ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

बुटवल, ३० चैत ।

बुटवलमा शुरु गरिएको “बा आमासंग नगरप्रमुख” कार्यक्रम प्रभावकारी भएको छ । स्थानीय सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र अस्पतालमा आएर औषधि उपचार गर्न नसक्नेहरुका समस्यालाई बुझेर यो कार्यक्रम लागु गरेकोमा स्थानीयबासीले खुशी ब्यक्तm गरेका छन् । २०८० माघ २३ गते बुटवल १२ तामनगर प्रगती टोलकी ११० वर्षीय ऐरावती बरईको स्वास्थ्य परीक्षण गरी बा—आमा सँग नगरप्रमुख कार्यक्रम शुरु गरिएको थियो । त्यसपछि बुटवलका सबै वडामा यो कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बा—आमासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम गरिएको बताए । बृद्ध हँुदै भएपछि देखिने समस्याहरु समाधान गर्ने प्रयास स्वरुप र स्थानीय सरकारको अपनत्व अन्तर्गत रहेर यो कार्यक्रम शुरु गरिएको बताए ।

पाण्डेका अनुसार स्वास्थ्य उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पातल, बुटवलका निजी अस्पताल र स्वास्थ्य केन्द्रसँग सहकार्य गरी यो कार्यक्रमलाई पिपिमोडेल अनुसार थप व्यवस्थित गर्दै लगिनेछ ।

“घरदैलो स्वास्थ्य अभियानबाट धेरै अनुभवप्राप्त गरेका छौ, अब कस्ता कस्ता सुविधा दिन सकिन्छ भन्ने विषयमा नगरमा छलफल भैरहेको छ”, पाण्डेले भने । वृद्ध भएका बा, आमा र स्वास्थ्य उपचारमा हिंड्डुल गर्न नसक्नेहरुका लागि गरिएको यो कार्यक्रमले सन्तुष्ट मिलेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी ढंगबाट लाग्ने पाण्डेको भनाई छ । आगामी आर्थिक वर्षमा थप बजेट बिनियोजन गरेर स्वास्थ्य क्षेत्रलाई सहज, सरल र आम नागरिको पहुँचमा पुर्याउने गरी लाग्ने छौं”, उनले भने ।

“बा आमासंग नगरप्रमुख” स्वास्थ्य चेकजाँच कार्यक्रम पहिलो चरणको र पहिलो बर्ष को कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको पाण्डेले बताए । अब सम्भव भएसम्म बर्षमा ३ पटक चेकजाँच गर्ने र बिरामी भएर अशक्त भएकाहरुका लागि घरमै गएर चेकजाँच गर्ने अलि सामान्य हिंड्डुल गर्न सक्नेहरुका लागि आफ्नै वडामा पुगेर उपचार गर्न सक्ने वातावरण निर्माण गर्ने बताए । यो पिपिइ मोडेलमा संचालित हुने परियोजना भएकाले पनि आगामी दिनमा सरकारी, गैर सरकारी, फार्मेसी , ल्याब लगाएतका स्वास्थ सस्थाहरु संग सहकार्य गर्ने बताए । पहिलो चरणमा कार्यक्रम सम्पन्न गर्न साथ दिने विभिन्न स्वास्थ सस्था, डाक्टर, जनप्रतिनिधि, बुटवलवासी, पत्रकारलाई धन्यवाद व्यक्त गरे ।

“नगरप्रमुख भएर आइसकेपछि गरेका ३, ४ वटा कार्यक्रमबाट म अत्यन्तै खुसी छु ,र गर्नैपर्ने काम गरेको छु, भन्ने अनुभुति गरेको कार्यक्रम बा आमा संग नगरप्रमुख स्वास्थ चेकजाँच कार्यक्रम पनि हो”–उनले भने । त्यस्तै मकै पोल्ने, सालको पात बेच्ने, महिला उद्यम र छाडाचौपाया व्यवस्थापन कार्यक्रम पनि नगरका महत्त्वपूर्ण कार्यक्रम रहेको उनले बताए ।

“नगरलाई बस्न योग्य शहर बनाउन सबै नागरिकको साथ सहयोग चाहिन्छ कतिपय कुरा एक्लो नगरले मात्रै चाहेर हुँदैन” पाण्डेले भने, “त्यसैले सबैलाई आ–आफ्नो ठाउँबाट समृद्ध बुटवल बनाउन लाग्न आह्वान गर्दछु ।”

“बा आमासंग नगरप्रमुख” कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

बृद्धबृद्धा एवम् जेष्ठ नागरिकहरुको जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र आपङ्गता व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान संचालन गरिएको जनस्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले बताए ।

परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएमा त्यसको पहिचान र समाधान गर्न उपचारको दयारामा ल्याएर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालसँग समन्वय समेत गर्ने गरिएको शाखाले जनाएको छ । अभियानमा रगतमा सबै खालका परीक्षण गर्न नसकेको खण्डमा परीक्षण गरिएको कार्ड सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा लिएर जादा निःशुल्क रगतजाँच, एक्सरे र भिडियो एक्सरे लगायताका चेकजाँच हुन्छ । ६० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वर्गको आधारमा सबैका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि पालिकाबाट ४ लाख वजेट विनियोजन गरिएको छ ।

साथै विशेषज्ञ चिकित्सकहरुमार्फत इसीजी र ल्याबसहितको मागको आधारमा आवश्यक मेसिनहरु लगेर पनि सेवा प्रदान गरिएको बताए ।

घरमा बसेर नै बिशेषज्ञ डाक्टरसंग आफ्ना स्वास्थ्य समस्या राख्न पाउँदा यो सेवा लिने नागरिकहरु त्यन्तै हर्षित भएको बताए । १९ वटा वडामा काम गर्दा धेरै सिकाई भयो अत्यन्तै प्रभावकारी भएको जनस्वास्थ्य प्रमुख पाण्डेले बताए ।

अभिलेख तथ्यांक अनुसार वडा नं. १ मा १ सय ७३, वडा न.ं २ मा १ सय २९, वडा नं, ३ मा १ सय ७६, वडा नंं, १२ मा १ सय १ सय ९, वडा नं.१३ मा १ सय ६ जनाले सेवा लिएका नगरले अभिलेख गरेको छ । पालिकाका १९ वटै वडाको तथ्यांक संकलनको काम भईरहेको भएपनि करिब २ हजार जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएको पाण्डेले बताए ।

पहिलो चरणको कार्यक्रम २४ गते शनिबार वडा नम्बर ४ मा आयोजना गरेसंगै सकिएको छ । “यो कार्यक्रमलाई निरन्तरता दिन बुद्ध आमाबुवाले सुझाव दिनुभएको छ, यसैगरी स्वास्थ्य जाँच गर्न आउनुहोला भन्नुभएको छ । यसका लागि नगरले बृहत छलफल गर्छ र आगामी बर्षदेखि निरन्तरता दिने गरी लाग्ने योजना बनाएको छ”, पाण्डेले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?