ट्रेंडिंग:

>> प्रदेशमा पनि सरकार फेर्ने माओवादी निर्णय >> राप्रपा नयां गठबन्धनमा नअटाउने >> नयां गठबन्धनमा नेकपा एस पनि ! >> अर्थमन्त्री नपाएपछि माओवादीले गठबन्धन फे-यो : कांग्रेस >> सत्ता गठबन्धन भत्कियो, एमाले र रास्वपा आजै सरकारमा जाने >> सत्ता गठबन्धनको बैठक स्थगित >> नेकपा एमालेले बोलायो सचिवालय बैठक, राजनीतिमा एकाएक तरंग >> नयां सत्ता गठबन्धनको पक्षमा १५७ सांसदहरुको समर्थन ! , आज ८ बजे बस्ने गठबन्धनको वैठक निर्णायक >> चिकित्सक दिवसमा सम्मान, मुखपत्र विमोचन तथा अन्तक्र्रिया >> प्यूठानका सांसद सूर्य थापासँग २४ घण्टा >> मायादेवीमा दादुरा–रुबेला खोप अभियान सुरु >> स्थानीय तहको कार्यसम्पादनमा प्रश्नः गतसाल उत्कृष्ट अहिले फेल ! >> विवादको घेरामा लुम्बिनी सम्मेलन >> ‘जीवन बाँच्न जीवन बदल्न जान्नुपर्दछ’ >> मुद्दा मामिला भन्दा ‘मेलमिलापमा’ प्राथमिकता >> गण्डकमा बगर खेतीलाई प्रोत्साहन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विश्वमै दुर्लभ तीन महिने महायज्ञ निलकण्ठ बाबाधाममा चल्दै >> लुम्बिनीको शिखर सम्मेलनबारे संघीय संसदमा उठ्यो प्रश्नः सम्मेलन रोक्न एमालेको माग (भिडियोसहित) >> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा
सम्पादकीय

हराउँदै सदाचारिता (सम्पादकीय)

१८ मंसिर २०७५, मंगलवार
१८ मंसिर २०७५, मंगलवार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेललाई एक लाख रूपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ । अहेवको अन्तवार्तामा पास गराइदिने भन्दै जाँचमा बसेको विद्यार्थीबाट उनले घुस लिएका थिए । स्वास्थ्य सेवाका ११ औँ तहका अधिकृतले एक लाख रूपैयाँमा यसरी ¥याल छाड्छन् भने कर्मचारीतन्त्र भित्र घुस प्रबृत्ति कतिसम्म मौलाएको होला अनुमान गर्न कठीन छैन । उनी पहिले पनि विवादित रहेका थिए । त्यसैकारणले पनि हुन सक्छ घुसदाताले घुस दिने समयमा अख्तियारका कर्मचारीलाई खबर गरिदिएका थिए । घुस लिने र दिने मिलेका हुन्थे भने अख्तियारले घुस्याहाहरूलाई पक्राउ गर्न सक्ने अवस्था रहन्न । घुस खान जानेका पारखीहरूले आफ्नो हातमा घुसको रकम बुझ्दैनन् । स्वास्थ्य निर्देशक अलि लाछी घुस्याहा भएकोले नै हुन सक्छ उनी चुके । सबै रकम एक्लै खाने दाउँमा रहेकोले यस्तो भएको हुन सक्छ । उनी त पक्राउ परेपछिका एकजना पात्रमात्र हुन् । कसलाई जागिर लगाइदिने, कसैलाई योजना पारिदिने, कसैलाई मुद्दा उसको पक्षमा पारिदिने, कसैलाई विदेश घुम्नको लागि टोलीमा नाम राखिदिने यस्ता अनेक बहानामा घुस लेनदेन भइरहेको हुन्छ कर्मचारीतन्त्रमा । यस्तो सञ्जाल देशैभरी फैलिएको छ । यहि भ्रष्टाचारले आज देशलाई खोक्रो तुल्याएको छ ।
कर्मचारीतन्त्रलाई देशको खम्बा मानिन्छ । किनभने आम जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने निकाय नै कर्मचारी निकाय हो । यसको स्थायी संरचना हुन्छ । जनताका काम गर्ने, उनीहरूलाई सचेत तुल्याउने भएकोले नै कर्मचारीलाई सेवाप्रदायक भन्ने गरिन्छ । अझ अर्को शब्दमा भन्नुपर्दा राष्ट्रसेवक पनि भनिन्छ । तर, सेवाप्रदायक, राष्ट्रसेवकको खोलमा कस्ता मानिसले काम गरिरहेका छन् भन्ने कुराको एउटा नमुना हुन् डा. तारानाथ पौडेल । पृथ्बीनारायण शाहले कर्मचारीको घुस खाने प्रबृत्तिमाथि औँला उठाउँदै भनेका थिएः घुष लिन्या, दिन्या दुबै दोषी हुन् । उनीहरूलाई देश निकाला गरे पनि पाप लाग्न्या छैन । यो अर्थमा पनि भन्न सकिन्छ कि पृथ्बीनारायण शाहका पालामा पनि तत्कालीन कर्मचारीतन्त्रमा घुसको लेन देन हुन्थ्यो । पछिल्ला दिनहरूमा घुस लिने दिने कामलाई शब्दमा कडाइ गर्न खोजिएको देखिन्छ तर, ब्यवहारमा अझ सजिलो बनाउँदै लगिएको छ । लेनदेन गर्नका लागि जथाभाबी छिद्रहरू छाडिएको छ । पक्राउ गर्ने डोबहरू सबै मेट्दै लगिएको छ र परेमा पनि निस्कनका लागि अनेकन बाटाहरू खोलिएको छ ।
हामीले देशमा गणतन्त्र आएको छ, जनताले चुनेको सम्बिधानसभाबाट सम्बिधान जारी भएको छ, हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूको सरकार बनेको छ, उनीहरूको इशारामा देश चलिरहेको छ भनेर नाक फुलाएका छौँ । मुलुकमा रहेका सबैजसो नराम्रा प्रबृत्तिहरू नासिएर जानेछन्, सबैतिर सदाचारिता छाउने छ भनेर सपना देख्यौँ । तर, बस्तुगत अवस्था त्यस्तो छैन । हामीले चुनेर पठाएका नेताहरू सरकारमा त अवश्य छन् तर, उनीहरूको हातमा सत्ताको लगाम छैन । नेताहरू जनताका पक्षमा पनि छैनन् । किनभने उनीहरूलाई जनताको विपक्षमा नचाउने रिमोट कंट्रोल अरूकै हातमा छ । भाषणमा उनीहरूले जनताको दुहाइ अवश्य दिएका हुन्छन् । तर, उनीहरूलाई पनि पैसाको आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्नको लागि भ्रष्टाचारतन्त्रसँग हातेमालो गर्न उनीहरू अघि बढिरहेका छन् । सदाचारिता, राजनैतिक निष्ठा, जनताप्रतिको उत्तरदायित्व संघर्षको मैदानमामात्र हुन्छ । सत्ताको कुर्चीमा पुगेपछि त्यो सबै एकादेशको कथा बन्न पुग्छ । अब नेताहरूलाई जनताको आवश्यकता चुनावमामात्र हुन्छ । उनीहरू जनताका काम गरेर भोट लिने पक्षमा भन्दा चुनावमा भोट किन्ने कुरामा बढी विश्वस्त बन्दै गएका छन् । नेताहरूको यो स्वभावले गर्दा डा. पौडेल प्रबृत्ति देशमा मौलाइरहेको छ । यसलाई अन्त्य गर्नको लागि त समाज रूपान्तरण गर्नुबाहेक विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?