ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने तयारी

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

दाङ, १८ फागुन ।

अबको दुई बर्ष भित्र घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणा हुने गरि तयारी गरिएको छ । उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सरोकारवालाहरु सँग बिहिबार आयोजना गरेको छलफल कार्यक्रममा सन् २०२६ सम्म नगरलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने कार्यमा सघाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले अब गर्ने कार्यहरुको रुपरेखा प्रस्तुत गरेकी थिइन् । वडा, टोल, विद्यालय, ज्येष्ठ नागरिक,अपाङग महासंघ एवं अन्य सरोकारवाला क्षेत्रसंग समन्वय गरेर कार्यक्रमहरु गर्ने विषयमा शाखा प्रमुखले कार्य योजना पेश गरेकी हुन् ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणाका लागि ३५ बुँदामा सूचकहरु प्रस्तुत गरेका थिए । सूचकहरु माथी छलफल गर्दै सरोकारवाला पक्षहरुले थप सुझाबहरु दिएका थिए । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सभ्य समाज बनाउनका लागि लैंगिक हिंसालाई नियन्त्रण गर्न साझा पहल र सचेतनाको आबस्यक पर्ने बताए । व्यक्ति, परिवार र समाज मिलेर बस्न सक्ने, एक अर्कालाई सम्मान गर्ने बाताबरण बनाउनु राज्य सँगै सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

एकवर्ष अगाडि बालमैत्री नगर घोषणा गरे जस्तै सबैको साथ सहयोग रहेमा लैंगिक हिंसा नियन्त्रण पालिका घोषणा गर्न सकिने बताए । नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रणका लागि साझा सोच, साझा योजना र सकारात्मक पहल हुनुपर्नेमा जोड दिइन् । घोराही उपमहानगरपालिकाले हिंसा पिडित महिलाहरुका लागि आयआर्जन गर्न चाहने महिलाहरुको लागि केही कोष सहयोग गर्ने व्यवस्था रहेको छ । त्यो सेवा लिन चाहनेले पालिकामा सम्पर्क गर्न पनि अनुरोध गरेकी छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमिता गौतमले हिंसा पिडित महिलाका लागि सुरक्षित पुनस्थापना केन्द्रको आबश्यकता रहेको बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी,घोराही सेफ हाउसका कमला देउजा, महिला मावन अधिकार रक्षक संजाल दाङका अध्यक्ष शुसिला पौडेल, पत्रकार लक्ष्मी आचार्य लगाएतले धारणा राखेका थिए ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, नेपाल पत्रकार महासंघ, अन्तरपार्टी महिला सञ्जाल, खगेन्द्र नवजीवन पुर्नःस्थापना केन्द्र, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल, ग्रामिण महिला उत्थान केन्द्र, महिला सामुदायिक सेवा केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुक्त कमलरी विकास मञ्च, नगर स्तरीय बालक्लव सञ्जाल लगाएतका संघ संस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?