ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बुटवल उपमहानगरले मनायो ६५ औं स्थापना दिवस, विभिन्न क्षेत्रका व्यक्ति सम्मानित

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

बुटवल ।

बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। स्थापना दिवस मूल समारोहको उदघाटन ११० वर्षीया जेष्ठ नागरिक ऐरावती बरईले गरेकी थिइन् । मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ।

बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा जेष्ठ नागरिक ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।

करदाताहरुमा एकीकृत सम्पत्तिकर मध्ये ठूला करदाताको व्यक्तिगत तर्फ ज्ञानु कुमारी गौचन, ईश्वरी पाठक, विलास मोहन वझा र मधुसुदनलाल श्रेष्ठलाई सम्मान गरिएको छ। यस्तै संस्थागत तर्फ नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेड बुटवल, एभरेष्ट इङ्गिलस बोर्डिङ प्रालि बुटवल, दिप बोर्डिङ रुपन्देही प्रालि बुटवल र सुरपदमा हाउजिङ्ग बुटवललाई सम्मान गरिएको छ।

ठूला करदातामध्ये घरबहालतर्फ कुसुम देवी शाक्य र पोष्टराज ज्ञवाली/मञ्जु ज्ञवालीलाई सम्मान गरिएको छ। उत्कृष्ट किसानतर्फ रामनाथ उपाध्याय र रामनाथ माली, पशुपालन तर्फ अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, जितेश्वरी एग्रोभेट फर्म प्रालिलाई सम्मान गरिएको छ।

सामुदायिक विद्यालय तर्फका शिक्षकहरुमध्ये नरैनापुर आधारभुत विद्यालयका प्रधानाध्यापक अम्बिका अर्याल, नविन औद्योगिक कदर बहादुर रिता मा.वि.का ईन्जिनियर मनोज आचार्य र मैनाबगर आधारभूत विद्यालयकी कमला ज्ञवालीलाई सम्मान गरिएको छ। संस्थागत विद्यालय तर्फका शिक्षकहरुमध्ये ज्ञानपुञ्ज ईङ्गिलस बोर्डिङ स्कुलका तोयाराम पौडेल, दिप बोर्डिङ हाई स्कुलका ज्ञानु रानालाई सम्मान गरिएको छ।

उपमहानगरपालिका क्षेत्रभित्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फका प्रधानाध्यापकहरुमध्ये कालिका मानवज्ञान मा.वि.का दिनेश थापा, कान्ति माविका गोविन्द ज्ञवाली, नविन औद्योगिक कदर बहादुर रीता मा.विका प्रेम बहादुर बस्नेत र नयागाउँ मा.वि.का पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको छ।

यस्तै बुटवल उपमहानगरपालिका क्षेत्रभित्रबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालय तर्फका अक्सफोर्ड मा.वि,का दिनेश भुसाल, न्यु होराइजन मा.विका लोकनाथ उपाध्याय, एभरेष्ट मा.वि.का कृष्ण न्यौपाने, र दीप बोर्डिङका टिकाराम न्यौपानेलाई सम्मान गरिएको छ।

इतिहासविदहरु मध्येबाट निर्मल श्रेष्ठ र झपेन्द्र जिसी, कलासाहित्यतर्फ गिरी श्रीस र विष्णु प्रसाद कडेल, लोककला संस्कृति जगेर्नातर्फ डिल्ली नारायण पाण्डे, सिता राना, दामोदर बस्याल, अपांगता भएका सिर्जनशील व्यक्तिहरुमध्येबाट शिक्षक रमेशचन्द्र पाण्डे र पत्रकार कृष्ण खनाललाई सम्मान गरिएको थियो।

यस्तैगरी, पत्रकारिताको माध्यमबाट बुटवलको समग्र विकासको क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरु माधव नेपाल, रेखा भुसाल, कल्पना तिवारी, केशव भण्डारी, विनोद परियार र रामकुमार क्षेत्रीलाई सम्मान गरिएको छ।

यस्तैगरी, पत्रकारिताको माध्यमबाट सरसफाईको क्षेत्रमा जनचेतना अभिबृद्वि गरी सहयोग पुर्‍याएवापत पत्रकारहरु ललित कुमार पाण्डे, इन्द्र बहादुर खत्री र हरिलाल बस्याललाई सम्मान गरिएको छ। सामाजिक संस्थाहरुतर्फ कृषि उपज थोक बजार केन्द्र, बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएसन, ढुवानी ग्राम, लुम्बिनी फलफुल व्यवसायी संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, बुद्ध टेलिभिजन, बुटवल, बुटवल टुडे दैनिक, बुटवल, बुटवल एफ एम, बुटवल, लुम्बिनी टेलिभिजन, बुटवल, राज्य टेलिभिजन, बुटवललाई सम्मान गरिएको छ।

यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत आम्दा इन्टरन्याशनलका अध्यक्ष डा. सुगोरु सुगानामी, आम्दा इन्टरन्याशनलका कार्यालय प्रमुख अर्चना जोशी, र बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकलाई सम्मान गरिएको छ।
यस्तैगरी, परम्परागत आरन व्यवसाय सञ्चालन गर्ने गणेश विश्वकर्मा, कौशिला सुनार, लक्ष्मी बि.क, डिल बहादुर बि.क र राम कुमारी सुनारलाई पुरस्कृत गरिएको छ।

यस्तै कार्यक्रममा पूर्वजनप्रतिनिधि, सेवानिवृत्त कर्मचारीहरु, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार, महिला उद्यमी, रोजगार, एकल महिला, बालबालिका, वातावरण, हरियाली प्रवद्र्धन, पर्यटन, स्वास्थ्य स्वयमसेविका, विभिन्न खेलकुदमा स्वर्ण, कास्य र रजतपदक बिजेताहरु, निर्माण व्यवसायी, उपभोक्ता समितिहरु, टोलविकास संस्थालगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउने उदेश्यका साथ योजनाबद्ध तरिकाले काम गरिरहेको बताए। उनले बुटवलको समग्र विकासका लागि सहयोगी बन्न आग्रह गरे। कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहने बताइन्। प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रशासनिक रुपमा बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनका लागि प्रयत्नसील रहेको बताए।

कार्यक्रममा निर्वाचनका उपबिजेता बाबुराम भट्टराई, पूर्वजनप्रतिनिधिहरु पुनाराम पोखरेल, संघसंस्थाहरुका तर्फबाट हरिप्रसाद अर्याल, रामराज पोखरेल, राजनीतिक दलका प्रतिनिधिहरुलगायतले बोल्दै बुटवलको योजनावद्ध विकासमा जोड दिन सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?