ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
सम्पादकीय

मूल्यबृद्धि भन्दा विकल्पमा ध्यान जाओस्

११ फाल्गुन २०७९, बिहीबार ०५:५७
११ फाल्गुन २०७९, बिहीबार ०५:५७

सरकारले एक बर्ष नहुँदै फेरी दुधको मूल्य बृद्धि गर्ने आन्तरिक तयारी गरेको छ । किसानले दुधको मूल्य बढाउन दवाव दिदै आएको सन्दर्भमा सरकारले किसानको मर्का सुन्न जायज छ तर दुधको मूल्य बृद्धिको विकल्प नखोजी मूल्यमात्रै बृद्धि गर्नु राम्रो होइन । किसानले भनेकै छन– कि दुधको मूल्य बढाउ, होइन भने किसानलाई राहत दिएर मूल्यबृद्धिको बिकल्प खोज् । सरकारले उपभोक्तालाई थोरै भएपनि राहत दिने हो भने दुध किसानलाई राहतमा जोडेर मूल्य बृद्धिको विकल्प खोज्न सक्छ । अहिले सरकारले किसानलाई मल, दाना, चोकर, ब्राउन लगायत कच्चा पदार्थमा राहत दिने हो भने दुधको मूल्य अझै दुई बर्ष बढाउनु पर्दैन । तर, दुध किसान यिनै वस्तुको भारी बृद्धिका कारण समस्यामा छन । सरकारले दानाको मूल्यमा मात्रै राहत दिन सक्ने हो भनेपनि मूल्यबृद्धि गर्नुपर्दैन । तर, सरकार यो विषयमा सुन्दैन । त्यसैपनि किसान मूल्यबृद्धिको बढ्दो भारले पछिल्लोसमय समस्यामा गर्दै गएका छन । आफूले उत्पादन गरेको बस्तुभन्दा उत्पादन लागत नै बढी परेपछि किसानहरु अहिले बढ्दो मूल्यको चुनौति सामना गर्दैछन् । यद्यपि पछिल्लो समय पशुपालन ब्यवसायप्रति आकर्षण बढेजस्तो देखिएपनि यो व्यवसायवाट किसानले सोचेजस्तो आम्दानी लिन सकिरहेका छैनन् । एकातर्फ पशु आहाराको मूल्य आकासिएको छ भने अर्कोतर्फ कामदार पाउन मुस्किल छ । जसका कारण किसानको आम्दानी घटेको छ । राज्यले पशुपालक किसानलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउन नसकेका कारण व्यवसायिक रुपमा पशुपालन ब्यवसायमा लागेका किसानहरुले यो व्यवसायवाट सोंचे अनुरुप आम्दानी र प्रतिफल पाउन नसकेका हुन् । राज्यले यस्ता किसानलाई प्रोत्साहन पनि नगर्ने र पशु आहारमा भैरहेको चर्को मूल्यवृद्धि नियन्त्रण तर्फपनि ध्यान नदिंदा ब्यावसायिक पशुपालनमा लागेका कतिपय किसान फर्म नै बन्द गरेर वसेको प्रसस्त उदाहरण छन् । सरकारले पशु आहारमा भएको अत्यधिक मूल्य वृद्धिबाट किसानलाई राहत दिनेतर्फ ध्यान देओस् । सरकारले समेत किसानको समस्या नसुन्दा मूल्यबृद्धि लगायतका कारणले एकातर्फ पशुपालन व्यवसाय राम्रोसंग अगाडी बढ्न सकिरहेको छैन भने अर्कोतर्फ उत्पादित बस्तुले बजार नपाउँदा पशुपालक कृषकहरु थप समस्यामा परेका छन् ।

त्यसकारण सरकारका सामु धेरै विकल्प छन् । सरकारले मूल्यबृद्धि गरेर आम उपभोक्तालाई महंगीको भार थोपर्नुभन्दा किसानलाई राहत दिएर मूल्य नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ । दुध उत्पादक किसानले भनेकै छन– सरकारले राहत दिनुप¥यो । दुधको मूल्यको विषयमा सोच्न सकिन्छ । तसर्थ सरकारले समस्याभित्र छिरेर किसानको अन्तरबस्तु बुझेर दुधको मूल्य बृद्धिको माग सम्वोधन गरोस् । मूल्यमा बृद्धिमात्र समस्या समाधान होइन । राज्यले पशुपालक किसानलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउन नसकेका कारण व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुले यो व्यवसायवाट सोंचे अनुरुप आम्दानी र प्रतिफल पाउन नसकेको यथार्थ हो । राज्यले यस्ता किसानलाई प्रोत्साहन पनि नगर्ने र पशु आहारमा भैरहेको चर्को मूल्यवृद्धि नियन्त्रण तर्फ पनि ध्यान नदिंदा ब्यवसायिक पशुपालनमा लागेका कतिपय किसान फर्म नै बन्द गरेर वसेको प्रसस्त उदाहरण छन् । तसर्थ अब सरकारले दाना, चोकर र घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न जरुरी छ । दुधमा मूल्यबृद्धि गर्ने तयारी भैरहेको बेला सरकारले दुध किसानलाई अनुदान, राहत, हौसला र उत्साहबद्र्धक किसानमैत्री नीति ल्याओस् । जसबाट दुधको मूल्य पनि नबढोस् र किसानलाई राहत पनि मिलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?