ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
स्पेशल कभरेज

लुम्बिनीमा नेकपा एस : प्रदेशसभामा शुन्य सिट !

गत स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवारहरुले प्रदेशभर ३२ हजार ७ सय ७० मत पाएका थिए । समानुपातिकमा निर्वाचित हुन सम्बन्धित दलले प्रदेशमा कुल खसेको सदर मतको कम्तीमा १.५ प्रतिशत मत पाउनुपर्छ ।
३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

बुटवल, ३० कात्तिक । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी प्रत्यक्ष र समानुपातिक दुबैतर्फ शुन्य सिट हुने उच्च जोखिम देखिएको छ । स्थानीय तहको मत र त्यस यता उक्त पार्टी छाड्ेर एमालेमै फर्किनेको तथ्यांकले लुम्बिनी प्रदेश सभामा नेकपा एस शुन्य हुने सम्भावनालाई बल पुगेको छ ।

प्रत्यक्षतर्फ प्रदेशका ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनले नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई एउटा सिट पनि दिएन । कांग्रेसले ३३, माओवादी केन्द्रले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक क्षेत्र भागबण्डा गर्दा एकीकृत समाजवादीलाई एउटा क्षेत्र पनि नदिएपछि कपिलवस्तु, बांके, लगायतका जिल्लामा एक्लै उम्मेदवारी दिएको छ । स्थानीय तहको चुनावमा उक्त पार्टीले पाएको मतका आधारमा उसले एक्लै उम्मेदवारी दिएका क्षेत्रमा जित्ने सम्भावना कतै पनि देखिन्न । स्थानीय तह चुनावमा एउटा पनि पालिकामा प्रमुख र उपप्रमुख पद जित्न नसकेको एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवारहरुले प्रदेशभर ३२ हजार ७ सय ७० मत पाएका थिए । समानुपातिकमा निर्वाचित हुन सम्बन्धित दलले प्रदेशमा कुल खसेको सदर मतको कम्तीमा १.५ प्रतिशत मत पाउनुपर्छ ।

स्थानीय तहमा जिल्लागत रुपमा सबैभन्दा धेरै दाङमा ७२८०, कपिलवस्तुमा ६२२६, रुपन्देहीमा ५१३४, बांकेमा ३७९२, अर्घाखांचीमा ३७६७, नवलपरासीमा २०२६, गुल्मीमा ११३८, प्युठानमा १४१०, रोल्पामा ९५०, बर्दियामा ६०७ , पाल्पामा ४३३ र रुकुम पश्चिममा शुन्य मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।

प्रत्यक्षमा गठबन्धनको साथ नपाएपछि जित्ने सम्भावना र आधार नरहेको नेकपा एसले समानुपातिकमा पनि आफ्नो पार्टीको मात्रै मतले एक सिट सम्म जित्ने आधार देखिन्न ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता छन् ।
स्थानीय तह चुनावमा करिब ७० प्रतिशत मत खसेको आधारमा अहिले करिब २२ लाख मत खस्ने अनुमान रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारी बताउंछन् ।

उदाहरणका लागि २२ लाख मत खसेको अवस्थामा यसको १.५ प्रतिशतले ३३ हजार मत पाउनुपर्छ । २२ लाख भन्दा बढी मत खसेको अवस्थामा झन् धेरै मत पाउनुपर्ने हुन्छ । तर स्थानीय चुनाव यता प्रदेशका अधिकांश जिल्लामा नेकपा एस छाडेर एमाले प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या ठूलै छ । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार स्थानीय तह चुनाव यता प्रदेशभरबाट नेकपा एसबाट तीन हजार बढी नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । अध्यक्ष कंडेलको दावीमा नेकपा एसले लुम्बिनीमा ३० हजार मत पनि पाउंदैन ।

समानुपातिकमा राम्रो मत आउन उक्त पार्टीको छुट्टै छवि, लोकप्रियता र जनतामा आकर्षण हुनुपर्ने तर एकीकृत समाजवादीले पार्टी विभाजनको समेत औचित्य पुष्टी गर्न नसकेको बरु कांग्रेस र माओवादीको पुच्छर मात्रै बनेको हुंदा उक्त पार्टी छाडेर एमाले फर्किएको वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले बताए ।

एमाले फर्किनेहरु :
रुपन्देही : केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, कर्मचारी संगठनका पुर्व नेता यज्ञमुर्ति भण्डारी, बुटवल–१२ का नेकपा एसका पार्टी वडा अध्यक्ष घनलाल बस्याल, बुटवल–२ का हिकबहादुर दर्लामी, एकीकृत यातायात मजदुर संगठनका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष जुद्धबहादुर केसी, एकीकृत समाजवादी निकट महिला संगठनकी लक्ष्मी के सी, युवा संघ जिल्ला कमिटी सदस्य भवानी के सी, वडा नं. २ शाखा कमिटी अध्यक्ष जगत केसी, सचिव कविन्द्र केसी, सुस्मिता परियार, बुटवल–११ की राधा अधिकारी, सुनिल न्यौपाने,
एसका जिल्ला कमिटी सदस्य गीता खनाल,बसन्ता खनाल, दुर्गा गैरे, नवराज आचार्य, विद्यार्थी नेता केशवबहादुर घिमिरे लगायत ।

गुल्मी : जिल्ला अध्यक्ष नरेश भण्डारी, इन्चार्ज गणेश खनाल, जिल्ला उपाध्यक्ष झवि पाण्डे, जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली,प्रदेश कमिटी सदस्य हिमाल थापा,जिल्ला कमिटी सदस्य मदन विष्ट,मुसिकोट नगर कमिटी अध्यक्ष मदनदीप घिमिरे,युवा संघ जिल्ला अध्यक्ष रामुजंग कंडेल लगायत ।

रोल्पा :जिल्ला उपसचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य किरण वुढामगर, जिल्ला कमिटी सदस्य प्रताप वुढामगर, जिल्ला कमिटी सचिवालय सदस्य तथा रोल्पा नगरपालिका अध्यक्ष मनवीर खड्का, जिल्ला कमिटी सदस्य प्रशान्त वुढामगर, जिल्ला कमिटी सदस्य टिकावहादुर खड्का, जिल्ला कमिटी सदस्य पारस वली, जिल्ला कमिटी सदस्य दिपेश वुढामगर, प्रदेश कमिटी सदस्य मनबहादुर घर्ती,जिल्ला कमिटीका पृथबहादुर पुन,धनकुमारी घर्ती,कर्णबहादुर बुढा,सविना विक,गंगा प्रसाद रोका,गाउं कमिटीका अरुणा थापा,बालकादेवी राना,हरिप्रसाद खत्री,कुमार घर्ती,अमृत रोका,तिलबहादुर पुन, जयकुमार घर्ती लगायत ।

कपिलवस्तु : प्रदेश सदस्य डा. जहिरुल हसन खान, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विकास बन्जाडे लगायत ।

पाल्पा : प्रदेश सदस्य नरेश गौतम,जिल्ला सचिवालय सदस्य मोहन विक लगायत ।
बांके: युवा संघ जिल्ला अध्यक्ष सुनिल रसाइली,पार्टी जिल्ला सदस्य देवबहादुर,
दाङ : घोराही नगर सचिव गिरु विश्वकर्मा,पार्टी निकट शिक्षक संगठन दाङका अध्यक्ष लोकबहादुर बस्नेत लगायत ।
प्युठान : हिरा बहादुर केसी (संविधानस भा सदस्य एवं केन्द्रीय अनुशासन आयोग सदस्य), हलिम मिया जिल्ला उपाध्यक्ष, दिपेन्द्र केसी जिल्ला सचिव, शोभाराम भण्डारी जिल्ला नेता,सलिम अन्सारी लगायत ।
एकीकृत समाजवादीका प्रदेश इन्चार्ज भागवत विश्वासीले पार्टी छाडेर जाने मात्र नभई दाङ,गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा एमाले छाडेर आफ्नो पार्टीमा आउने नेता कार्यकर्ताको संख्या पनि ठूलै रहेको दावी गर्छन् । दावी जे भएपनि एमाले छाडेर एसमा आउने भन्दा एस छाडेर एमाले फर्किनेको संख्या नै धेरै रहेको नेकपा एमाले लुम्बिनीका प्रचार विभाग प्रमुख डी.आर घिमिरेले बताए ।
‘एकाध जिल्लाबाट केही साथीहरु एमालेबाट नेकपा एसमा गएको सत्य हो, तर जाने भन्दा आउने संख्या चार पांच गुणा धेरै छ’–घिमिरेले भने ।
कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको प्रत्यक्षमा एक सिट पनि नदिएपछि नेकपा एसभित्र गठबन्धनप्रति चर्को असन्तुष्टी भएपनि प्रतिनिधि सभातर्फ दाङ १,गुल्मी २ र पाल्पा २ मा पार्टीका उम्मेदवारलाई मत घट्ला भन्ने डरले नेताहरु असन्तुष्टीबारे खुलेर बोल्न मान्दैनन् ।
राजनीतिक विश्लेषक ऋषि आजाद नेकपा एकीकृत समाजवादीले आम मतदातामा छुट्टै पहिचान र छवि बनाउन नसकेकाले पार्टी कार्यकर्ता वाहेक अरुबाट समानुपातिकमा मत नपाउने तर्क गर्छन् । समानुपातिकतर्फ पनि एक सिट नआएमा प्रदेश सरकारमा नेकपा एसको उपस्थिति नहुने जोखिमले जिल्ला तहमा कार्यकर्ताहरुमा निराशा बढेको आजादको टिप्पणी छ ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

गुल्मी

१ (१) ५७५७९
१ (२) ६१७०९
२ (१) ५१९०४
२ (२) ५२४२३

पाल्पा

१ (१) ४९२५१
१ (२) ४६७८२
२ (१) ५६१२०
२ (२) ४९१७३

अर्घाखाँची

१ (१) ७८२८६
१ (२) ८६४८२

रुपन्देही

१ (१) ७२२११
१ (२) ६७३४९
२ (१) ६३५०३
२ (२) ६३३०४
३ (१) ६५५१३
३ (२) ६७२७८
४ (१) ५३३८९
४ (२) ५७२७०
५ (१) ७४६५९
५ (२) ५४४७६

कपिलवस्तु

१ (१) ७९४५३
१ (२) ६१५६०
२ (१) ६४५१७
२ (२) ५७१५९
३ (१) ६१०५८
३ (२) ५४४८५

रुकुम पूर्व

१ (१) १७७७७
१ (२) १६३३५

रोल्पा

१ (१) ६८१६४
१ (२) ७७३०७

प्युठान

१ (१) ७४६६३
१ (२) ८५०९७

दाङ

१ (१) ७०२६७
१ (२) ६४४६६
२ (१) ६३३२२
२ (२) ७०४२६
३ (१) ६६४८६
३ (२) ७९९८९
कुल ४१४८५६

बाँके

१ (१) ५५८४५
१ (२) ६५२५५
२ (१) ५०३१३
२ (२) ४७४९६
३ (१) ६१५९६
३ (२) ५१७२६

बर्दिया

१ (१) ८१९१९
१ (२) ८०७४३
२ (१) ८१६६१
२ (२) ७०९६१

नवलपरासी
१ (१) ६५११६
१ (२) ५३१३४
२ (१) ६६५०२
२ (२) ५६१७८
यसअघि ८७ सदस्यीय मध्ये कायम रहेको ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एकीकृत समाजवादीबाट एकजनाको प्रतिनिधित्व थियो । नेकपा एमालेको ३६,कांग्रेसको १९,माओवादीको १९,जसपाको ४,राष्ट्रिय जनमोर्चाको एक सांसद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?