ट्रेंडिंग:

>> बाणासुरको अनुभूति दिलाउने नेताहरु >> बन्द गर जनताको आँखामा छारो हाल्ने काम >> भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान, आश्वासनमात्र विमान आएन >> भैलोको रकमबाट अपाङ्ग आश्रममा सहयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पोखरामा आइटीएफ जे–३० टेनिस जारी >> पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन >> महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु >> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ >> ‘लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक’ >> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सस्कृति संरक्षण समाज बुटवललाई उपाधि >> साना किसान कृषि सहकारीको १९ औँ साधारण सभा
सम्पादकीय
आम निर्वाचन २०७९

‘जनताले खोजिरहेछन् आमूल परिवर्तन’

७ मंसिर २०७९, बुधबार ०६:३०
७ मंसिर २०७९, बुधबार ०६:३०

प्रदेश तथा प्रतिनिधि सभाको आईतवार सम्पन्न मतदानपछि जारी मतगणनाले देशले परिवर्तन खोजेको संकेत गरेको छ । परिवर्तन व्यवस्थाको होइन, नेताहरुमा परिवर्तन, उनीहरुको व्यवहारमा परिवर्तन, आचरणमा परिवर्तन हो । चितवनमा रवि लामिछाने विजय हुने पूर्वानु थियो । तर, त्यहाँमात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ल्याएको मतले नेपाली जनताले आमूल परिवर्तन चाहेको संकेत गरेको छ । मतगणनाको प्रारम्भिक मत परिणामले देशभरी पुराना नेताहरुप्रति मतदातामा आकर्षण घटेको पाईएको छ । संघीय राजधानी काठमाण्डौंमात्रै होइन देशका विभिन्न स्थानमा नयाँ शक्तिको रुपमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेका छन । यद्यपि यो निर्वाचनबाट सवैभन्दा ठूलो दलको रुपमा नेपाली कांग्रेस र नेकपा एमाले नै हुने स्पष्ट भैसकेको छ । तर, अव तेश्रो शक्तिको रुपमा नयाँ दलले जसरी जनताको मन र माया पाएको छ, त्यो ठूला दलहरुलाई चुनौति हो । सुध्रिने अवसर पनि हो । जनता परिवर्तन चाहन्छन भन्ने यो निर्वाचनले स्पष्ट गरेको छ । निर्वाचनको अर्को रोचक कुरा के छ भने उम्मेदवार नै नभएको स्थानमा पनि घण्टी चुनाव चिन्हमा जनताले स्वस्फूर्तरुपमा मतदान गरेका छन् । घण्टीको उम्मेदवार नै चुनावमा प्रतिष्पर्धा नगरेको क्षेत्रमा समेत मतदाताले घण्टीमै मतदान गर्नुले मतदाताहरु नयाँ शक्तितर्फ आकर्षित हुँदै गरेको देखिन्छ । उम्मेदवारहरुमा परिवर्तन गर्नुपर्ने वा खोज्नुपर्ने जनताको अभिमत हो । पाँच महिना अघि स्थापना भएको हाम्रो नेपाली पार्टी मतदातामाझ लोकप्रिय देखिएको छ । मतदाताहरुमा पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छन । नयाँ शक्तिप्रति मतदाताको आकर्षण देखिनुमा धेरै कारण हुनसक्छन् । त्यो बहसको विषय होला तर २०४६ सालमा प्रजातन्त्र आएपछिको करिव ३३ बर्षको बीचमा राजनीतिमा देखिएको विकृति, विसंगति, भ्रष्टाचार, नेताहरुमा बिचलन आदि मूख्य कारण हुन भन्दा अन्यथा हुँदैन । नेपाली जनताले परिवर्तन खोजेका थिए । त्यो परिवर्तनको आशामा बर्षौं बित्यो । एउटा बालक जन्मिएर प्रौढ हुँदै गर्दासम्म पनि परिवर्तनको खासै अनुभूति हुन सकेन । जनताले कुनै न कुनै रुपको परिवर्तन खोजिरहेका थिए । त्यो यही आम निर्वाचनमार्फत अभिव्यक्त गरे । अव पुराना दलहरु सच्चिनुको विकल्प छैन । नेताहरुमा परिवर्तन र सुधार आवश्यक छ भन्ने एउटा गतिलो उदाहरण आम निर्वाचन २०७९ बन्न पुगेको छ । खासगरी मतदाताले दलहरूमा रूपान्तरण खोजेको सन्देश दिएका छन् । स्थानीय निर्वाचनमा भन्दा ठूलो विद्रोह अहिलेको निर्वाचनमा युवाहरुबाट देखिएको छ । यसलाई दलहरूले कति सुन्न सक्छन्, त्यो मुख्य कुरा हो । मतदाताले व्यवस्थाको विकल्प खोजेका होइनन्, पुराना दललाई खबरदारी गरेका हुन् । कम्तीमा यो गहन विषयमा दल र तिनका नेताहरुको अव गंभीररुपमा ध्यानाकर्षण होस् ।
अर्कोतर्फ देशको नेतृत्व अव युवाको हातमा सुम्पिनुपर्दछ भन्ने यो निर्वाचनले स्पष्ट संकेत गरेको छ । युवा उम्मेदवार भएको स्थानमा मतदाताले पुराना उम्मेदवारको विकल्प खोजेको देखियो । धेरै स्थानमा जारी मतगणनाले युवालाई सशक्त रुपमा देशको नेतृत्व सुम्पिन मतदाता तयार भएको देखियो । वास्तवमा अव जुनकुनै पार्टीको भएपनि युवालाई देशको नेतृत्वको अवसर दिनुपर्दछ भन्ने आम निर्वाचनको सन्देश हो । परिवर्तनलाई जसले पनि आत्मसाथ गर्नुपर्दछ । वास्तवमा लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । जनताले जे परिवर्तन चाहेका छन, जुन पक्षमा परिवर्तन खोजेका छन त्यसतर्फ देशलाई अगाडि बढाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । जनताले व्यवस्थाको विकल्प र परिवर्तन खोजेका होइनन् । यही व्यवस्थाबाट परिवर्तन संभव छ । यो निर्वाचनले संकेत गरेको पनि यही हो । देशले खोजीरहेको परिवर्तनलाई आत्मसाथ गर्ने जिम्मा अव हामी सवैको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?