ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

मजदुर मृत्यु प्रकरण ढाकछोप किन ?

१८ फाल्गुन २०७९, बिहीबार
१८ फाल्गुन २०७९, बिहीबार

रुपन्देहीको मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमा भएको आगलागीबाट चारजना मजदुरको मृत्युको विषय सार्वजनिक नगर्ने प्रहरी प्रशासनको मौनताप्रति अहिले सर्वत्र चासो र चिन्ता देखिएको छ । सामान्य समाचारलाई ठूलो महत्व दिएर सार्वजनिक गर्ने प्रहरी प्रशासनले मजदुरको मृत्युको घटना किन ढाकछोप ग¥यो ? भन्ने प्रश्नको जवाफ दिनुपर्दछ । प्रहरीको सूचना लुकाउने प्रयासले आम नेपाली नागरिकको सूचना पाउने अधिकारमात्र बञ्चित भएको छैन, प्रहरीको भूमिकामाथि पनि प्रश्न उत्पन्न भएको छ । भारतबाट नेपाल आएका कुखुराको अण्डा र चल्ला छोप्दा फोटो समेत राखेर समाचारका लागि आग्रह गर्ने प्रहरीले चार चारजना मजदुरको मृत्यु हुँदा किन मौन ? प्रश्न उत्पन्न भएको छ । यो घटनालाई भित्रभित्रै मिलाउने प्रयासमा प्रहरीको सहयोग देखिएको छ । घटना माघ १६ गतेको थियो । आगोले जलेर घाईते भई ज्यान गुमाएका मजदुरको घटनाको बिषय एक महिनापछिमात्र बाहिर आएको छ । यद्यपि प्रहरीले यसलाई नियोजित नभई जानकारी दिन छुट हुन गएको भनेको छ । तर, रुपन्देही प्रहरीले त्यो भनेर छुट पाउने अवस्था छैन । प्रहरीको यो भनाईमा आम नागरिकले विश्वास गर्ने अवस्था छैन । अर्कोतर्फ आगलागीको घटना रहस्यमय हुनसक्ने आशंका छ । यो घटनाका पछि थुप्रै बिषय लुकेको हुनसक्छ । त्यसको खोज अनुसन्धान जरुरी छ । रुपन्देही प्रहरीले घटनाको पुष्टी त गरेको छ तर घटना बाहिर आएपछि मात्र ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटना सार्वजनिक नगर्नुका पछिको बाध्यताका बिषयमा यथार्थ बिबरण सार्वजनिक गरोस् । अर्कोतर्फ स्वयं उद्योगले समेत घटना ढाकछोपको प्रयास गर्नु किमार्थ राम्रो होइन । यसबाट उसको नियतमाथि पनि प्रश्न उत्पन्न हुनु स्वाभाविक हो । घटनाको बिषय र यथार्थ बिबरण सार्वजनिक गरेको भए उद्योगमाथि आम भरोसा हुन्थ्यो तर उद्योगले समेत आफ्नो मजदुरको दुःखद मृत्युको घटना ढाकछोप गर्नु राम्रो होइन । मृतक मजदुरको परिवारलाई उद्योगले क्षतिपूर्ति दियो कि दिएन ? घाईतेको उपचारमा लापरवाही गरियो कि ? यी बिषयमा उद्योगले सत्यतथ्य कुरा सार्वजनिक गरोस् । जिल्ला प्रशासन कार्यालय रुपन्देही यो बिषयमा जानकार थियो होला तर उसले समेत मृतक मजदुरको सतगत, उनीहरुको परिवारको क्षतिपूर्ति, घाईतेको अवस्था, उनीहरुको उपचारको प्रभावकारी व्यवस्थापनका बिषयमा पहल गर्न सक्छ तर अहिलेसम्म उसको मौनताले पनि प्रश्नचिन्ह उत्पन्न भएको छ । अर्कोतर्फ उद्योगमा मजदुरको सामान्य सुरक्षाको समेत ख्याल नगरी आगलागीको घटना भएको पनि हुनसक्छ । त्यसले अरु मजदुरको भविष्यमाथि खेलवाड गरिएको पनि हुनसक्छ । त्यस बिषयमा पनि अव सम्वन्धित निकायको ध्यानाकर्षण होस । मजदुरको नाममा खुलेका मजदुर संगठनहरु समेत घटना सार्वजनिक भैसक्दा पनि कुनैपनि प्रतिकृया नजनाई चुप रहनु चिन्ताको बिषय हो । घटना बाहिर आईसकेकोले अव उद्योगले मजदुरको मृृत्यु र घटनाको कारणको बिषय सार्बजनिक गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?