समाजले नाक खुम्च्याउनुपर्ने अवस्था किन सिर्जना भयो ? भ्रष्टाचारले देश कंगाल बन्दै जाने, युवाले स्वदेशमा आयआर्जनको अवसर नपाउनेजस्ता यावत् समस्याको जवाफ खोज्दा भिजन र एक्सन भएको सक्षम नेतृत्वको अभावकै कारण नेपालको अवस्था कमजोर बन्दै गएको हो भन्दा अत्युक्ति हुँदैन । नागरिकमा सुशासनको अनुभूति हुन सकेको छैन । युवाले आफ्नो भाग्य र भविष्य खोज्न बिदेसिनु परेको छ । महँगीले आकास छोएको छ । जनतालाई करको भारी बोकाइएको छ । लोकतन्त्रका मूल्य र मान्यता खल्बलिएका छन् । तर, राज्यले जताततै प्रगति भएको देखेको छ । असाधारण उपलब्धि भएको महसुस गरेको छ । प्रधानमन्त्री प्रचण्डले देश अगाडी बढ्यो मात्रै भन्छन तर देश पछाडि जाने चिन्ता बढेको छ । सात सातपटक पुनर्गठन हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । यो भन्दा बिडम्वना मुलुकका लागि अरु के हुन्छ ? आज जनताका लागि सवैतिर निरासामात्रै छ । मानौं निरासाको तुषारापात भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?