ट्रेंडिंग:

>> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३९ जनाको मृत्यु >> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा

अव्यवस्थित शहरीकरणको चुनौती

१८ पुष २०७९, सोमबार
१८ पुष २०७९, सोमबार

नेपालमा विना दिर्घकालीन योजना निर्माण भएका शहरले सुन्दरता होइन कुरुपता बढाउँदै र थप्दै लगेको भन्दै वातावरणवीदहरुले चिन्ता व्यक्त गरेका छन । वातावरणवीदहरुले भनेजसरी नै पछिल्लोसमय यो चिन्ता अझै घनिभूत भैरहेको छ । अव्यवस्थित शहरीकरण नेपालको ठूलो समस्याका रुपमा देखापर्ने अवस्था छ । यसको प्रत्यक्ष प्रभाव अहिले होइन एक दशकपछि गंभीररुपमा देखिने निश्चित छ । यही बुटवलकै उदाहरण दिँदा पनि बुटवलका अधिकांश सडक साँघुरा भैसकेका छन । ती सडकले आगामी १० बर्षको घनत्व थेग्ने अवस्था छैन । शहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकोले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हुन्छ । जहाँ शहर भैसकेको छ त्यहाँ बस्ती विकास बढ्दो छ । ग्रामीण क्षेत्र भने मानवविहीन अवस्था पुग्न लागेको छ । यसले गर्दा शहरमा दिन–प्रतिदिन समस्या थपिँदै गएको छ । विकास पनि शहर केन्द्रित बन्दै गएको छ । गाउँको विकास गर्नुपर्नेमा सबै बनिसकेको शहरमा मात्रै आकर्षित हुँदा शहरी जीवन कष्टकर हुँदै गएको छ । जसका कारण अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन शहरीकरणले शहरी सम्पदा र प्राकृतिक सुन्दरतामा ह्रास ल्याउने अवस्था उत्पन्न भएको छ । शहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई शहरी जनसंख्यालाई सोही क्षेत्रका स्रोत र साधन तथा पुर्वाधारले वहन गर्न सके मात्र त्यसले फाइदा पु¥याउँछ । तर, हाम्रो सन्दर्भमा त्यो ठिक विपरीत हुने गरेको छ । जसका कारण फाइदाभन्दा बेफाइदा बढी निम्त्याइरहेको छ । विगत चार दशकमा शहरी जनसंख्या पाँच गुणाले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । शहरमा जनसंख्या बढ्दै गर्दा यातायातका साधनपनि स्वतः बढ्छ । जसका कारण ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । पुराना सवारी साधनबाट निस्कने धुवाँ, उद्योग कलकारखानाबाट निस्कने धुवाँ–धुलो कच्ची र खाल्डाखुल्डी सडक सबै अव्यवस्थित शहरीकरणका कारण हुन् । शहरीकरणकै कारण वायु प्रदूषण बढेको छ । शहरी क्रियाकलापबाट निस्केको धुवाँले दृश्य क्षमता घटाउँदै ओजन तहको विनाश गरेर मानवीय विपत्ति निम्त्याउने वातावरणबीदहरुको चिन्ता छ । शहरीकरणको अर्को आधार जनसंख्याको आकारमा वृद्धि हो । घना जनसंख्या पनि शहरको विशेषता नै हो । तर, यही विशेषता अहिले अभिषाप बन्दै गएको छ । त्यसै त नेपालको असन्तुलित विकास अथवा शहर केन्द्रित आर्थिक, प्रशासनिक र शैक्षिक विकासका कारण नेपाल धेरै पछि परेको छ । साथै स्वास्थ्य, रोजगार आदि क्षेत्रको विकास पनि शहर केन्द्रित हँुदा शहरी बसोबासको चाप बढेको छ ।
पछिल्लोसमय शहरमा न्यूनतम आधारभूत सुविधाको समेत अभाव हुँदै गएको छ । हाम्रो शहरीकरणमा बसाइँ सराई र भारतीय प्रवासीहरुले सीमा क्षेत्रको जनसंख्यामा निकै ठूलो परिवर्तन ल्याएको छ । यसबाट शहरी जनसंख्या अनियोजितरुपमा बढेको छ । जे–जति उद्योग व्यावसाय र कलकारखाना विकास भएका छन्, ती सबै शहरी क्षेत्रमा नै केन्द्रित हुँदा भविष्यमा पनि शहरी क्षेत्रमा मानवको चाप बढ्ने निश्चित नै छ । अव्यवस्थित शहरीकरणले जल प्रदूषणलाई अत्यधिक मात्रामा बढाएको छ । जल प्रदूषण मूलतः औद्योगिक फोहोरमैला, घरायसी फोहोरमैला, शहरी फोहोरमैला र वरिपरिबाट आउने रसायनबाट हुन्छ । हाम्रा धेरै नगर तथा बजार क्षेत्रमा ढलको अभाव छ । वातावरणवीदहरुले शहरीकरणले विकास भन्दा पनि विनास निम्त्याएको वताउँदै आएको सन्दर्भमा अव्यस्थित शहरीकरण रोक्नेतर्फ पहल थाल्नु जरुरी छ । शहरी आवादीलाई ग्रामिण तहसम्म पु¥याउन अव सोच्नुपर्ने बेला भैसकेको छ । होइन भने अव्यवस्थित शहरीकरण हाम्रोलागि भन्दा पनि आगामी पुस्ताका लागि अभिषाप हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?