Logo
२४ जेष्ठ २०८०, बुधबार

अखिल नेता ऐडीको  प्रहरीको गोली लागेर मृत्यु


बुटवल,५ मंसिर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुने सञ्जीव ऐडी नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलको सुदुर पश्चिम बिश्वबिद्यालय कमिटीका अध्यक्ष रहेको खुलेको छ ।
बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।
सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन