ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

खरको छाना मुक्त हुँदै रामपुर नगर

२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

पाल्पा, २७ जेठ ।

रामपुर नगरको खयर वोटकी तुल्सी कार्कीलाई गरिवीले च्यापेका वखतमा खरको छाना भएको दुई तले घरमा आगो लाग्यो । तीन पुस्ताकै सम्मका लागि संरक्षण दिन सक्ने घर क्षण भरमै आँखा अगाडि ध्वस्त हुदा टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यता भएको उनी बताउँछिन् ।

कार्कीको छिमेकी देवी सिग्देलको कथा र व्यथा फेरि छुट्टै छ । श्रीमानका दाजुभाई अंशबण्डापछि बारीमा घर बनाउनु पर्ने भयो । त्यही समयमा श्रीमान वेपता भए । साना साना छोरा छोरी बिहान बेलुका अर्काको काम नगरी छाक टार्न कठिन भयो । त्यसैमाथि आफ्नो लागि आफै घर बनाउनु पर्ने भयो । घर बनाए पनि छाना छाउनु उनका लागि मुख्य चुनौती नै भयो । जस्ता पाताको त कुरै नगरौं, खरले छाउन पनि कठिन भएको उनी बताउँछिन् ।

रामपुर नगरपालिकाले गरिव तथा विपन्न वर्गलाई सरकार भएको महसुस गराउनको लागि घरमा खरको छाना भएकाको लागि नि.ंशुल्क टिन उपलब्ध गराउने योजनालाई कार्यान्वयन गरेपछि देवी सिग्देल र तुल्सी कार्कीका लागि नगर सरकार अभिभावक भएको महसुस नै भएको उनीहरु बताउँछन् ।

नगर प्रमुख रमण थापा भन्छन्, “विपन्नताले च्यापिएका परिवारको लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको छ । रामपुर नगरपालिकाले थालनी गरेको यो कार्यक्रमलाई संघीय तथा प्रदेश सरकारले समेत अनुशरण गरेको छ ।”

२०७४ सालमा आफु नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफुले पहिलो निर्णय यही नै गरेको उनी बताउँछन् । सुख्खा मौसममा आगलागीको डर हुने त्यसपछि स्थानीय सरकारले कार्यविधी नै बनाएर खरको छाना विस्थापित गर्ने योजना बनाएको प्रमुख थापा बताउँछन् ।

स्थानीय सरकारले आम जनताको मनै छुने गरी खरको छाना विस्थापित गर्ने कार्यक्रम ल्याउँदा विपन्न वर्गलाई यो भन्दा राहत अरु केही हँुदैन । टिनका पाताहरु नि.शुल्क उपलब्ध गरायो, यो त सधैका लागि हुने स्थानीय रिखु विश्वकर्मा बताउँछिन् । “श्रीमान बितेको दुई वर्ष भयो खरको छाना थियो गतवर्ष आएको हावाहुरीका कारण खर लथालिङ्ग बनाइदियो । श्रीमानलाई गुमाउन परेको पिडा माथि विनासकारी हावाहुरीले फेरि पिडा थपिदियो । यही क्रममा २ दिन नगरपालिका जानु प¥यो”–उनले भनिन् । २१ वटा टिनका पाताहरु नि.शुल्क पाउँदा राहत भएको उनले आफ्नो अनुभव सुनाइन् । नगरपालिकाले वितरण गर्दै आएको टिनका पाताहरु भिन्नै रंगका रहेछन् । त्यसैले यसलाई देख्ने सबैले नगरपालिकाको टिन भन्ने गरेको रेम कुमारी मल्ल बताउँछिन् । पहिले पहिले गोठमा गाईभैसी हुन्थ्थो तिनलाई खुवाउन भनेर खरवारीमा खर हुन्थ्यो । हिउँदको समयमा त्यही खर गाई भैसीलाई दिने चलन थियो । पछिल्लो समयमा आगोको जोखिम बढ्दै गएपछि खरको छाना समेत जोखिममा पर्दै गए । कति घर गोठहरु खरानी भए र टिनको छाना प्रयोग गर्न नसक्नेलाई यो कार्यक्रम वरदानै सावित भएको मल्ल बताउँछिन् ।

टिनको छाना नगरपालिकाले उपलब्ध नगराएको भए आफुले ऋण काढेर घर छाउनु पर्ने थियो । आज भोलि खर पाउन छाडियो खर हुने खरबारी वन जंगलमा परिणत भएको बिष्णु कुमारी थापा बताउँछिन् । गरिवका लागि टिनका पाताहरु पनि महङ्गै भएको र टिनले एक पटक छाएपछि आफ्नो पुस्तालाई ढुक्क हुन्छ त्यसैगरी हरेक वर्ष खर खोज्ने र छाना छाउने कामदार, बासबाट बनाइएका चोयाहरु खोज्न पनि झन्झटिलो भएको उनी बताउँछिन् । नगर प्रमुख रमण थापाका अनुसार नगर भित्र ९ हजार १ सय ११ वटा घरहरु रहेका छन् । यस मध्ये ६ सय ४ घर परिवारलाई जस्ता पाता वितरण गरिएको छ । एउटा परिवारको लागि २५ देखि ६० वटा पाता वितरण गरिएको छ । अबका केही दिनहरुमा नगरपालिकालाई खरको छाना मुक्त नगर भनेर घोषणा गरिंदैछ । “नगरपालिकाले बनाएको कार्यविधी तथा मापदण्ड पुरा गर्न नसकेका २, ४ घरहरु छन् त्यसलाई पनि २०८१ को वर्षयाम सुरु हुनु अगाडि नै मापदण्ड पुरा गराई वितरण गरिदै छ”– उनले भने ।

यस वर्ष पनि २ वटा घरहरु आगोले ध्वस्त भए । टिन त लगाउनै पर्ने रहेछ भन्ने पश्चाताप पनि भइरहेको छ । मापदण्ड पुरा गरेर आउनेलाई आवश्यकता अनुसार तत्कालै वितरण गरिंदै आएको नगरपालिकाका इन्जिनियर कृष्ण थापा बताउँछन् । यस कार्यक्रमलाई नगरपालिकाले २ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ । पछिल्लो वर्षमा नगरपालिकाले यस कार्यक्रम सुरु गरेर प्रभावकारी भएपछि संघीय, प्रदेश सरकारले समेत सुरु गरेको छ । नगर सरकार मार्फत यो कार्यक्रम कार्यान्वयन भएको इन्जिनियर थापा बताउँछन् ।

पछिल्ला वर्षहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । सबै भन्दा बढी जोखिम खरको छानामा भएकाले नोक्सान पछि राहत, क्षति उपलब्ध गराउन भन्दा नोक्सान हुन नदिनु मुख्य उद्देश्य नगर सरकारले दिगो कार्यक्रम ल्याएको उप प्रमुख वालकुमारी थापा बताउँछिन् । यस कार्यक्रमबाट विपन्न वर्गलाई राहत भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?