ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

तुलसीपुरमा नाप नक्साङ्कन तीब्र पार्न थपिदै जनशक्ति

३ फाल्गुन २०८०, बिहीबार
३ फाल्गुन २०८०, बिहीबार

दाङ, ३ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले सुकुम्बासी, अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कनको कामलाई तीब्र पार्न जनशक्ति थप गर्ने भएको छ । चौधौँ नगर सभाले जनशक्ति थप गर्ने निर्णय गरेको हो । आयोगबाट पठाइएको जनशक्तिले हालसम्म एउटा वडाको काम समेत सम्पन्न गर्न नसकेपछि सभाले १९ वटै वडाको कामलाई छिटो छरितोरुपमा सम्पन्न गर्नका लागि जनशक्ति थप गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा ४५ बिघा क्षेत्रफल जग्गाको नाप नक्साङ्कनको काम सम्पन्न भएको छ । वर्षौ समय लाग्ने भएपछि सभाबाट थप जनशक्ति व्यवस्थापन गरेर काम अघि बढाउने निर्णय गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए । सभाले नगर प्रहरी ऐन संशोधन गरी भर्नाका लागि समेत बजेट सुनिश्चित गरेको छ । सभामा नगरप्रमुख टीकाराम खड्काले दलित सशक्तिकरण ऐन कार्यान्वयनको चरणमा रहेको बताए । उनले ऐन कार्यान्वयनका लागि समितिलाई पूर्णता र बजेटको व्यवस्थापन गरिएको बताए ।

आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक ऐन संशोधन गरी राजस्व संकलनको दायरा बढाइएको बताए । सभामा संयोजक वलीले आर्थिक, पर्यटन, उद्यमको क्षेत्रमा नयाँपन दिलाउन खोजिएको बताए । उनले नव उद्यमी प्रोत्साहन, उद्यमी केन्द्र सञ्चालनका लागि बजेट सुनिश्चिता गर्दै कार्यान्वयनमा ल्याउन थालिएको बताए ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षा क्षेत्रमा क्रमशः सुधार गर्दै लगिएको बताए । उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण र कक्षा ४ देखि आठसम्म पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा लगिएको बताए । संयोजक रावतले विगतमा विद्यार्थी संख्या कम भए गाभिएका विद्यालयमा समेत विद्यार्थी संख्या बढाएर सञ्चालन गरिएको बताए । सभामा विधायन समितिका संयोजक भीमबहादुर कँवरले तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन पारित गरिएको बताए । ऐन पारित भएसँगै तुलसीपुर क्षेत्रमा खानेपानी बोर्ड गठन, व्यवस्थापन हुने भएको छ । संयोजक कुवरका अनुसार अहिलेसम्म एक सय ६१ वटा ऐन कानुन निर्माण गरेको छ । संयोजक कुवरका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पर्यटन विकास कार्यविधि, तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी व्यवस्थापन मापदण्ड, एकीकृत डाटा व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि समेत पारित गरिएको गरिएको छ । विपद् तथा वनवातावरण समितिका संयोजक दुजमान भण्डारीले बजार क्षेत्रमा सौन्दर्यकरण,गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु गरिएको बताए । उनले प्लाष्टिकजन्य वस्तुबाट नयाँ सामग्री उत्पादनका लागि उद्यमी समूहमार्फत् काम बढाइएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?