ट्रेंडिंग:

>> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

मिटरब्याजले सिर्जना गरेको आतंक

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

अति गरेपछि खति हुन्छ भनेझै ऋणीहरुमाथि अचाक्ली अत्याचारपछि मिटरब्याजलाई सरकारले अपराध घोषणा गर्ने भएको छ । झण्डै दुई बर्ष अघिदेखि अन्याय, पीडा र अत्याचारको बिरुद्ध बोल्ने साहस गरेका मिटरब्याज पीडितहरुको सुनुवाई हुने भएको छ । सरकारले गरेको यो निर्णय स्वागतयोग्य छ । नेपालका विभिन्न स्थानबाट मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराधसंहिता संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सरकारको यो निर्णयले मिटरब्याज पीडितहरुलाई थोरै भएपनि राहत मिलेको छ । मिटरब्याजको समस्या देशैभरीको समस्या हो । खासगरी तराईका महिलाहरु बढीमात्रामा यो समस्यामा परेका छन । कतिसम्म भने साहुहरुले ऋण असूलीको नाममा महिलाहरुमाथि यौन शोषणसमेत गर्ने गरेको सार्बजनिक भएको छ । यो बाध्यता र विवसताका नाममा महिलामाथिको दमन र अत्याचार हो । यस्ता घटनाको छानवीन गरि दोषीमाथि कारवाही गर्न सरकार पछि नपरोस् । साहुबाट मिटरब्याजमा पैसा लिएकाहरुले चर्को ब्याजका कारण आफूहरुको सम्पत्ति साहुले बेचबिखन गरिसकेको र ऋण र धितो दुवैमा पैसा गुमाउनु परेको गुनासो गरेका छन ।

मनपरी ब्याजले बढेको ऋणको बोझमा कतिपय महिला शारीरिक शोषणको समेत सिकार हुनुपरेको छ । महोत्तरीको बर्दीबासबाट १२ दिनको पैदल यात्रा तय गर्दै काठमाण्डौं पुगेका मिटर ब्याज पीडितहरुको आँखामा आँशु छ । उनीहरुमा पीडा छ, रोदन छ र आक्रोसपनि छ । तर उनीहरु बाध्यतामा परेका छन । सरकारले अव यो समस्यालाई किनारा लगाएरै छाड्नुपर्दछ । ढिलै भएपनि मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन भएको छ । यसले कम्तीमा पनि मिटरब्याज पीडितको सुनुवाई हुने ढोका खुलेको छ । पछिल्लोपटक मधेस प्रदेशका मिटरब्याजी पीडितहरू काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारमाथि उनीहरूको माग पूरा गर्न दबाब बढेको छ । साहुकारले साँवाको चार गुणा ब्याज लिइसक्दा पनि अझै तिर्न धम्की दिएपछि उनीहरू संघीय सरकारलाई दबाब दिने उद्देश्यका साथ काठमाडौँ आएका हुन् । सरकारले समेत पीडितहरुमाथि अति नै अन्याय भएपछि समाधानको बाटो खोजेको छ । यसमा सरकारले खुट्टा नकमाओस् । यद्यपि कानुनमा मिटरब्याज शब्द छैन । तमसुक कागजको भरमा साहुबाट ऋण लिएपछि तिर्न नसक्दा मुद्दा अदालतमा पुग्दै आएको छ । जेहोस ढिलै सुरु भएको यो प्रकृयाले अव किनारा पाउनुपर्दछ । गाउँघरका सीमान्तकृत, विकल्पविहीन र अशिक्षित वर्गलाई ऋणीले लिएको ऋण भन्दा धेरै गुणाको तमसुक बनाउने, अदालती प्रयोजन र असुली प्रयोजनका लागि अलगअलग तमसुक बनाउने र त्यसको अतिरिक्त घरजग्गा रजिस्ट्रेसन पास गराई लिने तथा बैंक तथा वित्तीय संस्थाले जस्तैगरी घरजग्गा दृष्टि बन्धक राख्ने जस्ता क्रियाकलाप बढ्दै गएको अवस्थामा पीडितहरुको माग सम्वोधन गर्ने पहल मात्रै हुनुपनि खुसीको कुरा हो । यसबाट कम्तीमा पनि समस्या समाधानको प्रकृया अघि बढेको छ । सरकारले अब ढिलाई नगरी समस्या समाधानको पहल गरोस् । छानवीनबाट दोषी देखिएकामाथि कारवाही होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?