ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

पानीको संकट (सम्पादकीय)

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

प्युठानको  मल्लरानी गाउँपालिका–३ चौरपानीमा खानेपानीको ब्यबस्था मिलाउन स्थानीयबासीले आफ्नो वलबुताबाट निकै प्रयास गरे । गाउँमा पानी ल्याउन त्यति सहज थिएन । ठूलो लगानी लाग्थ्यो । स्थानीयबासीलाई घण्टौँ लाग्थ्यो एक गाग्रो पानी घरमा ल्याउनको लागि । यो समस्यालाई उनीहरूले नेताका कानमा पुराए । सरकारका सदरमुकामस्थित विकासे योजनामा पुराए । डेलिगेशन गए । निर्वाचनका बेलामा भोट माग्न आउने नेताहरूलाई गुनासा पोख्दै सहयोग गर्न अपिल गरे । नेताहरूबाट फोस्रा आश्वासन पनि पाए । त्यहि क्षेत्रबाट निर्वाचित भएकी संघीय जनप्रतिनिधि हुन् श्रीमती दुर्गा पौडेल । जसले योजनाविद् डा. गोविन्द पोखरेललाई झिनो मतले हराएकी थिइन् । योजनाविद् गोविन्द पोखरेल पनि सोही गाउँपालिका निकटका बासिन्दा हुन् । चाहेको भए उनले पनि त्यहाँ पानी ल्याउन पहल गर्न सक्थे । नेताहरूलाई त भोटमात्र चाहिएको थियो । चुनाव जितेपछि जनता किन आवश्यक पर्छन् र ? आफूहरूलाई मिनरल वाटर उपलब्ध भएपछि जनताको पेटमा पानी परोस् कि नपरोस् यो चासोको विषय हुँदैन । सदरमुकाम खलंगा देखि नजिकै रहेको चौरपानीमा पानीको लागि कतैबाट सहयोग नपाएपछि प्यासले छट्पटाएका जनताले पानी आन्दोलन शुरु गरे । यसपालिको तिहारमा रित्तो गाग्रो ठटाएर युवाहरू भैलो खेले । युवाहरूको नेतृत्वमा तीन दिनसम्म गाउँमा खेलेको भैलोबाट ६५ हजार रूपैयाँ नगद संकलन भयो । यसरी खेलिएको भैलेको तस्वीर सामाजिक सञ्जालमा आएपछि घरबाहिर भएका गाउँबासीबाट दुई लाख ७७ हजार रूपैयाँ समेत संकलन भयो ।
अहिले आएर त्यहाँ पानीको राजनीति शुरु भएको छ । राजधानी र सदरमुकाममा बस्ने नेताहरूको ध्यान खिचिएको छ । यसकारण पनि खिचिएको छ कि चौरपानीबासी जनताले राजनैतिक पार्टीका कार्यक्रमहरू नै बहिस्कार गरिदिए । पार्टीव्दारा राखिएका जुनसुकै कार्यक्रममा सहभागी नहुने गरी बहिस्कार गरेपछि भाषणलाई प्राथमिकता दिने नेताहरू समस्यामा परेका छन् । स्थानीय जनताले चाहेमा राजनीति नै ठप्प पारिदिन सक्छन् भन्ने कुराले नेताहरूलाई तर्साएको छ । पानी मानिसको लागिमात्र नभएर अन्य जीबजन्तुको लागि पनि नभई नहुने आधारभूत पेय हो । पानी विना एक दिनको जीवन पनि कल्पना गर्न सकिन्न । सरसफाइ, सिचाइँ, सबैचिजको लागि पानी नै चाहिन्छ । यस्तो महŒवपूर्ण चिजको लागि भुक्तभोगी जनताले कुरा उठाउँदा नेताहरूले सुन्दैनन् भने तिनीहरूलाई कसरी आफ्ना जनप्रतिनिधिको दर्जा दिने ? यहाँसम्म कि डा. गोविन्द पोखरेलको निबास रहेको रस्पुरकोटमा पनि पानीको हाहाकार छ । प्युठानका अधिकांश दुरदराजका बस्तीमा पानीको टड्कारो समस्या देखिएको छ । प्युठान त यतिबेला आन्दोलन उठेको स्थान भएकोले चर्चा भएको हो । यस्तो समस्या देशैभरी छ । खासगरी पहाडी बस्तीमा याो समस्या बढी देखिएको छ ।
अनावश्यक ढंगबाट डोजर जोतेर चुरे र माथिल्ला जंगलहरूमा सडक निर्माण गर्ने कार्यले पानीका मुहानहरू सुकेको सबैलाई छर्लंग छ । त्यसमाथि खोलाका ढुंगा, गिट्टी, बालुवा निकाल्ने, रुखहरू जथाभाबी कटान गर्ने कार्यले त्यत्तिकै प्राथमिकता पाएको छ । वन माफियाहरू, गिट्टी, बालुवा, ढुंगा निकासी गरेर कमाउन पल्केका नदी माफियाहरू मोटाउने गरेका छन् । उनीहरूको पहुँच सरकारका महŒवपूर्ण मानिससम्म जोडिएको छ । एकातिर हरियाली नष्ट भइरहेको छ भने अर्कोतिर बाढी पहिरोको समस्या बढ्दै छ । पानीका मुहानहरू सुक्दै गएका छन् । वातावरणीय सन्तुलन खल्बलिएको छ । हरियालीको अभाव हुँदैजाँदा बन्यजन्तु, चराचुरुंगीहरू लोप हुँदैछन् । पहिले बाह्रै महिना ठूलै पानी बग्ने बुटवलको तिनाउ नदी अहिले मंसिरको महिनामा पनि मरुभूमि देखिन थालेको छ । योमात्र हैन, हरेक ठूला साना नदीहरू पानी विहीन हुँदैछन् । यो कुरालाई गम्भीरताकासाथ लिनु आवश्यक छ । किनभने भोलिका दिनमा नदीको जलप्रबाहबाट उत्पादन हुने विद्युत गृहहरू पनि पानीको अभावमा बन्द हुन सक्छन् । सिंचाई प्रणाली डामाडोल हुन सक्छ । प्युठानको चौरपानी खानेपानीको समस्या पनि यस्तै कारणबाट जन्मेको हो । सरकारमा रहेर नीति निर्माण गर्नेहरूले यो कुरा बेलैमा सोँच्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?