ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

कोशीमा मन्त्रिपरिषद विस्तारप्रति सत्तारुढ दलभित्रै तीब्र असन्तष्टी

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

काठमाडौं,२७ माघ । कोशी प्रदेशमा सरकार विस्तार भएसँगै सत्तारुढ दलभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ । मुख्यमन्त्री केदार कार्कीले आफ्नो गुटबाट मात्रै मन्त्री बनाएको भन्दै असन्तुष्टि बढेको हो ।
मुख्यमन्त्री कार्कीले दलसँग कुनै छलफल र समन्वय नगरी आफू खुसी मन्त्री नियुक्ति गरेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आरोप लगाएका छन् ।

सत्तामै रहेको एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले यो सरकार नसच्चिए विकल्प खोज्ने समेत बताएका छन् । उनी समाजवादीका तर्फबाट मन्त्री नथपेकोमा असन्तुष्ट बनेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको साढे तीन महिनापछि मुख्यमन्त्री कार्कीले हिजो सरकार विस्तार गरेका छन् ।

उनले सरकार विस्तार गर्दा आफूसँगै विद्रोह गरेका रामकुमार खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्री बनाएका छन् । यस्तै संस्थापन पक्षका भनेर चिनिएका प्रदीप सुनुवारलाई स्वास्थ्य मन्त्री बनाएका छन् । यस बाहेक उनले मुख्यमन्त्री हुने बेलामा आफूलाई साथ दिएका इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्री र सुनिता कुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि नै उनले आफूसँगै विद्रोह गरेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाएका छन् । संविधानको धारा १६५ (५)अन्तरगत मुख्यमन्त्री बन्न केदार कार्की सहित कांग्रेसका ८ जना प्रदेश सभा सदस्यहरूले विद्रोह गरेका थिए । काँग्रेसका आफू सहित ८ र एमालेका ३९ जना सांसदको हस्ताक्षरमा केदार कार्की असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले हिजो माओवादीका २ जानालाई समेत मन्त्री नियुक्त गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्दा पनि आफ्ना उम्मेदवार चम्पादेवी कार्कीको पराजयपछि आक्रोशित भएको माओवादी केन्द्र निरन्तर मन्त्री परिषद् बिस्तारको लागि दबाब दिँदै आएको थियो ।

दबाबमा परेका मुख्यमन्त्री कार्कीले माओवादीका नारायण बुर्जा मगरलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र राजेन्द्र कार्कीलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

मुख्यमन्त्रीमा कार्की नियुक्त भएसँगै उनले एमालेका राम राना मगर र कांग्रेसका तम्सेर राईलाई मन्त्री बनाएका थिए । पछि सत्ता गठबन्धनले केदार कार्कीलाई नै गठबन्धनको मुख्यमन्त्री स्वीकार गरेर माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

एमाले सरकारबाट बाहिरिएपछि मन्त्री परिषद् विस्तार गर्न नसकेका मुख्यमन्त्रीले बल्लतल्ल सरकार विस्तार गरे पनि मुख्यमन्त्रीकै पार्टी काँग्रेस भित्र मुख्यमन्त्रीले एकलौटी गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीले सल्लाह नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै शपथ ग्रहण कार्यक्रममा काँग्रेस संसदीय दलका नेता उद्धव थापा र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई शपथ ग्रहण कार्यक्रममा उपस्थित समेत भएनन् । थापाले सल्लाह नगरी काम गरेकाले आफूहरूको विरोध रहेको बताए । २९ सदस्य सांसद रहेको कांग्रेस भित्र कार्की शेखर समूहका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?